काठमाण्डु, ७ कात्तिक – फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी...
काठमाण्डु, ७ कात्तिक – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै...
एजेन्सी । क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफर्ड फर्किएको खेलमा युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई हराएको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको खेलमा युभेन्टसले युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो । उसका लागि १७ औं मिनेटमा पाउलो डिबालाले गोल गरे । रोनाल्डोको पासमा उनले गोल गरेका...
काठमाण्डु, ७ कात्तिक – पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा हुनाका साथै खेलाडीसमेत सार्वजनिक गरिएको जनाएको हो । ब्लुजले अक्सनबाट १३,...
काठमाण्डु, ६ कात्तिक – नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो । अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग...
एजेन्सी – फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूविरुद्ध लगाइएको बलात्कारको खण्डन गरेका छन् । ‘युभेण्टस न्युज कन्फेरेन्स’मा बोल्दै रोनाल्डोले आफूविरुद्ध लागाइएको बलात्कारको आरोप अस्विकार गर्दै सत्य चाँडै बाहिरिने उल्लेख गरेका हुन् । आफूविरुद्ध लगाइएको बलात्कारको आरोप सत्य नहुनेमा आफ्ना वकील ढुक्क रहेको पनि उनले दाबी गरेका...
काठमाण्डु, ५ कात्तिक – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ । सिंगापुरमा बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपका लागि नयाँ फम्र्याट तयार पारेको हो । विश्वकपका लागि तयार पारिएको विभिन्न छनोटअन्तर्गत ३ वटा लिगहरु हुनेछन्...
काठमाण्डु, ४ कात्तिक– स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाण्डु फुटबल...
काठमाण्डु, २९ असोज – क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आज यहाँ आयोजित कार्यक्रममा आयोजक...
काठमाण्डु, २९ असोज – ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध...
काठमाण्डु, २९ असोज – अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा आफ्नो डेब्यु खेलमै नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । नगरहर लिओपार्डमा अनुबन्धित सन्दीपले पक्तिया प्यान्थर्सविरुद्ध २ विकेट लिएका हुन् । प्यान्थर्सविरुद्ध ४ ओभर बलिङ गर्दै सन्दीपले २३ रन खर्चेर महत्वपूर्ण...
काठमाण्डु, २८ असोज – पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् । थापालाई पुरस्कार स्वरुप नगद ६०...