खेलकुद

‘मेस्सी तिमी स्वर्गमा गएर खेलेपनि हामी मर्न तयार छौँ’

२०७३ असार १६ गते १२:३३

एजेन्सी– कोपा अमेरिकाको फाइनलमा हारेपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्वदेश फर्किएका छन् । हारपछि स्वदेश फर्किएका मेस्सीको समर्थनमा हजारौँ मानिसहरु जम्मा भएर उनको भब्य स्वागत गरेका छन् । मेस्सीको सम्मानका लागि आएका शुभेच्छकहरुले मेस्सी स्वर्गमा गएर खेले पनि...

एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा हुने

२०७३ असार १४ गते १९:०४

काठमाण्डु, १४ असार-राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा मंगलबार भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को...

भारोत्तोलन भवन शिलान्यास

२०७३ असार १४ गते १३:२७

नेपालगन्ज, १४ असार-पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेपालगन्ज रङ्गशाला परिसरमा निर्माण हुने भारोत्तोलन एकेडेमी भवनको मंगलबार शिलान्यास गरे । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा सो एकेडेमी निर्माण गर्न लागिएको हो । विशेषतः...

फुटबलस्टार मेस्सीले लिए सन्यास

२०७३ असार १३ गते ११:५१

काठमाण्डु, १२ असार– अर्जेन्टिनी फुटबलस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको लिएका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेका हुन् ।   अर्जेन्टिनाको टीमबाट टोलीलाई फाइनलसम्म पुर्याउने तर उपाधि जिताउन नसक्ने अभागी मेस्सीले चिलीसँगको हारपछि...

मेस्सी पेनाल्टीमा चुके, कोपाको उपाधि चिलीलाई

२०७३ असार १३ गते ९:२०

काठमाण्डु, १३ असार – कोपा अमेरिकाको उपाधि चिलीले उचालेको छ । अर्जेन्टिनालाइ टाइब्रेकरमा ४–२ ले पराजित गर्दै चिलीले दोस्रोपटक उपाधि उचालेको हो । निर्धारित ९० मिनेट र थप समयमा कुनै गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो । अर्जेनटिनाका लियोनल मेस्सीको  पहिलो पेनाल्टी असफल...

भारतलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

२०७३ असार १२ गते ११:५२

काठमाण्डु, १२ असार– तेस्रो दक्षिण एसियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले पराजित गर्दै उपाधि हात पारेको छ । टोखास्थित भूतखेल मैदानमा भएको प्रतियोगिताअन्तर्गत नेपालले ‘वेष्ट अफ थ्री’को खेलमा २०–१८ र १८–१४ ले भारतलाई पराजित गरेको हो ।   बिच भलिबल जस्तै बालुवामा...

कराते टोली जापान प्रस्थान

२०७३ असार ९ गते १८:४७

काठमाण्डु ९ असार-जापानको टोकियोमा यसै हप्ता हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिने नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । जापान जाने टोलीमा तीन खेलाडीसहित छ जना छन् । नेपालसहित १७ देशका खेलाडीले भाग लिएको प्रतियोगितामा ४५ केजी तौल समूहमा लाक्पा दोर्जे शेर्पा र...

पहिलोपटक रंगशाला बन्ने भएपछि जस्तोसुकै सहयोग गर्न तयार खेलप्रेमीहरु

२०७३ असार ९ गते ११:३२

डोटी, ९ असार – डोटीमा खेलकुद मैदानको निर्माण कार्य सुरु भएको छ । दीपायल सिलगढी नगरपालिकाको जगेडा कोषको ५० लाख रकमबाट उक्त खेल मैदान बन्न लागेको बताइएको छ । डोटी उद्योग वाणिज्य सङ्घको अगुवाइमा खेल मैदान निर्माणको कार्य सुरु भएको उद्योग वाणिज्य सङ्घ डोटीका...

मेस्सीले बनाए नयाँ रेकर्ड

२०७३ असार ८ गते १३:५१

काठमाण्डु, ८ असार– कोपा अमेरिका चलिरहँदा फुटबलस्टार लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाएका हुन् ।   अमेरिकासँग भएको सेमिफाइनल खेलमा गोल गर्दै उनले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट १११ खेलमा ५७ गोलको...

नेपालमा क्यानोनिङ खेलको प्रशस्तै सम्भावना

२०७३ असार ८ गते ११:३३

 काठमाण्डु, ८ असार – साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र...

आर्मीका सुरेन्द्रले जिते स्वर्ण

२०७३ असार ७ गते १८:३०

काठमाण्डु,७ असार-नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार भएको प्रतियोगितामा उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौल समूहको जुनियरतर्फ स्न्याचमा...

माया र एचएचसिएलाई बास्केटबल उपाधि

२०७३ असार ६ गते २०:०५

काठमाण्डु, ६ असार-माया एकेडेमी र हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसिए)ले तेस्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ओलम्पियन सेमी कभर्ड हलमा आज भएको फाइनल स्पर्धामा माया छात्र र एचएचसिए छात्रामा च्याम्पियन बने । साइपाल एकेडेमीद्वारा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us