खेलकुद

संकटा क्लब ललित स्मृति च्याम्पियनसिपको फाइनलमा

२०७४ जेठ २७ गते १६:२४

काठमाण्डु, २७ जेठ – संकटा क्लब, ललितपुरमा जारी ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटवलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा फ्रेण्डस क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटा उपाधि नजिक पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलको निर्धारित ९० मिनेट...

च्याम्पियन्स क्रिकेटमा श्रीलंकाद्वारा भारत पराजित

२०७४ जेठ २६ गते ११:५४

काठमाण्डु, २६ जेठ – च्याम्पियन्स ट्रफि क्रिकेटमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ । ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ३ विकेट जाँदा ८ बल बाँकी छँदै भेट्टाएको हो । श्रीलंकाको जीतसंगै यो समूह ‘बी’बाट चारै टीमको सेमिफाइनल जाने सम्भावना कायमै भएको छ ।...

मैदानमा फुटबलरको निधन

२०७४ जेठ २५ गते ११:१३

लन्डन, २५ जेठ – इङ्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेडका पूर्वफुटबलर एवं आइभरी कोस्टका मिडफिल्डर चेक टिजोटको अभ्यासका क्रममा निधन भएको छ । चिनियाँ क्लब बेइजिङ इन्टरप्राइज टोलीबाट मैदानमा प्रशिक्षण गर्दा गर्दै हृदयाघात भएपछि टिजोटको निधन भएको हो । ३० वर्षीय टिजोट चार...

मैत्रिपुर्ण खेलमा भारतसँग नेपाल २–० ले पराजित

२०७४ जेठ २४ गते १०:१७

काठमाण्डु, २४ जेठ – मैत्रिपुर्ण फुटबल खेलमा नेपाल चिरप्रतिद्न्दी भारतसंग २–० ले पराजित भएको छ । मुम्बईस्थित अंधेरी स्र्पोटस् स्टेडियममा पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भारतले दुई गोल गर्न सफल भयो । ६८ औ मिनेटमा कप्तान विराज महर्जन रातो कार्ड खादै...

सशस्त्र प्रहरीलाई हराउँदै नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश

२०७४ जेठ २२ गते १७:०८

काठमाण्डु, २२ जेठ – नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीमाथि ३४ रनको जित हासिल गर्दै पुलिसले फाइनलमा ठाउँ बनाएको हो । पहिले...

रोनाल्डोको मद्दतले रियल मड्रिडद्वारा च्याम्पियन्स लिगको उपाधि रक्षा

२०७४ जेठ २१ गते १०:२३

काठमाण्डु, २१ जेठ – क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ । यससँगै रियललगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । साथै रियलको यो १२ औं कीर्तिमानी उपाधि समेत हो । शनिबार राति...

आलाभेसलाई हराउँदै बार्सिलोनाले हात पार्यो कोपा डेल रेको उपाधि

२०७४ जेठ १४ गते ११:५४

काठमाण्डु, १४ , जेठ – लियोनेल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई हराउँदै लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको छ । योसँगै प्रशिक्षक लुइस एनरिकेले कप उपाधि जितेर विदा भएका छन् । तीन वर्ष क्याटालान क्लबको नेतृत्व सम्हालेका एनरिकेको यो अन्तिम हो । निकै...

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

२०७४ जेठ १४ गते ११:५०

काठमाण्डु, १४ जेठ – प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो । शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले...

इनिस्टाले बार्सिलोना छाड्न सक्ने

२०७४ जेठ १२ गते ११:१२

काठमाण्डु, १२ जेठ – बार्सिलोनाको सफलतामा प्रमुख खेलाडीका रूपमा रहेका एन्ड«ेस इनिस्टा द्विविधामा छन् । बार्सिलोनासँग २०१८ सम्म सम्झौता गरे पनि इनिस्टाले आफ्नो भविष्य उज्यालो नरहेको बताएका छन् । नयाँ भविष्य खोज्न बार्सिलोना छाड्न तयार रहेको उनले स्पेनिस पत्रिकाहरूलाई जानकारी दिएका छन् । ‘क्याप...

युरोपा लिगको उपाधि म्यान्चेष्टर युनाएटेडलाई

२०७४ जेठ ११ गते ११:२६

काठमाण्डु, ११ जेठ – इंग्लिस टोली म्यान्चेस्टर युनाइटेडले सिजनको दोस्रो ठूलो ट्रफी जित्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले गएरातिको फाइनलमा डच टोली आयक्सलाई हराउँदै युरो लिगको उपाधि जितेको हो । म्यन्चेस्टरमा एक कन्सर्टको दौरान भएको आतंककारी हमलाको दुई दिन...

मलेसियासँगको मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित

२०७४ जेठ १० गते १६:०३

काठमाण्डु, १० जेठ – साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियासँगको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग ४–१ ले पराजित भएको हो । यसअघिको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकिएको...

डण्डिबियो र कबड्डीलाई पछि पार्दै भलिवल बन्यो राष्ट्रिय खेल

२०७४ जेठ ९ गते ११:४१

काठमाण्डु, ९ जेठ – मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us