समाचार

बर्खामा हुने क्षति न्यूनीकरणका लागि सतर्कता

२०७२ जेठ २१ गते १०:०७

म्याग्दी, २१ जेठ – पहिरो, नदी कटान र भूक्षयका कारण नजिकिँदो बर्खामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि म्याग्दीमा सतर्कता अपनाइएको छ । म्याग्दीस्थित प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको पहिचान गर्न थालेका छन् भने समुदाय आफैँ अग्रसर भएर तटबन्ध, पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापनमा जुटेका छन्...

भूकम्पले भत्केका घरमा निःशुल्क मिटर बक्स

२०७२ जेठ २१ गते ९:५९

धादिङ, २१ जेठ – भूकम्पले भत्केका घरमा परेर नष्ट भएका बिजुली मिटर नेपाल विद्युत् प्राधिकरणले निःशुल्क जडान गरी दिने तयारी गरेको छ । विद्युत् प्राधिकरण धादिङले धादिङका भूकम्पपीडित ग्राहकलाई राहतस्वरुप मिटर बक्स निःशुल्क दिने तयारी गरेको हो । प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म धादिङ जिल्लामा १०० वटा...

तस्करबाट पक्राउ गरेको करोडौँ मूल्यको काठ नष्ट

२०७२ जेठ २१ गते ९:२१

  लहान, २१ जेठ – जिल्ला वन कार्यालय सिरहाले विभिन्न समयमा तस्करबाट पक्राउ गरेको गोलिया र चिरान काठ नष्ट हुन थालेको छ । वन कार्यालय र प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद भएको काठलाई लामो समयदेखि लिलामी प्रक्रियामा नलगी थन्काइ राख्दा रु तीन करोडभन्दा बढी मूल्य...

हजारौँको रिचार्ज कार्डसहित तीन पक्राउ

२०७२ जेठ २१ गते ९:१६

गौशाला, २१ जेठ – महोत्तरी प्रहरीले गएराति जिल्लाको धमौरा गाविसबाट हजारौँको रिचार्ज कार्डसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धमौरा गाविस–८ बस्ने २७ वर्षीय जीतेन्द्रकुमार शर्मा, २५ वर्षीय शनाउल्लाह अन्सारी र वडा नम्बर ९ बस्ने १७ वर्षीय हैदर राईन रहेको जिल्ला प्रहरी कार्यालय...

ट्रान्सफर्मर मर्मत नगर्दा ५० परिवार अन्धकारमा

२०७२ जेठ २१ गते ९:१०

कपिलवस्तु, २१ जेठ – कपिलवस्तुको बलरमवापुर गाविस–३ स्थित प्रभातनगर र विजयनगरका स्थानीय बासिन्दा डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य छन् । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले बिग्रिएको ट्रान्सफर्मर बनाउनमा चासो नदेखाएकाले आफूहरु गर्मीको समयमा निकै समस्यामा परेको पूर्व वडा अध्यक्ष जितइभरले बताए । पीडितले बारम्बार...

पूर्वाञ्चलमा एन्टिस्नेक भेनम पर्याप्त मात्रामा

२०७२ जेठ २१ गते ९:०६

विराटनगर, २१ जेठ – विषालु सर्पको डसाइपछि आवश्यक उपचारमा प्रयोग गरिने प्रतिरोधात्मक औषधि (एन्टिस्नेक भेनम) पूर्वाञ्चलमा पर्याप्त मात्रा मौज्दात रहेको छ । पूर्वाञ्चलको खासगरी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित अस्पताल र सर्पदंश केन्द्रमा मागबमोजिम पठाइ सकिएको र हाल एक हजार २००...

विज्ञान विषयको शिक्षक नहुँदा विद्यालयमा तालाबन्दी

२०७२ जेठ २१ गते ९:००

अर्घाखाँची, २१ जेठ – विज्ञान विषयको शिक्षक नहुँदा आफूहरुको पढाइ प्रभावित भएको भन्दै गौरा मावि ठाडा रजीयाका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् । छ महिनादेखि निमावि तथा मावि तह दुवैमा विज्ञान विषयको शिक्षक नियुक्ति हुन नसक्दा आफूहरुको पढाइ प्रभावित भएको भन्दै गएको आइतबारदेखि विद्यार्थीले...

डोजर लागाएर भत्काइयो बाटोमा बनेका घर

२०७२ जेठ २१ गते ८:५३

मोरङ, २१ जेठ – आमबारी–गौरीगञ्ज सडकको छेउमा ऐलानी जग्गा भन्दै बसोबास गरिरहेका झुर्किया–७ का १९ घरमा प्रहरीले डोजर लगाएर हटाएको छ । उक्त जमिन सडकमा परेपछि अदालतको निर्णयअनुसार बल प्रयोग गरेर उनीहरुलाई हटाएको हो । द्वन्द्वकालदेखि बस्दै आएका नौ परिवारलाई अदालतको निर्णयपछि हटाएको स्थानीय नारायणप्रसाद...

सत्ता छाड्नुपर्ने त्रासले बामदेवले भने, ‘एमालेले काँग्रेससँगको गठबन्धन तोड्न मिल्दैन’

२०७२ जेठ २० गते २०:१५

काठमाण्डु, २० जेठ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राष्ट्रिय सरकारको नाममा एमाले र काँग्रेसबीचको गठबन्धन तोड्न नहुने बताएका छन् ।   राष्ट्रिय सरकार गठनबारेको बहस र संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरुबीच भइरहेका प्रयासबारे छलफल गर्न बुधबार बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्रैबाट काँग्रेससँगको गठबन्धन...

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा सञ्जयले चढ्ने भए अमेरिकी सर्वोच्च शिखर

२०७२ जेठ २० गते १९:५६

काठमाण्डु, २० जेठ– लामो दूरीका अल्ट्रा धावक तथा कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले अमेरिकाको सर्वोच्च शिखर माउण्ट डेनालीको आरोहण गर्ने भएका छन् । पण्डितले आफू बिहीबार त्यसतर्फ प्रस्थान गर्ने बताए । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले हिउँ बञ्चरो र नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर पण्डितको...

परराष्ट्रविदहरुले भने, ‘नेपाल आपतमा परेको बेला चीन र भारतले हेप्न खोजे ’

२०७२ जेठ २० गते १९:५२

काठमाण्डु,२० जेठ-केही दिनअघि भारतीय प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीबीच भएको व्यापार सम्झौताको २८ नम्बर बुँदामा ‘लिपु लेक’लाई दुईदेशबीचको व्यापारिक मार्ग बनाउने भन्ने सहमति सच्याउनुपर्नेमा परराष्ट्रविद्ले जोड दिएका छन् ।   नेपाल राष्ट्रिय बुद्धिजिवी सङ्गठनले बुधबार आयोजना गरेको ‘भारत–चीन नयाँ व्यापार सम्झौता’ लीपु लेक र नेपाली...

भूकम्पपीडितलाई प्रहरीले सिकायो जुडो र कराते (तस्बिरसहित)

२०७२ जेठ २० गते १९:२७

काठमाण्डु, २० जेठ– नेपाल प्रहरीले भूकम्पपीडितले आश्रय लिइरहेको शिविरमा हिंसा हुनसक्ने भन्दै सुरक्षका लागि पीडित महिला तथा बालबालिकालाई जुडो र कराते सिकाएको छ । सो अवसरमा उनीहरु विरुद्ध हुन सक्ने हिंसा न्यूनिकरण गर्न आत्मरक्षाका लागि नेपाल प्रहरीका खेलाडी तथा प्रशिक्षकहरूद्वारा विभिन्न सिपहरु सिकाइएको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us