तीनकुनेमा राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप

काठमाण्डु टुडे २०८१ चैत १४ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुह र प्रहरीबिच झडप भएको छ । तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि राजावादी समूह र प्रहरीबिच झडप भएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए । प्रहरीले राजावादी समूहको प्रदर्शनका लागि तीनकुनेमा तोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us