खेलकुद

इपिएलः फाइनलमा पुग्न भैरहवाले पायो १ सय १ रनको लक्ष्य

२०७५ पुष ५ गते १३:५९

काठमाण्डु, ५ पुस – एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा प्रवेशका लागि बिहीबार जारी दोस्रो क्वालिफायर्समा काठमाण्डु किंग्स एल्यावेनबाट भैरहवा ग्लाडियटर्सले १ सय १ रनको सामान्य लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय रनमात्रै...

इपिएलः भैरहवा र काठमाण्डु भिड्दै

२०७५ पुष ५ गते ११:४६

काठमाण्डु, ५ पुस – यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाण्डु किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा...

यी हुन् ‘आइपिएल’ मा करोडबढी मूल्य तिरिएका खेलाडी (नामसहित)

२०७५ पुष ४ गते १४:०१

काठमाण्डु, ४ पुस – आगामी सन् २०१९ मा हुने १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन मंगलबार सकिएको छ । जयपुरमा सकिएको अक्सनबाट कुल ३ सय ४६ खेलाडी मध्ये २० विदेशी र ४० भारतीय सहित ६० खेलाडीमाथि बिभिन्न क्लबले बोली लगाए । जसमा...

लिग खेल्नबाट वञ्चित भए अनन्त तामाङ

२०७५ पुष ३ गते १६:३४

काठमाण्डु, ३ पुस – राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ दुई ठूला क्लबबाट सम्झौता गरेपछि जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वञ्चित भएका छन् । जारी लिगमा नवौँ चरणका खेल सकिँदासम्म अनन्तले कुनै क्लबबाट सहभागिता जनाउन पाएका छैनन् । नेपालका दुई चर्चित क्लब मनाङ–मस्र्याङ्दी...

क्रिकेटरलाई कोइराला फाउन्डेसन छात्रवृत्ति

२०७५ पुष ३ गते १६:१८

काठमाण्डु, ३ पुस – नेपाली तीन युवा खेलाडीलाई सुशील कोइराला फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेका खेलाडीमा यू–१६ टोलीका रित गौतम, त्रितराज दाश र भूपेन्द्र उप्रेती छन् । छात्रवृत्ति पाउने तीनै खेलाडीले भारतमा गएर एक महीना वीरेन्द्र सहवाग एकेडेमीमा प्रशिक्षण...

‘ए’ डिभिजन लिगः एपिएफले मच्छिन्द्रलाई हरायो

२०७५ पुष ३ गते १३:५८

काठमाण्डु, ३ पुस – सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको...

ईपीएल विजेतालाई २५ लाख, उप विजेता टोलीलाई कति ?

२०७५ पुष ३ गते ११:२८

काठमाण्डु, ३ मंसिर – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरिने भएको छ । आयोजकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विजेतालाई २५ लाख र उप विजेता टोलीलाई १० लाख रुपैयाँ प्रदान गरिने जानकारी गराएको छ । समूह...

स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

२०७५ पुष २ गते १२:१३

एजेन्सी – स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात पारेको छ । आइतबार राति बार्सिलोनाले लिभान्टे क्लबलाई उसकै घरेलु मैदानमा ५–० ले हराउँदै पराजित गरेको हो । बार्साको जितमा स्टार लियोनल मेस्सी नायक बने । कप्तान मेस्सीले खेलमा ह्याट्रिक गर्दा लुइस स्वारेज र जिरार्ड...

महेश्वरले बडिविल्डिङमा नेपाललाई दिलाए ऐतिहासिक सफलता, बने विश्वविजेता

२०७५ पुष २ गते १०:५८

काठमाण्डु, २ पुस – थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा...

भैरहवाले दियो ललितपुरलाई ९३ रनको लक्ष्य

२०७५ पुष १ गते १५:११

काठमाण्डु, १ पुस – भैरहवा ग्लाडियटर्सले आइतबार एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सलाई ९३ रनको लक्ष्य दिएको छ । सन्नी पटेलले पाँच विकेट लिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । उत्कृष्ट...

चितवन द्धारा पोखरा पराजित, गहभरी आँसु पार्दै शक्तिले मैदान छाडे

२०७५ मंसिर २९ गते १७:०१

काठमाण्डु, २९ मंसिर – भेट्रार बलर शक्ति गौचनको अन्तिम खेलमा पनि पोखरा पल्टन पराजित भएको छ । शनिबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरा पल्टनलाई ७ विकेटले हरायो । जितसँगै ४ अंक जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायमै रहृयो ।...

पोखरा राईनोज इपीएलबाट बाहिरियो

२०७५ मंसिर २८ गते १७:११

काठमाण्डु, २८ मंसिर – पोखरा राईनोज, एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको लिग चरणबाटै बाहिरिएको छ । अन्य पाँचै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडिएटर्सको समान ६ अंक छ भने विराटनगर वारियर्स र काठमाण्डु किंग्स एलेभेनको समान ४–४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us