खेलकुद

पीएसजीसँग लिभपुल निरिह, नकआउट चरणमा पुग्न दबाब झेल्नुपर्ने

२०७५ मंसिर १३ गते १०:३७

एजेन्सी । भावशाली पेरिस सेन्ट जर्मन (पीएसजी) सँग बुधबार राति २–१ को हार ब्यहोरेपछि लिभरपुलले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नका लागि अन्तिम खेलमा दबाब झेल्नुपर्ने भएको छ । लिभरपुल पराजित भएको दिन समूह ‘सी’ को अर्को खेलमा इटालियन सिरी ‘ए’ को टोली नेपोलीले रेड...

इपिएल क्रिकेटः ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा(नामसहित)

२०७५ मंसिर १३ गते १०:२८

काठमाण्डु, १३ मंसिर – यहि मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियट्सले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । बुधबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा...

एपिएफलाई लगातार चौथो पटक उपाधि

२०७५ मंसिर १२ गते १७:२९

काठमाण्डु, १२ मङ्सिर – सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।...

च्याम्पियन्स लिगमा रोनाल्डोले बनाए ‘इतिहासकै’ नयाँ रेकर्ड

२०७५ मंसिर १२ गते १४:१६

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान बनाएका छन् । उनी च्याम्पियन्स लिगको इतिहासमै १ सय पटक खेल जित्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि कोहि खेलाडीले पनि च्याम्पियन्स लिगमा सय खेलमा जित निकाल्न सकेका थिएनन् । मंगलबार राति भएको खेलमा इटालिएन यूभेन्ट्सको...

‘ए’ डिभिजन लिगः सरस्वती क्लव विजयी

२०७५ मंसिर ११ गते १७:३२

काठमाण्डु ११ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको...

सरस्वतीसँग ब्रिगेड ब्वाइज पराजित

२०७५ मंसिर ११ गते १५:०५

काठमाण्डु, ११ मंसिर – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको पहिलो खेलमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २–१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको तेस्रो मिनेटमै बिनोद केसीको गोलबाट सरस्वतीले अग्रता लिएको थियो ।...

एस्ट्रोनोमी ओलम्पियाड प्रतीक चिन्ह प्रतियोगिता

२०७५ मंसिर ११ गते १५:०४

काठमाण्डु, ११ मङ्सिर – छैटौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्व तयारीस्वरुप नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रतीक चिन्ह प्रतियोगिता आयोजना गरेको छ । मङ्सिर १४ गतेसम्म प्रतीक चिन्ह बनाएर पठाई प्रतियोगितामा सहभागी हुन सकिने सोसाइटीले जनाएको छ । उत्कृष्ट हुनेले राजधानीमा आयोजना हुने कार्यक्रममा रु पाँच हजार...

‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

२०७५ मंसिर ११ गते १२:२०

काठमाण्डु, ११ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।...

‘ए’ डिभिजन लिगः चौथो चरणका खेलहरू आजदेखि शुरु

२०७५ मंसिर १० गते १२:०१

काठमाण्डु, १० मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने अखिल नेपाल फुटबल...

विश्वका चर्चित बलरहरुलाई पछि पार्दै सन्दीप बने सर्वाधिक विकेट लिने बलर

२०७५ मंसिर १० गते १०:२७

काठमाण्डु, १० मंसिर – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि–१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा...

नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

२०७५ मंसिर ९ गते १४:२४

काठमण्डु, ९ मंसिर – महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, भारत...

जुनियर्सका खेलाडीहरु चढेको बसमा रिभर प्लेटका समर्थकको आक्रमण

२०७५ मंसिर ९ गते १२:१२

एजेन्सी । अर्जेन्टिनी क्लब फुटबलको इतिहासकै महत्वपूर्ण मध्ये एक मानिएको खेलको पूर्वसन्ध्यामा बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा आक्रमण भएको छ । राजधानी ब्युनस आइरिजमा हुने खेलमा लागि रंगशाला जाँदै गरेका बोका जुनियर्सका खेलाडीहरु चढेको बसमा चिरप्रतिद्वन्द्वी रिभर प्लेट क्लबका समर्थकले आक्रमण गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us