काठमाण्डु, १४ कात्तिक – ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली...
काठमाण्डु, १३ कात्तिक – पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ । थाइल्याण्डमा यही कात्तिक ६ देखि ११ गतेसम्म भएको च्याम्पियनसिप छनोट खेलमा समूहको दोस्रो स्थानमा रहँदै नेपाल अघिल्लो चरणमा छनोट भएको हो...
काठमाणडु, १२ कात्तिक – घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) मा दोस्रो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा पोखराले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य...
काठमाण्डु, १२ कात्तिक – शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण स्थगित गरेको लिग मङ्सिर १ गते शुरु गर्ने निर्णय गरेको लिग निर्देशक...
काठमाण्डु, १२ कात्तिक – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको समूह ए बाट नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेश भने समूह विजेता...
काठमाण्डु, १२ कात्तिक – काठमाण्डुमा जारी साफ यु–१५ च्याम्पियनसिपमा बंगलादेशले नेपालमाथि २–१ को अग्रता लिएको छ । पहिलो हाफसम्म १–१ को बराबरी रहेको खेलमा बंगलादेशले दोस्रो हाफको पहिलो ३० सेकेन्ड भित्रै गोल गर्दै खेलमा अग्रता लिएको हो । यसअघि ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा...
मुम्बई, १२ कात्तिक – भारत र वेस्ट इन्डिजबीच भारतको मुम्बईमा आज हुन लागेको चौथो एकदिवसीय क्रिकेटमा टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो । आजको...
काठमाण्डु, १२ कात्तिक – एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ । थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा नेपालले...
काठमाण्डु, १२ कात्तिक – पोखरा प्रिमियर लिगमा लगातार तेस्रो खेलमा हार बेहोरेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स प्रतियोगिताबाट लगभग बाहिरिएको छ । सोमबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ज्ञानेन्द्र मल्लको काठमाण्डु रोयल्सले ५ विकेटले पराजित गरेको हो । यसअघि विराटनगर...
काठमाण्डु, १२ कात्तिक – साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल...
काठमाण्डु, ११ कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले हराएको छ । लगातार दोस्रो जित निकाल्दै बुटवल शीर्ष स्थानमा रहेको छ । आइतबार पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवलले पोखरालाई १ सय ५१ रनको लक्ष्य दिएको थियो...
काठमाण्डु, ११ कात्तिक – पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी कपको छनोट नजिक पुगेको छ । थाइल्याण्डमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानलाई ९–० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरणमा पुगेकेा हाे । नेपालले पहिलो खेलमा...