खेलकुद

कसले जित्दैछ विश्वकप ? मेस्सीले गरे यस्तो खुलासा

२०७५ जेठ २८ गते ११:५८

मलेसिया, २८ जेठ – लियोनल मेस्सी नेतृत्वको अर्जेन्टाइन टोली विश्वकप फूटबल प्रतियोगितामा सहभागी हुन रुस पुगेको छ । बार्सिलोनामा एक साता लामो अभ्यासपछि अर्जेन्टाइन टोली प्राइभेट जेटमा रुस पुगेको हो । अर्जेन्टिना साविक उपविजेता पनि हो । रुस पुगेसंगै स्पोर्टसँगको कुराकानीमा मेस्सीले रुस विश्वकपमा...

जलस्रोतमा धनी देशको अवस्थाः ब्राजिलबासीलाई विश्वकपको चिन्ता

२०७५ जेठ २८ गते १०:५५

रियो दी जेनेरियो, २८ जेठ – विश्वकप फुटबल सुरु हुन अब तीन दिन मात्र बाँकी छ । जुन १४ देखि रुसमा सुरु हुने २१औं संस्करणको विश्वकप फुटबलको उपाधि कसले जित्ला भन्ने चर्चा भइरहेका बेला पाँच पटकको विजेता ब्राजिल सरकार भने बिजुलीको चिन्तामा परेको छ...

रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

२०७५ जेठ २८ गते ८:५२

मस्को, २८ जेठ– विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ । युरोपियन च्याम्पीयन बनेको उनको टोलीले विश्वकपको सुरुमा स्पेन विरुद्ध यही जुन १५ मा...

जान्नुहोस् विश्वकपबारे रोचक तथ्य

२०७५ जेठ २७ गते ११:१०

के जर्मनी पेनाल्टीमा साँच्चै बलियो छ ? घरेलु मैदानको फाइदा कति हुन्छ ? अनि विश्वकपमा मेक्सिकोका कुन रक्षापङ्क्तिका खेलाडी र क्रिस्टियानो रोनाल्डोले गरेका गोलको सङ्ख्या बराबर छ ? विश्वकप नजिकिँदै गर्दा हामीले यस्ता जिज्ञासाहरूको उत्तर दिएका छौँ । १. विश्वकप क–कसले जितेका छन् ?...

यी हुन् विश्वकपलाई रोचक बनाउने ७ नम्बर जर्सी

२०७५ जेठ २६ गते १०:४८

रसियामा हुने विश्वकप फुटबलका लागि सहभागी ३२ देशले आफ्ना २३ खेलाडीको लागि १ देखि २३ नम्बरसम्मका जर्सी नम्बर छुट्याइसकेका छन् । खेलमा जर्सी भन्दा पनि विशेष त खेल नै हुन्छ । जिश्वकपलाई रोचक बनाउने खेलाडीले लगाएको जर्सी नम्बर झनै रोचक बन्ने गर्दछ । जसमा...

बुर्का, बक्सिङ र अाेलम्पिक सपना

२०७५ जेठ २५ गते १५:०४

एजेन्सी – पाकिस्तानको प्रमुख शहर कराँचीमा रहेको ल्यारी क्षेत्र । ल्यारी कराँचीको यस्तो क्षेत्र हो, जहाँ विभिन्न समुदायका कयौँ मानिसको बसोबास रहेको छ । तर यहाँको साझा चिनारी हो, गरिबी । ल्यारी क्षेत्रमा आउँदा शुरुवाती दिनमा अजब लागेको थियो । यस इलाकामा बाहिरका मानिस...

सचिन तेन्दुलेकरका छोरा अर्जुन बाबुको बिँडो थाम्दै

२०७५ जेठ २५ गते ११:४३

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीआईसीसी) ले मास्टर ब्लास्टर सचिन तेन्दुलेकरका छोरा अर्जुनलाई श्रीलंकाविरुद्ध हुने चार दिवसीय खेलका लागि चयन गरेको छ । अर्जुन अण्डर– १९ टीममा सहभागी हुनेछन् । अण्डर –१९ क्रिकेट टीमले जुलाई ११ देखि अगस्ट ११ चार दिवसीय प्रतिस्पर्धा गर्ने भएको...

२०१८ को विश्वकप ब्राजिलले जित्ने !

२०७५ जेठ २४ गते १६:१६

एजेन्सी । विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ । उसले अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलको सम्भावना सर्वाधिक उच्च २१ प्रतिशत रहेको देखाएको हो । त्यस्तै जर्मनी र अर्जेन्टिनाको...

रोनाल्डोले रियल मड्रिड छोड्ने पक्का

२०७५ जेठ २४ गते १५:०६

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर तथा पार्चुगल फुटबल टिमका कप्तान क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड क्लब छाड्ने पक्का भएको छ । पोर्चुगिज मिडियालाई उद्धृत गर्दै स्पेनिस अनलाइन मार्काले रियल क्लबका अध्यक्ष फ्लोरेटिनो पेंरेजसँग सम्झौता करारमा कुरा नमिल्ने भएपछि रोनाल्डोले रियल छाड्ने पक्का...

म्याच फिक्सिङको आरोप लागेका खेलाडी चोखिए

२०७५ जेठ २४ गते १४:३०

काठमाण्डु, २४ जेठ – विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ दिएको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।...

‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ भोलि देखी

२०७५ जेठ २४ गते ११:००

भोजपुर, २४ जेठ – विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा भोलि खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टुँडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । प्रतियोगितामा विभिन्न...

इरानलाई विश्वकप खेल्न हतार, सबैभन्दा पहिले रुस पुग्यो

२०७५ जेठ २३ गते १७:१३

एजेन्सी । फिफा विश्वकप फुटबलमा सहभागी हुन इरानी टिम रुस पुगेको छ । इरान विश्वकपमा सहभागी टिममा सबैभन्दा पहिला रुस पुगेको हो । इरानी टिमलाई भुनुको एयरपोर्टमा भव्य स्वागत गरिएको छ । समूह ‘बी’ मा रहेको इरानले जुन १५ तारिखमा पहिलो खेल खेल्ने छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us