महाभूकम्पले निम्त्याएको विपदलाई हामीले प्रभावित १२–१४ जिल्लाको मात्रै समस्या भनेर अथ्र्याउँनु हुँदैन । यो विपद्मा केही जिल्लाका नागरिकहरुको ज्यान गएको होला त्यो बेग्लै कुरा हो । तर विपद सबैका लागि आइ परेको छ । केही जिल्लाका केही गाउँहरुमा त अब बस्नै नसकिने गरी जमिनमा...
जीवनमा कहिल्यै भूकम्पको यस्तो अनुभव गरेको थिइन । शायद धेरैका लागि यो पहिलो खतरनाक अनुभव रह्यो । पार्टीको कामले ओखलढुंगाबाट त्यही दिन राति २ बजे घर आइपुगेको थिए । शनिबार बिहानसम्म सुतेँ । सन्चो नहोला जस्तो पनि भयो । ओछ्यान मै सुतिरहेको थिएँ ।...
महाभूकम्पले निम्त्याएको विपत्ले सबैलाई प्रभाव पर्छ । त्यसमा पनि भूकम्पबाट घर, परिवारका सदस्य, आयको स्रोत गुमाउनेहरुलाई बाच्न मुस्किल हुन्छ । सरकारको वार्षिक बजेट ६ खर्ब भन्दा अलिकति बढी छ । भूकम्पले १० खर्ब बराबरको क्षति भयो भनिएको छ । झण्डै दुई वर्षको बजेट बराबरको...
जेठ २ गतेदेखि ५ गतेसम्म ठूलो भूकम्प आउँछ रे ! जताततै यही हल्ला छ अहिले । अब २ गते त आएन । ५ गते आउँछ भन्ने त्रास छ सबैमा । मैले नबुझेको कुरा के भने यदि यतिबेला, यतिगते, योबार भूकम्प आउँछ भन्ने थाहा हुनेले...
मैले ट्वीटरमा भूकम्पलाई आधार बनाएर भूककम्प प्रभावित जनतालाई तराईमा बसोबास गराउने महन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ भनेर लेखेँ । यसको धेरै नकारात्मक टिप्पणी पनि आएको सुनेँ । भाइरल भइसक्यो भन्ने सुनेँ । दुइ चार दिन ट्वीटर खोल्दीन । तर...
वैशाख १२ गते गएको प्रलयकारी भूकम्प र त्यसयता पटकपटक गएका पराकम्पनले नेपालको जमिन मात्र हल्लाएको छैन, राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्र जगैदेखि हल्लिएका छन् । भूकम्पका कारण हजारौं मानिस एकैसाथ घरबारविहीन भएका छन् । १५ जिल्लाका मानिसहरुको बास अहिले पनि सडक, बारीका पाटा वा...
मुलुक महाभूकम्पको चपेटामा छ । प्राकृतिक विपद् यस्तो हुन्छ कि यसले सानो, ठूलो, धनी, गरिब, युवा, वृद्ध, महिला, पुरुष केही भन्दैन । मानिसका लागि पीडा दिनु प्राकृतिक विपत्तिको धर्म नै हो । आमजनता भूकम्पको पीडामा छन् । वैशाख १२ गतेको भूकम्प र त्यसयता आएका...
काठमाण्डु, २ जेठ– विनाशकारी महाभूकम्प पछि नेपालको राजनीतिकवृत्तमा राष्ट्रिय सरकारको बहस सुरु भएको छ । केही पार्टीले राष्ट्रिय सरकारको नेतृत्व यो वा त्यो नेताले गर्नु पर्छ भन्ने लविङ पनि सुरु गरिसकेका छन् । राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरुको धारणाअनुसार राष्ट्रिय सरकार मुखले बोलेजस्तै सरल...
वैशाख ३० गते संविधानसभा भवनबाट केही सभासदहरु भूकम्पबाट पीडित भएका जनताको नाममा आएको पाल बोकेर खुसी मुद्रामा निस्कँदै गरेका फोटा र समचार मिडियामा आएपछि त्यसले सामाजिक सञ्जालमा बेग्लै खालको तरंग ल्यायो । भूकम्पबाट प्रताडीत भएका जनतालाई आश्वासन बाँढ्दै राहत गोदाममा थन्काए रमिता देखाएका कारण...
गत वैशाख १२ गते गएको विनाशकारी महाभूकम्प र त्यसपछिको पराकम्पनले नेपाली जन,धनको व्यापक क्षति गरेको छ । अहिलेसम्म आठ हजारभन्दा बढीले जीवन गुमाएका छन्, भने लगभग २० हजार जति घाइते भएका छन् । अरबौंको निजी तथा सरकारी सम्पत्ति नष्ट भएको छ । यसले नेपाली...
मंगलबार नेपालमा पुनः भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । गत वैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प गएको अठारौं दिनमा पुनः ७.४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय भूकम्प मापन केन्द्रहरुले जनाएका छन् । मंगलबार दिउँसो पौने १ बजे करिब आधा मिनेटसम्म भूकम्पको धक्का...
भूकम्पीडितका लागि राहत लिएर म, दीपशिखा र टीएन सापकोटा मंगलबार बिहानै पुख्र्यौली स्थानसमेत रहेको सिन्धुपाल्चोकको, बतासे गाविस पुगेका थियौँ । आठ चक्के गाडीमा नेपालका विभिन्न स्थानबाट संकलित १२ टन खाद्यान्न बोकेर हामी काठमाण्डुबाट सिन्धुपाल्चोक पुगेका थियौं । बिहान करिब ९ बजेतिर बतासे पुगियो ।...