खेलकुद

विवाद मिलाउन राखेपकाे सात दिने चेतावनी

२०७५ कार्तिक २८ गते ११:४६

काठमाण्डु, २८ कात्तिक – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न...

महिला फुटबल टोली स्वदेश फर्कदै

२०७५ कार्तिक २८ गते १०:३०

काठमाण्डु, २८ कात्तिक – ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका...

बंगलादेशसँग नेपालले बराबरी खेल्यो

२०७५ कार्तिक २७ गते १७:०२

काठमाण्डु, २७ कात्तिक – सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलको अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु...

राखेपमा रिक्त तीन सदस्य नियुक्त, को– को परे ?

२०७५ कार्तिक २७ गते १३:५६

काठमाण्डु, २७ कात्तिक – सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । युवा तथा खेलकूद...

रियल मड्रिडले सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्यो

२०७५ कार्तिक २७ गते १३:०८

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले सान्टिएगो सोलारीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । रियल मड्रिडका मुख्य प्रशिक्षक जुलेन लेपेटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको रुपमा सोलारीले काम गर्दै आएका थिए । एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियललाई जित दिलाएपछि मुख्य प्रशिक्षकको रुपमा सान्टिएगो...

ओलम्पिक महिला फुटबल छनोटः नेपाल र बङ्गलादेश खेल्दै

२०७५ कार्तिक २७ गते १२:१९

काठमाण्डु, २७ – ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै...

आइसीसीको बरियतामा पारस, सोमपाल र बसन्त, शरद ‘आउट’

२०७५ कार्तिक २७ गते १०:४९

काठमाण्डु, २७ कात्तिक – आइसीसीले सार्वजनिक गरेको पछिल्लो विश्व टी–२० नयाँ बरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । शीर्ष १०० भित्र अटाउने खेलाडीमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी छन् । यसअघि शीर्ष १०० को वरियतामा परेका शरद भेषवाकर बाहिरीएका छन् ।paraआइतबार आइसिसिले...

रियल बेटिससँग बार्सिलोना आफ्नै मैदानमा हार्यो, मेस्सीको २ गोलले काम गरेन

२०७५ कार्तिक २६ गते १०:४९

एजेन्सी । रियल बेटिसले बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएको छ । चोटका कारण तीन साता मैदानबाहिर बसेका कप्तान लिओनेल मेसी फर्किएको खेलमा बार्सिलोना रियल बेटिससँग ४–३ गोल अन्तरमा पराजित भएको हो । पाहुना टोली बेटिसको जितमा जुनियर फिर्पो, जोआकिनले बेटिस, जिओभानी लो सेल्सो, सर्जियो...

सन्दिप र सोमपाल पाकिस्तान सुपर लिग क्रिकेटको ड्राप्टमा

२०७५ कार्तिक २६ गते १०:२७

काठमाण्डु, २६ कात्तिक – नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने र अलराउण्डर सोमपाल कामी पाकिस्तान सुपर लिग (पीसीएल) क्रिकेटको ड्राप्टमा परेका छन् । पीसीएलको अन्तिम ड्राफ्ट नोभेम्बर २० मा हुनेछ । ईस्लामाबादमा हिजो सार्बजनिक गरिएको सूचीमा सन्दिप गोल्ड र सोमपाल सिल्भर क्याटागोरीमा परेका हुन्...

युभेन्ट्सकाे अपराजित यात्रा कायमै, एसि मिलानले २ गोल खायो

२०७५ कार्तिक २६ गते १०:२०

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले अपराजित यात्रामा कायम राखेको छ । एसि मिलानलाई आइतबार राति २–० ले हराउँदै गर्दै युभेन्ट्सले अपराजित यात्रा १२ खेलसम्म कायमै राखेको हो । मिलानको घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन क्रिष्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एक–एक गोल गरे ।...

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

२०७५ कार्तिक २५ गते १४:१७

ढाका, २५ कात्तिक – बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् । यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले...

ओलम्पिक छनोटः नेपालले आज म्यानमारसँग भिड्दै

२०७५ कार्तिक २५ गते ११:३८

काठमाण्डु, २५ कात्तिक – सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबल प्रतियोगिताको लागि एसियाली छनोटको खेल खेलिरहेको नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । समूह सी अन्तर्गतको खेलहरु म्यानमारमै भइरहेको छ र आयोजक विरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । यसअघि पहिलो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us