रंग-तरङ

क्याट्रिनाले भनिन् रणवीरलाई ‘नो इन्ट्री’

२०७३ असार ३० गते १७:५६

काठमाण्डु – बलिउड अभिनेत्री क्याट्रिना कैफ १६ जुलाईमा ३३ बर्षमा लाग्दैछिन् । यही दिनदेखि उनी सामाजिक सञ्जालमा पनि आउनेछिन् । यसअघि फेसबुक, ट्विटर, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालमा उनको एकाउन्ट छैनन् । यही दिन उनले प्रशंसकसँग अन्तरक्रिया गर्ने पनि जनाएकी छिन् । नयाँ पत्रिकाबाट जन्मदिनको अवसरमा...

लगन गाँठो कस्दैछन् ‘रेशम फिलिली’का अभिनेता

२०७३ असार २७ गते ११:१०

काठमाण्डु, २७ असार – ‘जालमा’ बोलको चर्चित गीतका कारण गत वर्ष सर्वाधिक प्रतिक्षित बनेको फिल्म ‘रेशम फिलिली’का अभिनेता विनय श्रेष्ठ आज विवाह वन्धनमा बाँधिदैंछन् । गत वर्ष भदौमा प्रेमिका एनी थापासँग इन्गेज्मेन्ट गरेका विनय झन्डै एक वर्ष पछि विवाह गर्दैछन् । विनय र एनीले...

कस्ती थिइन् नायिका लक्ष्मी राना कस्ती भइनु, मृत्यु कुर्न पनि नसक्ने भइन्

२०७३ असार २५ गते १३:१९

काठमाण्डु – एक कलाकार जसले जीवनभर आफ्नो अभिनयको माध्यमले समाजको ऐना प्रस्तुत गर्छ, अरुलाई हसाउँछ, रुवाउँछ आज आफ्नो जीवनको उत्तराद्र्धमा उसकै शब्दमा मृत्यु कुरिरहेकी छन् । कुनै बेला कम्प्युटर जस्तै नाच्न सक्ने उपमा पाएकी एक कलाकार लक्ष्मी रानाको अवस्था आज दयनीय छ । उनका...

सुल्तानले बनायो सलमान खानलाई मालामाल

२०७३ असार २४ गते १६:०६

एजेन्सी– अभिनेता सलमान खानको फिल्म सुल्तानले बलिउडमा हंगामा मच्याएको छ । पहिलो दिन ३६.५ र दोश्रो दिन ३७.२ गरी दुई दिनमा ७३.७ करोड कमाएको सुल्तान शुक्रबार १०० करोड क्लबमा प्रवेश गर्ने अनुमाग गरिएको छ ।   फिल्मले पहिलो हप्तामा १५० करोडको आँकडा पार गर्ने...

सफलताको शिखर चढेका यी बलिउड कलाकारहरुलाई जीवनको एउटा घटनाले भने झस्काइरह्यो !

२०७३ असार २४ गते १५:५८

एजेन्सी– बलिउड आफैमा विश्वभर स्थापित सिने रंगमञ्च हो । बलिउडमा अभिनय गर्ने कलाकारहरु आफ्नो प्रतिभाका कारण विश्वभर स्थापित पनि छन् तर उनीहरुको शैक्षिक योग्यताका बारेमा भने बेला–बेलामा विवाद उठ्ने गरेको छ । बलिउडकै केही कलाकारहरु प्राज्ञिक क्षेत्रमा समेत स्थापित छन् भने केही कलाकारहरु स्नातक...

सलमान खानको सुल्तान हेर्नुअघि पढ्नैपर्ने कुरा

२०७३ असार २२ गते १४:५७

एजेन्सी– निर्देशक अली अब्बास जफरको बलिउड फिल्म सुल्तान सलमान खानको जीवनकै सबैभन्दा उत्कृष्ट फिल्म हो । सलमान फिल्ममा पहलवान सुल्तान अली आनको भूमिकामा रहेका छन् । फिल्ममा देखिने सलमानको अभिनय, उनले गरेको ट्रनिङ, सानदार फाइट आदीले उनले गरेको मेहनग स्पष्ट झल्कन्छ । तर, यस...

हरिवंशले भित्राए अमेरिकी बुहारी

२०७३ असार २१ गते ११:४०

काठमाण्डु, २१ असार – हाँस्य कलाकार हरिवंश आचार्यले जेठी बुहारीको रुपमा अमेरिकी युवती भित्र्याएका छन् । आचार्यका जेठा छोरा त्रिलोकको पत्नीको रुपमा अमेरिकी बुहारी भित्र्याएका छन् । बिहेका लागि हरिवंश स(परिवार अमेरिका उडेका थिए । त्रिलोक र अमेरिकी यूवती जोए लेवस्किी लामो समयदेखि प्रेममा थिए...

पत्रकार भेला पारेर भारतीयले लगाए नेपालीमाथि यस्तो आरोप (भिडियोसहित)

२०७३ असार २० गते १२:५६

काठमाण्डु, २० असार–  भारतीय चलचित्र निर्माता शिरिष कुन्दनले नेपालीलाई अनावश्यक देशभक्ति देखाउँदै भ्रम फैलाएको र आफू पनि भ्रमित भएको बताएका छन् । नेपाली फिल्म मेकर अनिल न्यौपानेको एक ‘सर्ट मुभी भिडियो स्क्रिप्ट’ कपी गरेको आरोप लागेका कुन्दनले नेपालीमाथि सो आरोप लगाएका हुन् । कुन्दनविरुद्ध...

अभिनेता सुशान्तको जुँगा नउम्रिएपछि

२०७३ असार १७ गते १६:११

काठमाण्डु, १७ असार – अभिनेता सुशान्त कार्की यतिबेला चर्चामा छन् । शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘तिन घुम्ती’का मुख्य तीन पात्रमध्येका एक सुशान्तलाई अन्य दुई कलाकार गरिमा पन्त तथा ध्रुव दत्त विदेशमा रहेकाले पनि प्रचार-प्रसारको धपेी छ । स्व. बीपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’मा आधारित...

डर नमान भन्दै रितुले आफ्नो मायालाई वरवर बोलाएपछि…(भिडियोसहित)

२०७३ असार १७ गते १४:१७

काठमाण्डु– पछिल्लो समय आफ्नो गायन क्षेत्रमार्फत दर्शलाई मनोरञ्जन दिलाउँदै आएकी चर्चित पप गायिका रितु कंडेलले आफ्नो मायाँलाई संगै बस्न आग्रह गरेकी छन् । दर्जनौँ गीतमार्फत नेपाली माझ चिनिएकी गायिका कंडेलको म्युजिक भिडियो बजारमा आएको छ । ‘बतास आई उडाइ लाला माया पर पर, किन...

दयाहाङ राई र नम्रता श्रेष्ठ बने उत्कृष्ट

२०७३ असार १६ गते १६:२५

काठमाण्डु, १६ असार– नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् । चलचित्र विकास बोर्डले घोषणा गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेतातर्फबाट कबर्डी कबर्डीबाट दयाहाङ र अभिनेत्रीतर्फ क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको हो ।...

दयाहाङलाई २० दिनमा ३५ फिल्मको अफर !

२०७३ असार १६ गते १३:३३

काठमाण्डु, १६ असार – अभिनेता दयाहाङ राईलाई चकलेटी वा रोमान्टिक हिरो भन्दा पनि अभिनयका हिरो मानिन्छ । अभिनयका कारण उनी सबै खाले दर्शकको मन मस्तिष्कमा बस्न सफल पनि बने । हिजोआज दयाहाङ नेपालको एक व्यस्त अभिनेता बनेका छन् । शुक्रबार पत्रिकासँगको कुराकानीको सिलसिलामा दयाहाङलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us