काठमाण्डु, २ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा...
काठमाण्डु, २ मंसिर – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यूएईमा आगामी बुधबारबाट सुरू हुने टी–१० लिग खेल्न जाने भएका छन् । नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार टी–१० लिगका लागि सन्दीप आइतबार युएई प्रस्थान गर्नेछन् । सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन्...
एजेन्सी । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर...
काठमाण्डु, ३० कात्तिक – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनिको खेलमा च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेस्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
काठमाण्डु, ३० कात्तिक – धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० को तेस्रो संस्करण आगामी माघमा हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै डीपीएल ३ माघ १९ देखि फागुन ४ सम्म फाल्पा क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको हो...
काठमाण्डु, ३० कात्तिक – चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका...
काठमाण्डु, ३० कात्तिक – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो । आईपीएलमा खेलाडी अक्सनअघि...
काठमाण्डु, ३० कात्तिक – आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा समूह ‘बि’ बाट अष्ट्रेलिया र भारत सेमिफाइलमा प्रवेश गरेका छन् । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारतले बिहीबार राति भएको खेलमा आयरल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । अष्ट्रेलिया र...
काठमाण्डु, २९ कात्तिक – एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटले २०१८ को नयाँ सिजनको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता पाएको छ । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो । सबै कर तिर्दा र डलरको मूल्य बढेकाले...
एजेन्सी । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ए मा रहेको श्रीलंकाले बंगलादेशलाई पराजित गर्दै पहिलो जित निकालेको छ । वेष्ट इन्डिजमा जारी विश्वकप क्रिकेटमा बुधबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हराएको हो । यो श्रीलंकाको पहिलो जित हो । यसअघि श्रीलंकाले १...
कञ्चनपुर, २८ कात्तिक – राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका हुन् । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले...
एजेन्सी । विश्वको सबैभन्दा चर्चित फुटबल लिग इंग्ल्याण्डको प्रिमियर लिग फुटबलमा पहिलो पटक महिला प्रमुख कार्यकारी नियुक्त भएकी छन् । सुसना डिनाज प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएकी हुन् । उनी लिगको उक्त पदमा नियुक्त हुने तेस्रो व्यक्ति पनि हुन् । उनले अब रिचार्ड...