खेलकुद

प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय

२०७५ मंसिर ५ गते १५:३६

जिरी, ५ मंसिर – दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् । प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाण्डु र दोलखा जिल्ला फुटबल सङ्घ सेमिफाइनमा पुगेका छन् । आज भएको क्वार्टर फाइनलमा...

विमलले क्लब छाड्दै, यस्तो छ कारण !

२०७५ मंसिर ५ गते ११:३९

काठमाण्डु, ५ मङ्सिर – नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि...

राष्ट्रिय नोभिष बक्सिङ आजदेखि

२०७५ मंसिर ५ गते ११:२७

काठमाण्डु, ५ मङ्सिर – प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिए । प्रतियोगितामा यू–१९...

उरुग्वेमाथि फ्रान्सको संघर्षपूर्ण जित, एम्बाप्पे घाइते

२०७५ मंसिर ५ गते १०:३६

एजेन्सी । विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । बुधबार विहान पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरे । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका...

ट्रायल दिन विमल बेल्जीयम जाने, च्यासल छाडे

२०७५ मंसिर ४ गते १७:१३

काठमाण्डु, ४ मंसिर – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर व्यावसायिक फुटबलको ट्रायल दिन बेल्जियम जाने भएका छन् ।छिट्टै बेल्जियम जान लागेका विमलले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल पनि छाडिसकेका छन् । विमल मंगलारदेखि नै च्यासलको प्रशिक्षणमा नआएको...

सन्दीपले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने

२०७५ मंसिर ४ गते १६:५८

काठमाण्डु, ४ मंसिर – सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।...

राष्ट्रिय खेलाडीको दुःखेसोः परिवारको भविष्यका लागि विदेशिएँ

२०७५ मंसिर ४ गते १२:१०

काठमाण्डु, ४ मंसिर – ‘खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप¥यो’ आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय टोलीका अग्रपङ्क्तिका खेलाडी सन्तोष साहुखलको भनाइ हो यो । ‘अहिले देश फेरियो परिवेश...

जर्मनीसँग बराबरी खेल्दै नेदरल्याण्ड्स युईएफए नेसन्स लिगको सेमिफाईनलमा प्रवेश

२०७५ मंसिर ४ गते १०:२५

एजेन्सी । नेदरल्याण्ड्स युईएफए नेसन्स लिगको सेमिफाईनलमा प्रवेश गरेको छ । पछिल्लो खेलमा गएराती जर्मनीसँग २–२ को बराबरी खेल्दै नेदरल्याण्ड्सले सेमिफाईनलमा स्थान बनाएको हो । समान ७ अंक भएपनि जर्मनी गोलअन्तरमा पछि पर्दै जर्मनी सेमिफाईनल पुग्न असफल भयो । खेलको ८४ मिनेटसम्म २–० को...

जावलाखेलमाथि संकटाको सानदार जित

२०७५ मंसिर ३ गते १४:०९

काठमाण्डु, ३ मंसिर – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले जावलाखेल युथ क्लबमाथि सहज जित निकालेको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दस खेलाडीमा सिमित संकटाले जावलाखेललाई २–० गोलअन्तरले पराजित भएको हो । खेलको १८औं मिनेटमा नै...

‘ए’ डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै

२०७५ मंसिर ३ गते १०:५४

काठमाण्डु, ३ मंसिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ । आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो...

शहिद स्मारक ए डिभिजन लिगः पुलिस र मछिन्द्रले बराबरी खेले

२०७५ मंसिर २ गते १५:१०

काठमाण्डु, २ मंसिर – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोल रहित बराबरी खेलेका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीका तर्फबाट गोल हुन नसक्दा एक एक अंक बाडेका छन् । पहिलो...

टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी, श्रीलंका ५७ रनले पराजित

२०७५ मंसिर २ गते १२:०७

क्यान्डी, श्रीलंका, २ मंसिर – श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो । पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us