समाचार

कृपासुरद्वारा गणेशलाई छोरा स्वीकार, नागरिकता बनाइदिने

२०७२ जेठ १९ गते १४:३६

काठमाण्डु, १९ जेठ– पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा दलित महिलासँगको शारीरिक सम्बन्धबाट जन्मिएका गणेश शेर्पालाई छोरा स्विकार्न तयार भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको रोहबरमा भएको छलफलमा कृपासुर गणेशलाई बाबुको हैसियतबाट नागरिकता दिन राजी भएका हुन् । कृपासरलाई बाबु दाबी गर्दै...

अवैध चोरी सिकारको निशानामा पर्दै ढोरपाटन !

२०७२ जेठ १९ गते १३:३७

बागलुङ, १९ जेठ-ढोरपाटनमा सिकार आरक्षमा अवैध सिकार गतिविधि बढ्दै गएको छ ।   सुरक्षा अभावमा वन्यजन्तुको चोरी सिकार हुने गरेको हो । दुर्लभ वन्यजन्तुको बासस्थान रहेको ढोरपाटन क्षेत्रमा तस्करहरु सक्रिय रहेको बताइन्छ । ठूलो क्षेत्रफल ओगटेको आरक्ष क्षेत्रमा सुरक्षा चुनौती बढिरहेको आरक्ष कार्यालयले जनाएको...

बसले ठक्कर दिँदा पौडेलेको मृत्यु

२०७२ जेठ १९ गते १३:२९

उर्लाबारी, १९ जेठ-मोरङको उर्लाबारीमा मंगलबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उर्लाबारी– ३ निवासी १९ वर्षीय सवीन पौडेलको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ४७८३ नं।को मेट्रो डिलक्सले दक्षिणबाट उत्तरतर्फ गइरहेको मे२प...

उद्योगमन्त्रीले भने,‘व्यावसायीहरुले खुद्रा मुल्यमा मनोमानी गरेको पाएको छौं’

२०७२ जेठ १९ गते १३:०६

भक्तपुर, १९ जेठ-उद्योग मन्त्री महेश बस्नेतले व्यवसायीले निर्माण सामग्रीको खुद्रा मूल्यमा मनोमानी गरेकाले दुई दिनभित्र सरकारले त्यस्ता सामग्रीको मूल्य निर्धारण गर्ने  बताएका छन् । भक्तपुर उद्योग वाणिज्य सङ्घले मंगलबार आयोजना गरेको तीन महिने शैलुन तालिमको समापन कार्यक्रममा सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै उनले आजै निर्माण...

बेहुला बोकेर आएको रथ पल्टिँदा एकजनाको मृत्यु !

२०७२ जेठ १९ गते १२:५८

गौशाला, १९ जेठ-महोत्तरीको लोहारपट्टि गाविसमा गएराति जन्तीमा आएको एक मजदुरको रथमा थिचिएर मृत्यु भएको छ । बेहुला बसेर आएको बिआर ३० बी ०७८३ नं. को टाटा भ्यान रथसँगै आएको नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय रथका खलासीको सोही रथ धमौरा गाविस– ६ मा...

३० घण्टापछि फेरि भूकम्पको धक्का

२०७२ जेठ १९ गते १२:२७

काठमाण्डु, १९ जेठ– वैशाख १२ मा आएको विनासकारी भूकम्पको पराकम्पन आउने क्रम अझै रोकिएको छैन । यसै क्रममा झण्डै ३० घण्टासम्म नहल्लिएको धर्ती मंगलबार विहान १० बजेर ४८ मिनेटमा हल्लिएको छ । सोमबार विहान ४ बजेर ३५ मिनेट जाँदा भूकम्पको पराकम्पन गएको थिएन ।...

चट्याङ लागेर तीन महिलाको मृत्यु

२०७२ जेठ १९ गते १२:०४

विराटनगर, १९ जेठ– सुनसरी र सप्तरीमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । सोमबार साँझ वर्षासँगै चट्याङ पर्दा सुनसरीको तनमुना–५ बस्ने ५५ वर्षीया सावित्रीदेवी साह, नर्सिङ–३ बस्ने ४५ वर्षीया लक्ष्मी मण्डल र सप्तरीको कञ्चनपुर–४ बस्ने ५० वर्षीया मञ्जुदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय...

गृह मन्त्रालय भन्छ , ‘भूकम्पअघि नै सरकारले पूर्व तयारी गरेको थियो’

२०७२ जेठ १९ गते १२:००

काठमाण्डु, १९ जेठ–भूकम्पपछिको विपद् व्यवस्थापन गर्न सरकारले कुनै तयारी नगरेको भन्ने गुनासो आइरहेका बेला सरकारले भने त्यसका लागि आवश्यक नीतिगत, संरचनागत र व्यवस्थापकीय तयारी गरेको जिकिर गरेको छ । गत वैशाख १२ को भूकम्प आउनुअघि नै आठ दश वर्षभित्रमा काठमाण्डु वा वरपर केन्द्रबिन्दु बनाएर...

सिन्धुपाल्चोकका भूकम्प पीडितलाई मुस्लिम एड युकेको राहत

२०७२ जेठ १९ गते ११:३१

सिन्धुपाल्चोक, १९ जेठ–वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट ठूलो क्षति भोगेका सिन्धुपाल्चोकका जलविरे र लिसंखु दुई हजार परिवारलाई मुस्लिम एड युके नामक अन्र्तराष्टिय गैह्र सरकारी संस्थाद्वरा राहत सामग्री वितरण ग¥यो । तैयब अस्पताल तथा शैक्षिक कोष, देउवन, उत्तरप्रदेश भारतको समन्वयमा गरिएको...

धादिङका ३ हजार ३८९ घर तत्काल सार्नु पर्ने सभासद् टोलीको ठहर

२०७२ जेठ १९ गते १०:२९

धादिङ, १९ जेठ– धादिङ जिल्लाको अति विकट पाँच गाविसका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न सभासद्को टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको छ । पाँच गाविसका मानिसलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको हो ।...

विराटनगरमा पनि नक्सा पास नगरी बनेका घर भत्किने भए

२०७२ जेठ १९ गते १०:१९

मोरङ, १९ जेठ– विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो । सरकारी निर्णयअनुसार विराटनगर क्षेत्रमा...

सडकको जीर्ण हालतले एम्बुलेन्स समेत पुग्दैन

२०७२ जेठ १९ गते १०:११

मोरङ, १९ जेठ– मोरङको कर्सिया–सोमबारे सडकखण्ड जीर्ण बनेका कारण एम्बुलेन्ससमेत पुग्न समस्या भएको छ । पञ्चायतकालमा निर्माण भएको सो सडक बालुवा बोक्ने ट्र्याक्टरका कारण कर्सिया बजारबाट पश्चिम–उत्तरस्थित वरियाती क्षेत्रमा धेरै खाल्डाखुल्डी परेको र भत्किएकाले एम्बुलेन्ससमेत छिर्न समस्या भएको गुनासो स्थानीयवासीले गरेका छन् । दैनिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us