समाचार

जनता राहतको पर्खाइमा सरकारका दुई मन्त्रीको यस्तो गोरु जुधाई

२०७२ वैशाख १५ गते ६:११

काठमाण्डु, १५ बैशाख– देश भूकम्पको चपेटामा परिरहेकाबेला आफ्नो जिम्मेवारी बोकेका दुई सरकारी निकाय भने आपसी विवादमा तानिएका छन्  । जनतालाई राहतको व्यवस्था गर्नुपर्ने बेलामा सरकारका दुई मन्त्रीहरु भने आपसी विवादमा तानिदै जनताको समस्याप्रति वास्ता गरेका छैनन् । जनतालाई राहत घोषणा गर्ने विषयमा बसेको मन्त्री...

एमाओवादीले भन्यो, सरकार राहत र उद्धार गर्न असफल

२०७२ वैशाख १५ गते ५:५५

काठमाण्डु, १५ वैशाख – प्रमुख विपक्षी एकीकृत माओवादीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार गर्न सरकार असफल भएको निष्कर्ष निकालेको छ ।   अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार बसेको स्थायी कमिटीको विस्तारित बैठकले राहत र उद्धारमा सरकार प्रभावहीन देखिएको निष्कर्ष निकालेको हो ।   बैठकले...

शोकमा तीन दिनसम्म आधा झण्डा झुकाइने

२०७२ वैशाख १५ गते ५:४५

काठमाण्डु, १५ बैशाख– नेपाल सरकारले बिनासकारी भूकम्पबाट भएको क्षतिको शोकमा तीन दिनसम्म आधा झण्डा झुकाउने भएको छ । शोक स्वरुप बुधबादेखि स्वदेश तथा विदेशमा रहेका कूटनीतिक नियोगमा आधा झण्डा झुकाउने निर्णए भएको सरकारले जनाएको छ । हालसम्म भूकम्पका कारण चार हजारभन्दा धरैले जयान गुमाइसकेका...

होइन हो, युथफोर्स र वाइसीएल तिमीहरु कहाँ छौ ?

२०७२ वैशाख १५ गते ४:१६

काठमाण्डु, १५ वैशाख– शनिबार ६ दशमलब ७ रेक्टर स्केलको बिनासकारी भूकम्प गयो । भूकम्पले ठूलो धनजनको क्षति भयो । हजारौं मानिस घरबारविहीन छन् । घर भत्केकाहरु मात्र होइन, घर बाँकी रहेकाहरु पनि पटकपटक आइरहेको भूकम्पीय धक्काका कारण घरभित्र पस्न सकेका छैनन् । सर्वसाधारण भूकम्पको...

सरकार खोज्दै वालुवाटार घेर्न गएका नगरिक अगुवामाथि प्रहरी दमन

२०७२ वैशाख १५ गते ३:४९

काठमाण्डु, १५ वैशाख– महाभूकम्पपछि राहत तथा उद्धारमा सरकार उदाशीन बनेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारको गेटमा शान्तिपूर्ण धर्नामा बसेका नागरिक अगुवामाथि प्रहरीले दमन गरेको छ ।   रात तथा उद्धारको कामलाई तीव्रता दिन माग गर्दै धर्नामा बसेका नागरिक अगुवा तथा लेखक खगेन्द्र संग्रौला, युग पाठक...

भूकम्प पीडितको प्रश्न, के नेपालमा सरकार छ र ?

२०७२ वैशाख १५ गते ३:००

काठमाण्डु, १५ वैशाख- शनिबार उत्तरी गोरखालाई केन्द्र बिन्दु बनएर गएको ७. ६ रेक्टर स्केलको भूकम्प  र त्यसयता १ सय पटकभन्दा बढी आएको भूकम्पको धक्काका कारण राजधानीसहित विभिन्न जिल्लाका हजारौं सर्वसाधारणले घर छाडेका छन् । भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणले सोमबार तेश्रो रात पनि घरबाहिरै बिताए...

मंगलबार बिहान दुईपटक भूकम्पको धक्का, चार रेक्टरमाथि ९८ पटक गयो भूकम्प

२०७२ वैशाख १५ गते २:२३

काठमाण्डु, १५ वैशाख – मंगलबार बिहान ५ बजेर ५ मिनेट जाँदा रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसअघि गोरखा केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ११ मिनेट जाँदा  ४.४  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

महाभूकम्पमा मृत्यु हुनेहरुको संख्या ३ हजार ८ सय ६२ पुग्यो

२०७२ वैशाख १४ गते १३:५०

काठमाण्डु, १४ वैशाख– शनिबार आएको ७.६९ रेक्टर स्केलको भुकम्पमा परेर सोमबार बेलुकासम्म ३ हजार ८ सय ६२ जनाको मृत्यु भएको छ । सो विपत्तिमा परेर सबैभन्दा बढी मध्यक्षेत्रमा क्षति भएको जनाइएको छ । उपत्यकाका काठमाण्डु, भक्तपुर र ललितपुरमा मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी...

शव कुहीन थाल्यो

२०७२ वैशाख १४ गते १३:२७

काठमाण्डु, १४ वैशाख– भूकम्पका कारण ज्यान गुमाएकाहरुको शव कुहीन थालेपछि काठमाण्डुका प्रमुख सरकारी अस्पतालहरु दूर्गन्धित हुन थालेका छन् । काठमाण्डुका वीर, शिक्षण अस्पताल लगायत अस्पतालमा ७ सय भन्दा बढि शवहरु रहेका छन् । सामान्य प्रशानमन्त्री लालबाबु पण्डितकाअनुसार शवलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ...

प्रधानमन्त्रीले भने, ‘८२ वर्ष पछिको ठूलो चूनौती सामना गरिरहेका छौ’

२०७२ वैशाख १४ गते १२:४९

काठमाण्डु, १४ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले ८२ बर्षको अन्तरमा नेपालमा आएको महाभूकम्पले छोडेर गएको विनास पछिको व्यवस्थापन ठूलो चुनौतिको रुपमा रहेको बताएका छन् । संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङ्गले व्यवस्थापिका संसदको सचिवालय सिंहदरबारमा सोमबार आयोजना गरेको संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सामूहिक बैठकमा उनले सो...

निजी अस्पतालले सुरु गरे लुट

२०७२ वैशाख १४ गते १२:०७

काठमाण्डु, १४ वैशाख–भूकम्पमा घाइते भएकाहरुबाट शुल्क असूल गरेर काठमाण्डुका निजी अस्पतालहरुले लुट सुरु गरेका छन् । सरकारले निजी अस्पतालहरुलाई निःशुल्क उपचार गर्नू र विल सरकारलाई बुझाएर पैसा लैजान निर्देशन दिएको छ । तर निजी अस्पतालहरुले घाइेतहरुबाट शूल्क असूल गरिरहेका छन् । घाइतेबाट र पछि...

दोलखामा तीन सयभन्दा बढी मानिस सम्पर्क बाहिर

२०७२ वैशाख १४ गते ११:४१

दोलखा १४ वैशाख– शनिबार र आइतबार गएको महाभूकम्पछि करिब तीन सयभन्दा बढी मानिस हराएका छन् । जिल्लाको लामावगर लगायतका गाविसमा यार्सागुम्बा संकलनका लागि भनेर केहीदिन अघिदेखि गएका उनीहरु भूकम्पछि सम्पर्क बाहिर रहेका हुन् । आइतबार आएको ६.९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु समेत रहेको दोलखामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us