तीनकुनेमा गोली चल्यो, एक घाइते

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागेर एकजना घाइते भएको बताइएको छ ।

उनलाई प्रदर्शनकारीहरूले बोकेर लैजाँदै छन्। घटनास्थलमा रहेका प्रदर्शनकारीहरूले उनलाई गोली लागेको दाबी गर्दै विरोध जनाइरहेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us