अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:३० मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा रहेको अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् ।

राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us