समाचार

हिंसामा परेका एक सय ३६ जनाको उद्धार

२०७२ जेठ २० गते ११:५९

प्यूठान, २० जेठ– घरेलु हिंसा तथा सामाजिक विभेदमा परेका जिल्लाभरका १३६ जनालाई यहाँको महिला संरक्षण केन्द्रले उद्धार गरेको छ ।   जिल्लाका विभिन्न महिला समूह र महिला तथा बालबालिका कार्यालयको पहलमा जिल्लामा स्थापना गरिएका सात वटा महिला सेवा केन्द्र तथा संरक्षणले उनीहरूको उद्धार गरेको...

आकाशमा बादल देखेपछि स्कुनै जाँदैनन् जाजरकोटका विद्यार्थी !

२०७२ जेठ २० गते ११:४१

जाजरकोट, २० जेठ– पानी पर्ने कुरा टाढा छ आकाशमा बादल देखिए पनि स्कुल बन्द हुन्छभन्दा अनौठो लाग्न सक्छ तर अनौठो मान्नु पर्दैन । आकाशमा बादल मडारिनासाथ विद्यार्थी स्कुल जाँदैनन् र विद्यालय बन्द हुन्छ । वर्षौंदेखि यसरी नै चलेको छ ढिमे पाँचकाटियाको एक विद्यालय ।...

घाँसलाई साग सम्झेर पकाउँदा…

२०७२ जेठ २० गते ९:५०

विराटनगर, २० जेठ–सोलुखम्बुमा विषालु घास खाँदा एकै परिवारका तीन जना गम्भीर बिरामी भएका छन् । सिन्धुली जिमा–८ का ४५ वर्षीय मानसिंह तामाङ, ३५ वर्षीय मिलन र १३ वर्षीय आइते तामाङ बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । टाक्टिङ–४स्थित झाक्रेमा मङ्गलबार भेँडा...

हुम्ला केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प

२०७२ जेठ २० गते ८:५८

हुम्ला, २० जेठ– हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार राति आठ बजेर ३३ मिटेनेटमा हुम्ला केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त धक्का पराकम्पन नभई नयाँ भूकम्प हो । यसैबीच बुधबार बिहान २...

बसको ठक्करले युवकको मृत्यु

२०७२ जेठ २० गते ८:५३

भीमदत्तनगर, २० जेठ–दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसको ठक्करले कञ्चनपुरको भीमदत्तनगरस्थित ट्राफिक चोकमा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको ट्राफिक चोकमा काठमाडौँ जाँदै गरेको ना५ख १००२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म१प ७९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा टीकाराम डगौंराको मृत्यु भएको जिल्ला...

मुस्ताङका नब्बे प्रतिशत धार्मिक सम्पदामा क्षति

२०७२ जेठ २० गते ८:४७

मुस्ताङ, २० जेठ – विनाशकारी भूकम्पका कारण हिमाली जिल्ला मुस्ताङका ९० प्रतिशत धार्मिक सम्पदामा क्षति पुगेको छ । मुक्तिनाथ मन्दिरबाहेक जिल्लाका अधिकांश गुम्बा र मठमन्दिरमा भूकम्पले क्षति पु¥याएको र पाँच वटा गुम्बा पूर्णरुपमा क्षतिग्रस्त बनेको नेपाल रेडक्रस सोसाइटी मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए...

एमाले मोरङले पठाउन लाग्यो सात हजार पीडितलाई पुग्ने चामल

२०७२ जेठ २० गते ८:४७

विराटनगर, २० जेठ–नेकपा एमाले मोरङले भूकम्पपीडितका लागि बुधबारबाट राहत सामग्री पठाउन लागेको छ । भूकम्प प्रभावित क्षेत्रमा सात हजार पीडितलाई पुग्ने गरी २४ हजार १४५ क्विन्टल चामल पठाउन लागिएको हो । गाउँ, क्षेत्रीय र जिल्ला समितिबाट चामलका साथै बिस्कुटलगायतका सङ्कलित सामान पहिलो चरणमा सिन्धुली...

पीडितलाई राहतसँगै मनोसामाजिक विमर्श सेवा

२०७२ जेठ २० गते ८:३९

ललितपुर, २० जेठ । फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ । विगत दुई दशकदेखि विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सो संस्थाको पहलमा पीडितलाई डानचर्च एड नेपाल, वल्र्ड जेविस रिलिफ युकेको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा राहत सामग्री वितरण गरेको संस्थाका अध्यक्ष सूर्यबहादुर...

भूकम्पपीडित बिरामीलाई सेनाको उपचार एवम् राहत

२०७२ जेठ २० गते ८:२५

भक्तपुर, २० जेठ – नेपाली सेनाले भूकम्पपीडितका लागि भक्तपुरको चाँगुनारायण र आशापुरीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८९२ जनाको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ । मङ्गलबार आयोजना गरेको शिविरमा नेपाली सेनाका सात चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित १७ जनाको टोलीले सेवा पु¥याएको नेपाली सैनिक...

कार्यालयको सेवाप्रवाहमा ढिलासुस्ती, अनियमितता गर्नेलाई नछाड्ने

२०७२ जेठ २० गते ८:२२

दाङ, २० जेठ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतद्वारा जिल्लामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने सम्बन्धमा मङ्गलबार घोराहीमा आयोजित अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा आयोगको क्षेत्रीय कार्यालय सुर्खेत प्रमुख डिल्लीराज शर्माले कार्यालयको सेवाप्रवाहमा ढिलासुस्ती, अनियमितता गर्नेलाई नछाडिने बताए । उनले साढे दुई...

अत्यधिक गर्मीका कारण दाङका निजी विद्यालय चार दिन बन्द

२०७२ जेठ २० गते ८:०४

दाङ, २० जेठ–दाङमा अत्यधिक गर्मीका कारण मङ्गलबारदेखि दाङका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । निजी विद्यालयका दुईवटा सङ्गठन प्याब्सन र एनप्याब्सनले मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने मङ्गलबार संयुक्त निर्णय गरेपछि विद्यालय बन्द गरिएको प्याब्सन दाङका अध्यक्ष यादव गिरीले जानकारी दिए ।...

सिन्धुपाल्चोकमा भएको हेलिकोप्टर दुर्घटनामा पाइलट श्रेष्ठसहित ४ जनाको मृत्यु

२०७२ जेठ १९ गते १९:२६

चौतारा, १९ जेठ- भूकम्पपीडितका लागि मेडिकल टिम बोकेर उडिरहेको माउन्टेन एयरको हेलिकप्टर मंगलबार अपराह्न सिन्धुपाल्चोकको यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको छ । यमुनाडाँडास्थित शीला पर्वतमा दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सवार चालक सहित चारै जनाको मृत्यु पुष्टि भएको छ । प्रहरीका अनुसार पाइलट सुबेग श्रेष्ठ, अमितकुमार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us