कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रबाट प्रहरीले तितरवितर पारेर खेदेपछि राजावादी समर्थक समुहका प्रर्दशनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।

सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः ५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो ।

सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ । सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us