पर्सा, १९ जेठ – पर्साको लालपर्साबाट सोमबारराति युवतीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–२४ निवासी २० वर्षीय रोमा कुमारीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले स्थानीयवासी २५ वर्षीय रामप्रसाद साहलाई पक्राउ गरेको हो ।...
काठमाण्डु, १९ जेठ– राजा वीरेन्द्रको वंश समाप्त हुने गरी भएको दरबार हत्याकाण्ड १४ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भोजमा गरिएको अन्धाधुन्ध गोली प्रहारबाट पूर्वराजा ज्ञानेन्द्रको परिवार मात्रै आश्चर्यजनक र रहस्यमय ढंगबाट सकुशल रहेको थियो । सो काण्डमा...
सुर्खेत, १८ जेठ– सुर्खेतका पत्रकारले चिया बेचेर भूकम्पपीडितका लागि रकम संकलन गरेका छन् । पत्रकार महासंघ सुर्खेत शाखाले ‘सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ को सहकार्यमा वीरेन्द्रनगरमा मंगलबार बिहान ७ देखि १० बजेसम्म चियाको स्टल राखिएको थियो । चिया बेचेर एक लाख, ३७ हजार ९...
इलाम, १८ जेठ-पूर्वी नयाँबजार गाविसको नयाँ बजारमा सोमबार दिउँसो आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा घर भत्काइएको छ । दिउँसो २ बजे सुरू भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको थियो । बजारको पश्चिमी क्षेत्रका...
काठमाण्डु,१८ जेठ-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी, खाडी तथा अन्य मुलुकमा पठाउने गिरोहलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक संयुक्त अरब इमिरेट्, ओमान तथा मलेसियालगायत मुलुकका डान्स बारमा आकर्षक तलब...
दोलखा, १८ जेठ–एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भूकम्पले निम्त्याएको राष्ट्रिय संकट सामना गर्न राष्ट्रिय सरकार आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वयम् सेवक अभियानअन्तर्गत आफ्नै नेतृत्वको कार्यकर्ता टोलीले दोलखाको जिरीस्थित जिरी उच्च माविको भवन हस्तान्तरण कार्यक्रममा श्रेष्ठले ठीक ढंगले समस्या समाधान गर्न नसकिए मुलुकले हइटीको...
रसुवा, १८ जेठ-भूकम्पसँगै आएको पहिरोले पुरिएको रसुवागढी क्षेत्रमा अर्थमन्त्री रामशरण महतले सोमबार स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा अर्थमन्त्री महतले मानव तथा सरसामग्री उद्धार उत्खनन कार्यमा सम्मिलित नेपाली सेना, नेपाल प्रहरी र चिनियाँ विशेष फोर्सले गरेका कामको जानकारी लिएका थिए । उनका...
काठमाण्डु,१८ जेठ-नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले भूकम्पपीडित कलाकारका अनुभवलाई ‘क्यानभास’मा उतारेको छ । भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा नजिकै सोमबार आयोजित ‘कला कार्यशाला’ मा काठमाण्डु उपत्यकाका ३५ कलाकारले आ–आफ्ना कलाकृति प्रस्तुत गरेका थिए । कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानको चित्रकला विभागका प्रमुख रमेश श्रेष्ठले सहभागी कलाकारलाई...
काठमाण्डु, १८ जेठ– रुपन्देहीमा रहेको एरिना हेल्थ क्लबको संयोजनमा यूवाहरुले राजधानीमा भूकम्पपीडित नेपाली जनताको राहत र पुर्ननिर्माणको लागि आएको सहयोगको विवरण सार्वजनिक गराउन दबाब मुलक ‘हिसाब बुझाऊ’ अभियानको घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर उनीहरुले अभियानको पक्षमा दबाब सृजना गर्न अहिलेसम्म...
विराटनगर, १८ जेठ-मोरङमा सोमबार मध्याह्न यात्रुबाहक बस र ट्रयाक्टर एकापसमा ठोकिँदा ट्रयाक्टरका चालकसहित सात जना गम्भीर घाइते भएका छन् । ट्रयाक्टर चालक सुन्दरदुलारी–१० बस्ने ४५ वर्षीय विष्णु चौधरी र सोही ठाउँ बस्ने ट्रयाक्टरमा सवारमा हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको...
काठमाण्डु, १८ जेठ– एमाले अध्यक्ष केपी ओलीले अर्थमन्त्री रामशरण महतको आडमा भूकम्पपीडितका लागि आएको जस्तापाता बेच्न खोजिएको आरोप लगाएका छन् । एक सामाजिक संस्थासँग मिलेर पार्टी कार्यकर्ताले भूकम्पपीडितका लागि भक्तपुरको च्यामासिंहमा निर्माण गरेको टहरा हस्तान्तरण कार्यक्रममा उनले महतले सरकारी जस्तापातामा आँखा लगाएको आरोप लगाए...
झापा, १८ जेठ- झापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको जनाएको छ । यसअघि २०७१ साल कात्तिकमा...