कावासोती, २० असार-उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाई योजना फछ्र्योट गरिदिने भन्दै घुस लिएको आरोपमा इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्रलाई...
काठमाण्डु, २० असार – एमाओवादीका कोषध्यक्ष हरिबोल गजुरेलले छुट्टै भेला गरे पनि पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईमाथि कारबाही नहुने बताएका छन् । आइतबार रिपार्टर्स क्लवमा भएको साक्षत्कारमा बोल्दै गजुरेलले विराटनगर अधिवेशनको निर्णयविपरित भए पनि पार्टीभित्र गुटहरुको भेला भइरहने कुरा सामान्य भएको बताए उनले भने,...
चितवन, २० असार-वातावरणमैत्री स्थानीय शासन कार्यक्रममा यहाँको चित्रवन नगरपालिका उत्कृष्ट ठहरिएको छ । नगरपालिकाका लागि वातावरणमैत्री बनाउने उद्देश्यले गत माघदेखि यहाँ स्थानीय विकास मन्त्रालयअन्तर्गतको वातावरणमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन भइआएको छ । गत वर्ष वैशाख २५ गते मात्र गुञ्जनगर र शारदानगर गाविसलाई...
काठमाण्डु, २० असार– दुई हप्ता अगाडि काठमाण्डुको ठमेलको एक अपार्टमेन्टबाट १० तोला सुनको गरगहना, एक हजार आठ सय पाउण्ड स्ट्रलिङ, ३० हजार नेपाली रुपैयाँ र दुई हजार चार सय अमेरिकी डलर चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानबाट मुख्य अभियुक्त काभ्रेका २२ वर्षीय...
काठमाण्डु, २० असार–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेसको माग नसमेटिए दानापानी रोक्ने गरी काठमाण्डुलाई नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महतोले आफूहरुले संविधानसभा र काठमाण्डु छाड्ने निर्णय गरेर अरु दलहरुलाई पनि...
कठमाण्डु, २० असार-विभिन्न माग राखेर ३० महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकले आइतबार एक घन्टा सडक जाम गरेका छन् । वृद्ध भत्ता बढाएर तीन हजार पु¥याउनुपर्ने र ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले वि।सं २०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू...
चितवन, २० असार-नापी कार्यालय भरतपुरका अधिकृत रामकान्त आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार भरतपुरबाट नियन्त्रणमा लिएको छ । गत मङ्गलबार आचार्यले एक लाख घुस लिएलगतै फरार भएपछि अख्तियारको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले खोजी गरिरहेको थियो । उनलाई आइतबार नापी कार्यालय अगाडिबाट नियन्त्रणमा...
खोटाङ, २० असार-‘एजेन्ट खोज्दाखोज्दै सोह्र वर्ष बित्यो, अब त हैरान भइसकेँ’, निकै निराश हुदै उउनले भने, ‘सक्नुहुन्छ भने, मलाई न्याय दिलाइदिनुस् ।’ जिल्लाको उत्तरी गाविस महेश्वरी–७ का बदले कामीले सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रमा आएर यस्तो बिलौना गरेका हुन् । कामीलाई आफन्तले...
दमक, २० असार-करेन्ट लागेर आइतबार बिहान झापाको दमक–१५ स्थित हिमालय चिया बगानमा काम गर्ने २२ वर्षीय राजु राय नामका भारतीय मजदुरको मृत्यु भएको छ । सो बगान पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा सञ्चालन हुँदै आएको छ । बगानको वेल्डिङ गर्दागर्दै अचानक करेन्ट लागेर ढलेका...
महोत्तरी, २० असार-महोत्तरी लक्ष्मीनियाँ गाविसका सचिव महेश्वर महतो वर्षौदेखि एउटै गाविसमा सचिव भएर कार्यरत रहेका छन् । विसं २०४७ कात्तिक २५ गते लक्ष्मीनियाँ गाविसमा सचिवका रुपमा आएका सचिव महतो हालसम्म निरन्तर रुपमा काम गर्दै आएका हुन् । उमेरले ५० वर्ष नाघिसकेका महतोले लक्ष्मीनियाँ...
काठमाण्डु, २० असार–राप्रपा नेपालले हिन्दू राज्य लगायतका माग राख्दै सडक संघर्ष गर्ने भएको छ । यही असार १८ र १९ गते बसेको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आइतबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन्...
भक्तपुर, २० असार-उहाँ हजुरआमा नै भइसक्नुभएको छ । तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा ४० वर्षीया सुभद्रा खड्का यत्तिखेर निकै खुसी छिन् । कारण हो यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सफलता । मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट २०७१ सालको चैतमा...