रत्नपार्कबाट भृकुटीमण्डपतर्फ बढ्यो समाजवादी मोर्चाको जुलुस

काठमाण्डु टुडे २०८१ चैत १४ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।

समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता–कार्यकर्ताहरू आउने क्रमम जारी छ ।

मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेत्रित्व गरेका छन् । सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us