खेलकुद

शहीद स्मारक फुटबलः एपिएफले आर्मीलाई हरायो

२०७५ पुष ८ गते १५:५४

काठमाण्डु, ८ पुस – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ०ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो...

हक्कीमा नेपाललाई कास्य पदक

२०७५ पुष ८ गते १२:०८

काठमाण्डु, ८ पुस – नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिए । अन्तर्राष्ट्रिय हक्की...

रियलले जित्यो फिफा क्लब विश्वकपको उपाधि

२०७५ पुष ८ गते ११:३१

एजेन्सी । फिफा क्लब विश्वकपको उपाधि युरोपेली च्याम्पियन रियल म्याड्रिडले जितेको छ । लगातार तेस्रो पटक उपाधि जित्ने क्रममा शनिबार भएको फाइनलमा यूएईको अल आइनलाई ४–१ को फराकिलो अन्तरले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो । रियलको जितमा लुका मोड्रिक, मार्कस लोरेन्टे र सर्जियो रामोसले...

एम्बाप्पेको गोलसँगै पीएसजीको जित

२०७५ पुष ८ गते १०:५५

एजेन्सी । केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेनले नन्टलाई हराएको छ र लिग वानमा १३ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि एम्बाप्पेले विजयी गोल गरे । बिहीबार...

भैरहवालाई पाखा लगाउँदै ललितपुरले जित्यो ईपीएलको उपाधि

२०७५ पुष ७ गते १७:०४

काठमाण्डु, ७ पुस – एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को उपाधि ललितपुरले जितेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्र्दै उपाधि जितेको हो ।पहिलो खेलमा बिराटनगर वारियर्ससँग पराजित भएको भैरहवाले बाँकी खेलमा अपराजित रहँदै उपाधि जित्न सफल...

सागर पुन घाइते, ६ महीना खेल्न नपाउने

२०७५ पुष ७ गते १६:०८

काठमाण्डु, ७ पुस – राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छ देखि सात महीना मैदान बाहिरै...

इपिएलः ललितपुर १९.१ ओभरमै अलआउट

२०७५ पुष ७ गते १४:४९

काठमाण्डु, ७ पुस – सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको अन्तिम चरणको खेलमा ललितपुरले भैरहवालाई १५६ रनको लक्ष्य दिएको छ । टस जितरे फिल्डिङ रोजको भैरहवाले ललितपुरलाई १९.१ ओभरमै अलआउट गर्न सफल भएको हो । ललितपुरले १९.१ ओभरमा...

बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

२०७५ पुष ६ गते १५:२५

काठमाण्डु, ६ पुस – अस्ट्रेलियामा जारी बिग बास टी–२० लिगमा डेब्यू गरिरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमै २ विकेट लिएका छन् । सिड्नी थन्डरविरूद्ध बलिङ गरेका लामिछानेले २ विकेट लिएका हुन् । आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले आफ्नो दोस्रो...

गणेशमान सिंह स्मृति किक बक्सिङ चापागाउँमा शुरु

२०७५ पुष ६ गते १५:०८

काठमाण्डु, ६ पुस – ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ । प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गरे । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा दुई गरी १२...

‘ए’ डिभिजन लिगः सरस्वतीलाई हराउँदै मछिन्द्रको पहिलो जीत

२०७५ पुष ६ गते १४:५९

काठमाण्डु, ६ पुस – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको...

पाकिस्तानी क्रिकेट बोर्डले बीसीसीआई २० लाख डलर क्षतीपूर्ति तिर्नुपर्ने

२०७५ पुष ५ गते १६:४९

एजेन्सी – पाकिस्तानी क्रिकेट बोर्डले बीसीसीआईलाई २० लाख डलर क्षतीपूर्ति तिर्नुपर्ने भएको छ । बीसीसीआईविरुद्ध क्षतिपूर्तिका लागि दिएको निवेदनलाई आईसीसीले अस्वीकार गरेपछि उल्टै पाकिस्तान क्रिकेट बोर्डले क्षतिपूति रकम तिर्नु पर्ने आइसिसिले जनाएको छ । सन् २०१४ देखि २०२३ सम्म हुनुपर्न दुई पक्षीय सिरिजको सम्झौता...

म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईलाई

२०७५ पुष ५ गते १५:१४

गोरखा, ५ पुस – दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन् । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जितेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us