काठमाण्डु २४ भदौ– नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले अमेरिकी खेल जगतमा नयाँ अवसर पाएका छन् । उनले अमेरिकी क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । नेपालमा सन् २०११ देखि २०१५ सम्म क्रिकेटका प्रशिक्षक भएर आफ्नो महत्वपूर्ण जिम्मेवारी सम्हालेका दासानायके श्रीलंकाका पूर्व विकेट किपर...
एजेन्सी– मौसमको प्रतिकूलताका कारण स्पेनिस ला लिगाका खेलहरु पछि सर्ने सम्भावना देखिएको छ । पछिल्लो समयमा स्पेनमा अत्याधिक रुपमा बढेको गर्मी र त्यसको प्रभावका कारण ला लिगाका खेलहरु पछि पर्न सक्ने सम्भावना रहेको हो । स्पेनमा यसबेला ४० डिग्रीको हाराहारीमा तापक्रम रहेको र त्यसले...
काठमाण्डु, २२ भदौ– नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिपको उपाधि जितेका छन् । भुटानमा मङ्गलबार भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा भाग लिएका महर्जनले १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका हुन् । उक्त स्पर्धामा भारत दोस्रो, अफगानिस्तान तेस्रो, मलेसिया...
काठमाण्डु, २१ भदौ- राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्न सरकारसँग माग गरेको छ । यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अनिलकुमार रिजालले देशमा एउटा पनि खेलकुदसम्बन्धी अध्ययन हुने विश्वविद्यालय नहुँदा नेपाली खेलकुदले गति लिन नसकेको बताए । त्यस्तै खेल क्षेत्रमा...
काठमाण्डु, २१ भदौ– विश्व क्रिकेटका हस्ती एवं अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली युवा क्रिकेटरलाई क्रिकेट खेल्न अस्ट्रेलिया बोलाएका छन् । सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत एक पत्र सार्वजनिक गर्दै क्लार्कले नेपालका १६ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई अस्ट्रेलियामा खेल्ने अपसर मिलेको जानकारी गराएका...
काठमाण्डु, १९ भदौ– अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा तीजको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । थापागाउँस्थित फुटसलमा भएको प्रतियोगितामा ६ समूह सहभागी थिए । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी० महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा...
काठमाण्डु, १९ भदौ– लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ क्यान विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का कार्यकारी अधिकृत डेभिड...
एजेन्सी– अर्जेन्टिनी टीमका कप्तान लिओनल मेस्सीले मंगलबार भेनेजुएलाविरूद्ध हुने खेल गुमाउने भएका छन्। बिहिबार भएको खेलमा मेस्सीकै गोलमा अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत उरुग्वेलाई १–० ले पराजित गरेको थियो। सोही खेलमा उनको दायाँ खुट्टाको पाखुराको चोट बल्झिएपछि विश्वकप छनोटअन्तर्गत भेनेजुएलासँगको खेल खेल्न नसक्ने भएका हुन्। मेस्सी...
काठमाण्डु १८ भदौ- अनेरास्ववियु केन्द्रीय कमिटीले शनिबार यहाँ तीजको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको थियो...
पोखरा, १७ भदौ-पोखराको लामाचौरमा शुक्रबारदेखि तीज महोत्सव र राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शुक्रबारदेखि १९ गतेम्म हुने सो भलिबल प्रतियोगितामा ६ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, नेपाल प्रहरी...
काठमाण्डु, १४ भदौ– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले भने, ‘अब...
पोखरा, १४ भदौ-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही भदौ १७ देखि १९ गतेम्म हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने खेलकुद संयोजक सुशील श्रेष्ठले बताए । प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाली सेना,...