राजावादीको र्‍यालीमा पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन

काठमाण्डु टुडे २०८१ चैत १४ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा जारी राजावादीहरूको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन गरिएको छ । उनीहरूले पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र, योगी नरहरिनाथको तस्वीर बोकेका छन् ।

यसअघि फागुन २५ गते पोखराबाट काठमाण्डूमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतमा उत्रिएका बेलामा राजावादीहरुले योगी आदित्यनाथको फोटो बोकेका थिए ।

तर त्यतिबेला सरकारले नै घुसपैठ गराएर राजावादीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको थियो । उनीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाण्डूको तीनकुनेमा सभा आयोजना गर्दै छन् ।

सभामा सहभागी हुन विभिन्न स्थानबाट र्‍याली सहित राजावादीहरु तीनकुने पुग्ने क्रम जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us