समाचार

ट्रकले ठक्कर दिँदा परियारको मृत्यु

२०७२ जेठ २१ गते १४:०४

झापा,२१ जेठ-पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ मा ट्रकको ठक्करबाट एक व्यक्तिको बिहीबार बिहान मृत्यु भएको छ ।   पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकको ठक्करबाट बिर्तामोड नगरपालिका– ५ निवासी ४५ वर्षीय रुद्र परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।...

छोरालाई स्कुल पु¥याउँदा आमाको मृत्यु

२०७२ जेठ २१ गते १३:५५

झापा, २१ जेठ– छोरालाई स्कुल पु¥याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ ।   छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पु¥याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८...

६ प्रदेश नै उपयुक्त हुने काँग्रेसको निश्कर्ष

२०७२ जेठ २१ गते १३:४२

काठमाण्डु, २१ जेठ-प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ ।   बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै आयोग बनाइ टुङग््याउनुपर्ने विषयमा...

बसेन संविधानसभा बैठक, लगातार ६ पटक स्थगित

२०७२ जेठ २१ गते १३:२६

काठमाण्डु, २१ जेठ– बिहीबार बस्ने भनेको संविधानसभा वैठक सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि विभिन्न कारणले ५ पटकसम्म स्थगित भएको वैठक यसपटक प्रमुख तीन दलले सहमतिका लागि समय मागेकाले २५ गते सोमबारसम्मका लागि स्थगित भएको हो । संविधानसभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित...

चाईनिज पेस्तोलसहित दाहाल पक्राउ

२०७२ जेठ २१ गते १३:११

  सुनसरी, २१ जेठ– मोरङ मृगौलीया–८ बस्ने ४१ बर्षीय भक्त भनिने योगीराम दाहाललाई प्रहरीले चाईनिज पेस्तोल १ थान सहित पक्राउ गरेको छ ।   क्षेत्रीय प्रहरी व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले दाहाललाई बुधबार इटहरी नगरपालिका–४ स्थित सेकुवा...

एमाले–एमाओवादीबीच समझदारी

२०७२ जेठ २१ गते १३:१०

काठमाण्डु, २१ जेठ–एमाले र एमाओवादीबीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ । सिंहदरबारमा बिशीबार भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा मतैक्यता...

नयाँ घरको सेफ्टी ट्याँकमा निसासिएर पाँच जनाको मृत्यु

२०७२ जेठ २१ गते १३:०६

कपिलवस्तु, २१ जेठ-कपिलवस्तुको निग्लीहवा गाविस–७ पचेहरामा निर्माणाधीन भवनको सेफ्टी ट्यांकमा निस्सासिएर बिहीबार पाँच जनाको मृत्यु भएको छ ।   स्थानीयवासी प्रकाश केवटको बन्दै गरेको घरको ट्यांकभित्र पसेका पाँचै जना मजदुरको अक्सिजनको अभावमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाणगङ्गा–७ का १८ वर्षीय रमेश पासी,...

महोत्तरीको लक्ष्मीनियाँमा चट्याङ लागेर वृद्धको मृत्यु

२०७२ जेठ २१ गते १२:३४

महोत्तरी, २१ जेठ–महोत्तरीको लक्ष्मीनियाँमा बिहीबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । घरमा बसिरहेको समयमा खसेको चट्याङ लागेर लक्ष्मीनियाँ–३ का ६५ वर्षीय रामवृक्ष सिंहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले बताए । घाइते भएका सिंहको उपचारका क्रममा महोत्तरीको...

सहमतिका लागि सोमबारसम्म समय माग्ने निर्णय

२०७२ जेठ २१ गते १२:३२

काठमाण्डु, २१ जेठ– प्रमुख तीन दलका नेताहरुले सहमतिका लागि केही दिन समय थप्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग आग्रह गर्ने निर्णय गरेका छन् । बैठकमा दलहरुले सोमबारसम्म म्याद दिन नेम्वाङलाई आग्रह गर्ने निर्णय गरेका हुन् । बिहीबार बिहान बालुवाटारमा कांग्रेस, एमाओवादी र एमाले संसदीय दल...

प्रअसहित आधा दर्जन शिक्षक दुई महिनादेखि विद्यालय अनुपस्थित

२०७२ जेठ २१ गते १२:३१

जुम्ला, २१ जेठ– जुम्लाको घोडेमहादेव वाविसको जनजागृति माविका प्रधानध्यापकसहित आधा दर्जन शिक्षक २ महिनादेखि विद्यालय गएका छैनन् । जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले निरीक्षण गर्दा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको पाइएको हो । विद्यालयमा प्रधानध्यापक रामदयाल कामती, अंग्रेजी शिक्षक सुरेन्द्रकुमार...

रुपन्देहीको चिल्हिया बन्यो जातीय भेदभाव तथा छुवाछुत मुक्त गाविस

२०७२ जेठ २१ गते १०:३१

रुपन्देही, २१ जेठ– चिल्हिया गाविस रुपन्देहीलाई पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो जातीय भेदभाव तथा छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ । चिल्हिया गाविसको आयोजना तथा जागरण मिडिया सेन्टरको सहकार्यमा रुपन्देही क्षेत्र नं २ का सभासद् तथा राप्रपा संसदीय दलका नेता दीपक बोहराले एक कार्यक्रमबीच बुधबार...

भूकम्पले पनि सुधार्न सकेन पारस–हिमानी सम्बन्ध !

२०७२ जेठ २१ गते १०:३०

काठमाण्डु, २१ जेठ– गत १२ वैशाखमा गएको भूकम्प र त्यसयता पटकपटक आएको पराकम्पनबीच सबैका परिवार एकै ठाउँमा जम्मा भएर बसे । वर्षौंसम्म बोलचाल बन्द भएकाहरुको सम्बन्ध भूकम्पपछि नवीकरण भयो । तर, यति ठूलो विपत्तिका बेलासमेत पत्नि हिमानीले वास्ता नगरेपछि पूर्वयुवराज पारस साह तनावमा छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us