
काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले काठमाण्डूको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाण्डू प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।