समाचार

तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं

२०८१ चैत १४ गते १४:१४

काठमाण्डू, १५ चैत– प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकीकृत भएका छन । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा...

प्रतिनिधिसभा बैठक आइतबारसम्म सूचना टाँसेर स्थगित

२०८१ चैत १४ गते १४:०६

काठमाण्डू, १५ चैत– संसदमा प्रतिपक्षी दलहरुसँग नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना...

राजावादीको र्‍यालीमा पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन

२०८१ चैत १४ गते १३:५७

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा जारी राजावादीहरूको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन गरिएको छ । उनीहरूले पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र, योगी नरहरिनाथको तस्वीर बोकेका छन् । यसअघि फागुन २५ गते पोखराबाट काठमाण्डूमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतमा उत्रिएका बेलामा राजावादीहरुले...

तीनकुनेमा व्यक्तिका घर तोडफोड

२०८१ चैत १४ गते १३:५२

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ ।...

रत्नपार्कबाट भृकुटीमण्डपतर्फ बढ्यो समाजवादी मोर्चाको जुलुस

२०८१ चैत १४ गते १३:४९

काठमाण्डू, १५ चैत– काठमाण्डूको भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो । समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता–कार्यकर्ताहरू आउने क्रमम...

कुलमानले पाएनन् अन्तरिम आदेश

२०८१ चैत १४ गते १३:४६

काठमाण्डू, १५ चैत– नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले अस्वीकार गरेका छन । प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेशको माग...

तीनकुनेमा प्रहरीले हान्यो अश्रुग्यास

२०८१ चैत १४ गते १३:४०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा झडप हुदाँ प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको बताइएको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए ।...

तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादी पक्राउ

२०८१ चैत १४ गते १३:३४

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले पक्राउ गरेको छ । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरीरहेका छन । सो क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए...

तीनकुनेमा राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप

२०८१ चैत १४ गते १३:२८

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुह र प्रहरीबिच झडप भएको छ । तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि राजावादी समूह...

राजावादी समूहको प्रदर्शनमा पुगे विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास

२०८१ चैत १४ गते १३:२०

काठमाण्डू, १५ चैत– विवादित धर्मगुरु आचार्य श्रीनिवास आज (शुक्रबार) काठमाण्डूमा भएको राजावादी समूहको आन्दोलनमा सहभागी भएका छन । उनी अहिले कोणसभा हुने स्थान तिनकुने पुगेका छन् । श्रीनिवास यसअघि विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए । उनी प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका...

समाजवादी मोर्चाको सभामा दर्शक बन्न मात्रै जाँदिनः झलनाथ खनाल

२०८१ चैत १४ गते १२:५४

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी नहुने बताएका छन  । आज (शुक्रबार) मोर्चाले गरेको प्रदर्शनमा सहभागी नहुने उनले बताएका हुन । पूर्व प्रधानमन्त्री खनालले सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेको र...

मेयर राई भन्छन्ः नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ!

२०८१ चैत १४ गते १२:४१

काठमाण्डू, १५ चैत– धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कडा कटाक्ष गरेका छन् । आज शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न आग्रह गरेका छन । मेयर राईले पूर्वराजा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us