समाचार

राजावादी समुहका प्रदर्शनकारीले बालकुमारीमा पनि जलाए गाडी

२०८१ चैत १४ गते १७:३३

काठमाण्डू, १५ चैत– राजावादी प्रर्दशनकारी समुहले काठमाण्डूको बालकुमारीमा पनि गाडी जलाएका छन । काठमाण्डूको तीनकुने क्षेत्रबाट प्रहरीले तितरवितर पारेर खेदेको राजावादी प्रर्दशनकारी समुहले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।...

एमाले कार्यालय नजिकै जलाइयो ट्याक्सी

२०८१ चैत १४ गते १७:२८

काठमाण्डू, १५ चैत– राजावादी प्रर्दशनकारी समुहले सत्ता घटक दल एमालेको मुख्यालय च्यासल नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका...

प्रदर्शनकारी उक्साउँदै गाडी चलाएर सुरक्षाकर्मीलाई ठेल्दै अघि बढेका थिए प्रसाईं

२०८१ चैत १४ गते १७:२४

काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । ‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको...

माधव नेपालले भनेः यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार !

२०८१ चैत १४ गते १७:०६

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन । आज (शुक्रबार) भएको समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध...

कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो

२०८१ चैत १४ गते १६:५७

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रबाट प्रहरीले तितरवितर पारेर खेदेपछि राजावादी समर्थक समुहका प्रर्दशनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान...

प्रदर्शनकारीको समूह पुगेपछि माओवादी कार्यालयमा प्रहरी तैनाथ

२०८१ चैत १४ गते १६:४७

काठमाण्डू, १५ चैत– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ । राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको बताइएको छ ।...

काठमाण्डूका यी पाँच क्षेत्रमा कर्फ्यु आदेश

२०८१ चैत १४ गते १६:४४

काठमाण्डू, १५ चैत– जिल्ला प्रशासन कार्यलय कठमाण्डूले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले काठमाण्डूको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी...

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

२०८१ चैत १४ गते १६:४०

काठमाण्डू, १५ चैत– आज शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको...

कोटेश्वरको भाटभटेनीमा तोडफोड

२०८१ चैत १४ गते १६:३५

काठमाण्डू, १५ चैत– काठमाण्डूको कोटेश्वरको क्षेत्रमा रहेको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले जानकारी दिएका छन । सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको...

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

२०८१ चैत १४ गते १६:३०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा रहेको अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् । राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा...

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

२०८१ चैत १४ गते १६:२७

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले काठमाण्डूको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाण्डू प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले...

तीनकुनेमा गोली चल्यो, एक घाइते

२०८१ चैत १४ गते १६:२३

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागेर एकजना घाइते भएको बताइएको छ । उनलाई प्रदर्शनकारीहरूले बोकेर लैजाँदै छन्। घटनास्थलमा रहेका प्रदर्शनकारीहरूले उनलाई गोली लागेको दाबी गर्दै विरोध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us