खेलकुद

स्वर्णपदक विजेता र ओलम्पियन खेलाडीलाई अब मासिक भत्ता

२०७५ जेठ १७ गते १३:१२

काठमाण्डु, १७ जेठ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताए । युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले देशको लागि...

वेष्ट इण्डिज एघारसँग सन्दीपको टिम खेल्दै, को–को छन् ?

२०७५ जेठ १७ गते १३:११

काठमाण्डु, १७ जेठ – क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ । इंग्ल्याण्डको लड्र्समा हुने खेलमा सन्दीपले विश्व ११ का सबैभन्दा कान्छा खेलाडीका रुपमा खेल्नेछन् । सन्दीपको टिममा काे–काे ? विश्व ११ टिममा शाहिद अफ्रिदी (कप्तान) छन् । उनीसँगै दिनेश...

फास्ट बलर मुस्ताफिजुरले लिए आफ्नो नाम फिर्ता

२०७५ जेठ १७ गते ११:२५

एजेन्सी – बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानले अर्को महिना अफगानिस्तानसँग हुने ट्वान्टी–२० खेलमा सहभागी हुन नसक्ने भन्दै मंगलबार टोलीबाट नाम फिर्ता लिएका छन् । गत सात सम्पन्न इन्डियन प्रिमिरयर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सबाट खेलेका रहमान दिल्ली डेयरडेभिल्सविरुद्धको अन्तिम खेलमा घाइते भएका थिए ।...

प्रधानमन्त्री कपमा हरि चौहानको सतक

२०७५ जेठ १६ गते १२:५३

काठमाण्डु, १६ जेठ – काठमाण्डुमा भैरहेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ४ का हरि चौहानले सतक प्रहार गरेका छन् । चौथो नम्बरमा क्रिजमा आएको चौहानले १ सय १४ बल खेल्दै सतक बनाएका हुन् । ८७ दशमलव ७१ को स्ट्राइक रेटमा ८ चौका तथा...

विश्वकपको अवधिमा लगाइयो खेलाडीलाई प्रेमीका बनाउन प्रतिबन्ध

२०७५ जेठ १६ गते ११:३९

लन्डन – रुस विश्वकपको अवधिमा नाइजेरियाले आफ्ना खेलाडीलाई रुसी महिलासँग समय बिताउन र प्रेमिका बनाउन प्रतिबन्ध लगाएको छ । नाइजेरियाका प्रशिक्षक गर्नोट रोहरले आफ्ना खेलाडीलाई आफ्नो परिवार बाकेक अन्यसँग भेट्न प्रतिबन्ध लगाइएको जनाएका छन् । उनले खेलाडीलाई श्रीमती र परिवारका सदस्यसँग पनि टोलीको अभ्यास...

अर्जेन्टिनी फ्यानहरुका लागि दुःखको खबर, विश्वकप अगाडि नै मेस्सीले यसाे भने

२०७५ जेठ १६ गते १०:३५

काठमाण्डु, १६ जेठ – अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले रुसमा हुन गइरहेको विश्वकपमा अर्जेन्टिनाको सम्भावना झिनो रहेको स्वीकार गरेका छन् । तर रुसमा आफूहरूको ‘सुन्दर सम्भावना’ रहेको चाहिँ उनले बताए । सन् २०१४ को उपविजेता अर्जेन्टिनाले मंगलवार राजधानी ब्युनर्स आयर्समा हाइटीविरुद्ध ४–० गोलअन्तरको विजय प्राप्त...

यी हुन् आईपीएल २०१८ मा नयाँ कीर्तिमान रच्ने सर्वाधिक खेलाडी

२०७५ जेठ १५ गते १५:०२

काठमाण्डु, १५ जेठ – आईपीएल २०१८ को फाइनलमा हैदराबादलाई हराउँदै चेन्नईले उपाधि जितेपछि एउटा नयाँ रेकर्ड बनेको छ । जुन पछिल्लो १० वर्षमा समेत बनेको थिएन् । च्याम्पियन चेन्नई सुपर किंग्स र सनराइज़र्स हैदराबाद यो सीजनमा चार पटक एक आपसमा खेलेका थिए । दुई...

सन्दीप आज इङ्ल्यान्ड जाँदै

२०७५ जेठ १५ गते १२:४६

काठमाण्डु, १५ जेठ – नेपाली युवा खेलाडी सन्दीप लामिछाने टि–ट्वान्टी विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि आज मंगलबार इङ्ल्यान्ड जाँदैछन् । आईपिएलको डेब्यू खेलमै विकेट लिएर सबैको मन जितेका नेपाली युवा स्पिनर लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व ११ टिममा सामवेश गरेको थियो...

यी हुन् विश्वकै भाग्यमानी व्यक्ति, जसले फुटबल र क्रिकेट दुवैको विश्वकप खेले

२०७५ जेठ १४ गते १५:४९

काठमाण्डु, १४ जेठ – भिभ रिचर्डस् यस्ता कीर्तिमानी खेलाडी हुन् जसले क्रिकेट र फुटबलको विश्वकप खेलेका छन् । रिचर्डस्ले फुटबलतर्फ विश्वकपको छनोट खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाए पनि क्रिकेटमा भने विश्वकपको अन्तिम चरणको खेल नै खेलेका छन् । रिचर्डस्ले फुटबलतर्फ एन्टिगुवा र बार्बुडाको राष्ट्रिय...

आइपिएल २०१८ः कुन खेलाडीले कति रुपैयाँ पुरस्कार पाए ?(सूचीसहित)

२०७५ जेठ १४ गते १०:५९

काठमाण्डु, १४ जेठ – ११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा...

लिभरपुलका गोलकिपरलाई ज्यान मार्ने धम्की

२०७५ जेठ १४ गते ९:५७

एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेपछि इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर लोरिस क्यारीयसलाई ज्यान मार्ने धम्की आउन थालेको छ । रियल मड्रिडविरुद्ध भएको फाइनलमा खराब प्रदर्शन गरेपछि गोलकिपर क्यारीयसलाई मृत्युको धम्की आइरहेको बिबिसीले जनाएको छ । बिबिसीकाअनुसार गोलकिपर क्यारीयसलाई ज्यान मार्ने धम्की आउन...

चेन्नईले उचाल्यो आएपीएल उपाधी

२०७५ जेठ १४ गते ७:०९

काठमाण्डु, १४ जेठ– यस सिजनको आइपीएलको उपाधी चेन्नई सुपर किंंग्सले उचालेको छ । गएराति भएको फाइनलमा हैदराबादलाई हराउँदै चेन्नईले तेस्रोपटक उपाधी उचालेको हो । शेन वाटशनले ५७ बलमा नटआउट ११७ रन बनाएपछि चेन्नईको जित भएको हो । त्यसपछि ब्याटिङ गरेको हैदराबादले विकेटको क्षतिमा १७८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us