खेलकुद

साफ यू–१५ः आज दुई खेल हुँदै

२०७५ कार्तिक ९ गते १२:३८

काठमाण्डु, ९ कात्तिक – साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा गर्दैछन् भने दोस्रो खेल माल्दिभ्स र बङ्गलादेशबीच हुने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल,...

पीपीएलः विराटनगर र पोखरा भिड्दै(लाइभ)

२०७५ कार्तिक ९ गते ११:४१

पोखरा, ९ कात्तिक – सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पोखरामा शुरू भएको छ ।पोखरा रंगशालामा शुरु पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र शरद् भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन भिड्दै छन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा...

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

२०७५ कार्तिक ९ गते ११:१७

काठमाण्डु, ९ कात्तिक – एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न...

अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन भक्तपुरमा नयाँ ठाउँ खोज्दै खेलकुदमन्त्री

२०७५ कार्तिक ९ गते १०:५५

काठमाण्डु, ९ कात्तिक – अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा...

यू–१५ च्याम्पियन्ससिपः नेपालद्धारा माल्दिभ्स ४–० ले पराजित

२०७५ कार्तिक ८ गते २१:०१

काठमाण्डु, ८ – आजदेखि काठमाण्डुमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा नेपालले माल्दिभ्सविरुद्ध ४–० को जित निकालेको हो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल नै थपेको थियो ।...

तेस्रो हेलम्बु म्याराथनको उपाधि थुलुङले पाए

२०७५ कार्तिक ८ गते १७:१०

काठमाण्डु, ८ कात्तिक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकूद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले चार घण्टा ३२.३० मिनेटमा पूरा गरे । म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान...

बुटवलले ल्यायो दुई विदेशी खेलाडी

२०७५ कार्तिक ८ गते १७:०७

काठमाण्डु, ८ कात्तिक – पोखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग(पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी...

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो, कसकाे स्थान कति ?

२०७५ कार्तिक ८ गते १५:०८

काठमाण्डु, ८ कात्तिक – फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोवर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६१औँ स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रहरुमध्ये तेस्रो स्थानमा रहेको नेपालको अघिल्लो महिना...

साफ यू–१५ः पाकिस्तानको विजयी शुरुआत

२०७५ कार्तिक ८ गते १४:३२

काठमाण्डु, ८ कात्तिक – साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । खेलको ३१औ मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको...

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु

२०७५ कार्तिक ८ गते १२:५८

काठमाण्डु, ८ कात्तिक – साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।...

विश्वकप ट्रफी स्वयम्भू, पोखरा र चन्द्रगिरि लगिँदै

२०७५ कार्तिक ८ गते १०:२०

काठमाण्डु, ८ कात्तिक – इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी...

सचिन तेन्दुलकरलाई पछि पार्दै विराट कोहलीले राखे अर्को कीर्तिमान

२०७५ कार्तिक ७ गते १७:१०

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्ध इतिहास रचेका छन् । विशाखापट्टनम वानडेमा उनले सचिन तेन्दुलकरको एक अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । वेस्टइन्डिजविरुद्ध सिरीजको दोस्रो वान डेका क्रममा विराट सबैभन्दा तीब्र गतिमा १० हजार रन पुरा गर्ने खेलाडी पनि भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us