म्याग्दी, २३ वैशाख-सरकारले यस वर्षदेखि मनाउन सुरु गरेको प्रथम राष्ट्रिय पत्रकारिता दिवस म्याग्दीमा त्रिदिवसीय कार्यक्रम आयोजना गरी मनाउन सुरु गरिएको छ । पत्रकारिता दिवस मूल समारोह समितिको आयोजना र जिल्ला खेलकुद विकास समितिको संयोजनमा बिहीबार सदरमुकाम बेनीमा पत्रकार र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न...
ब्रासिलिया, २१ वैशाख- ब्रासिलियामा ओलम्पिकको ज्वाला ९टर्च० बोक्ने व्यक्तिहरुमा एकजना सिरियाली शरणार्थी बालिका पनि परेकी छिन् । उनी १२ वर्षकी छिन् र सन् २०१५ देखि ब्राजिलमा बस्दै आएकी हुन । ब्राजिलमा राखिने सो टर्चको यात्रा मङ्गलबारबाट सुरु भएको छ । यो टर्च बोकेर लाने...
काठमाण्डु, २१ वैशाख– विश्व क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघलाई निलम्बन गर्दासमेत त्यसका दोषीहरु अझै एकअर्कालार्य दोष लगाइरेहका छन् । एकजुट भएर समस्याको निवारण खोज्नुको साटो त्यसबाट आफू पन्छिने र अर्कोलाई दोष थुपार्ने राजनीति जस्तै फोहरी खेल क्रिकेट क्षेत्रमा समेत देखिएको...
एजेन्सी– वेस्ट इण्डिजका बिष्फोटक ब्याट्सम्यान क्रिस गेलले ट्–ट्वान्टीमा बनाएको एउटा विश्व रेकर्ड तोडिएको छ । गेलको नाममा रहेको ३० बलमा १०० रनको रेकर्ड क्यारेबियन ब्याट्सम्यान इराक थोमसले तोडेका हुन् । उनले केवल २१ बलमा १०० रन बनाउँदै गेलको नाममा रहेको कीर्तिमानी ध्वस्त पारे ।...
काठमाण्डु, १६ वैशाख । अग्ला झरनाबाट डोरीको सहारामा खेलिने क्यानोनिङ (छाँगावरोहण) नेपालमा साहसिक खेलका रुपमा विकास हुँदैछ । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, बञ्जीजम्प, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिप्रति पर्यटकको आकर्षण बढिरहेका बेला साहसिक खेलका रुपमा चिनिएको छाँगावरोहणप्रति पनि स्वदेशी विदेशीको आकर्षण बढ्दै गएको हो ।...
काठमाण्डु, १६ वैशाख– डिस होमले अब नेपालको ए डिभिजन स्तरीय फुटबल खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाली फुटबल पारखीहरुले अब घरमै बसी राजधानी तथा मोफसलमा संचालन हुने ए डिभिजन स्तरीय फुटबल खेल डिस होममा प्रत्यक्ष हेर्न पाउने भएका छन् । बैशाख १६...
काठमाण्डु, १५ वैशाख – फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक हात पारेको छ । प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य गरी तीन पदक जितेको नेपाल कराते महासङ्घका महासचिव एवम् बादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जानकारी दिए । पुरुष...
काठमाण्डु, १५ वैशाख– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई निलम्वनपछि नेपाली क्रिकेटका प्रशंसकहरु निराश छन् । क्यानमा गत मंसिरमा अधिवेशन भएको थियो । सो अधिवेशनमा चतुरबहादुर चन्द सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । अधिवेशन नगराउन राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिएको थियो । तर...
खोटाङ, १५ वैशाख – जिल्लामा आगामी जेठ महिनाको अन्तिम हप्ता ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितेरियो कराते सङ्घ खोटाङको आयोजनामा आगामी जेठ–२१ देखि २३ गतेसम्म...
काठमाण्डु, १४ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी अगष्ट १३ र १५ मा नेपाल नेदरल्याण्डसँग भिड्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दुवै खेल नदरल्याण्डको घरेलु मैदानमा खेलनुपर्ने छ । सोमबार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको आईसीसीले यसले नेपालको...
काठमाण्डु, १४ वैशाख– एएफसी चौध वर्षमुनि यु–१४ को छात्रा रिजनल फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले भोलि चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै प्रतियोगिताको उद्घाटन खेल खेल्ने भएको छ । ताजकिस्तानको एभिएटर स्टेडियममा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । त्यस्तै नेपालले आफ्नो...
काठमाण्डु १३ वैशाख– त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत सुपर लिगको शीर्ष स्थानमा उक्लेको छ । सात दोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा आर्मीले पुलिसमाथि ३–२ गोलअन्तलरले पराजित गरेको हो । चार खेल खेलेको आर्मीले जितसँगै १०...