समाचार

संजय पण्डितले एसियाकै सर्वोच्च ज्वालामुखी पहाड आरोहण गर्ने

२०७२ असार २१ गते ९:५९

काठमाण्डु, २१ असार–लामो दूरीका अल्ट्रा धावक तथा विश्व हिमाल पर्वतारोही संजय पण्डितले इरानमा रहेको एसियाकै सर्वोच्च  ज्वालामुखी हिमाल माउण्ट दमावंद आरोहण गर्ने भएका छन् । सातै महादेशका सातै सर्वोच्च  शिखरहरुको आरोहणको सिलसिलामा रहेका पण्डितले यो हिमालको आरोंहण रोमाञ्चक र जोखिमयुक्त हुने बताएका छन् ।...

राती १२ बजेसम्म सौराहा खुला गर्न पर्यटन व्यवसायीको माग

२०७२ असार २१ गते ९:२८

चितवन, २१ असार – नेपालको मुख्य पर्यटकीय गन्तव्य काठमाण्डु, पोखरा र सौराहा हो । तर काठमाडौँ र पोखराभन्दा सौराहामा आचारसंहितामा कडाइ गरिएपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । चितवनको सौराहामा राती १० बजेपछि होटल बन्द गर्नुपर्ने अवस्था आएको भन्दै रेस्टुरेन्ट एन्ड बार एसोसिएसन...

मुआब्जा माग्दै सप्तकोसी ब्यारेजमा धर्ना

२०७२ असार २१ गते ९:१२

  सप्तरी, २१ असार – २०११ सालमा नेपाल र भारत सरकारबीच भएको कोसी सम्झौताअनुसार कोसी नदीबाट भएको क्षतिको मुआब्जा नदिएको भन्दै कोसी नदी डुबान सङ्घर्ष समितिले आइतबार सप्तकोसी ब्यारेजमा एक घन्टा धर्ना र चक्काजाम गरेका छन् । पूर्वगृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार...

फेवातालमा पौडी खेल्ने मगरको यो हविगत !

२०७२ असार २० गते १८:५६

कास्की, २० असार– पोखरा–१७ ड्यामसाइड डेरा गरी बस्ने मकवानपुर मनोहरी–४ का ३५ वर्षीय बिनोद मगरको फेवतालमा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ । मगर फेवातालमा डुबेको खबर प्राप्त हुनासाथ वडाप्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी गण पोखराबाट गएको प्रहरीको टोलीले मगरलाई मृत...

बाढीले बगाएर आमाछोरी बेपत्ता !

२०७२ असार २० गते १८:४७

काठमाण्डु, २० असार– खोटाङ्ग मातिम–५ बस्ने ४० वर्षीया परिमाया राई र उनकी छोरी १२ वर्षीया समिता राई बाढीले बगाएर आइतबार वेपत्ता भएका छन् । सोही ठाउँ बस्ने निरकुमार राईको रोपाइँ सकेर बेलुका उनकै गोठमा सुतेको अवस्थामा राती परेको बर्षाको कारण खोलामा आएको बाढीले उनीहरुलाई...

पत्रकारको पारिश्रमिकमा पुनरावलोकन गर्न सिफारिस

२०७२ असार २० गते १८:३९

काठमाण्डु, २० असार-न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आइतबार नेपाल सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको छ ।   श्रमजीवी पत्रकार ऐन, २०५१ ले तोकेको जिम्मेवारी पूरा गर्ने क्रममा न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको साविकको न्यूनतम् पारिश्रमिकमा पुनरावलोकन गरी आइतबार...

भारतीय दुतावासमा गएर ‘संविधान बन्न नदेऊ’ भन्नेहरु दलाल हुन्ः नारायणकाजी

२०७२ असार २० गते १८:२७

काठमाण्डु, २० असार– एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले मधेशकेन्द्रीत दलहरु भारतीय दुतावासमा गएर संविधान निमार्ण प्रक्रियामा हस्तक्षेप गर्न भारतलाई अनुरोध गरेकोभन्दै त्यसको बिरोध गरेका छन् । पछिल्लो समय सामाजिक संजालमा आफ्ना गहन विचारहरु राख्दै आइरहेका श्रेष्ठले एक स्ट्याटस पोस्ट गर्दै नेपाल र नेपालीको शिर...

‘हाम्रो पुलिस’ मोबाइल एप्स सार्वजनिक

२०७२ असार २० गते १८:२३

कठमाण्डु, २० असार-काठमाण्डु उपत्यकाका नागरिकले अब प्रहरीमा आपराधिक सूचना, गुनासा तथा सुझाव आफ्नो मोबाइल एप्सबाटै दिन पाउने भएका छन् ।   महानगरीय प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको ‘हाम्रो पुलिस’ मोबाइल एप्स डाउनलोड गरी मोबाइलमार्फत प्रहरीलाई सूचना दिन सकिने जानकारी दिएको हो ।   प्रहरी...

राष्ट्रिय अखण्डतामा सम्झौता हुँदैन: परराष्ट्रमन्त्री

२०७२ असार २० गते १८:०७

काठमाण्डु, २० असार-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकको राष्ट्रिय अखण्डतामा आँच पुग्नेगरी कहिल्यै कुनै सम्झौता नहुने स्पष्ट गर्दै लिपुलेकसम्बन्धी समस्या समाधान गर्न वर्तमान सरकार दृढताका साथ लागेको बताएका छन् ।   तेत्तीय दलीय राष्ट्रिय मोर्चा नेपालले लिपुलेक नाकालाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न चीन र भारतले...

धार्मिक स्वतन्त्रतालाई व्यवहारमा उतार: ख्रीष्टियन महासङ्घ

२०७२ असार २० गते १७:२७

काठमाण्ड, २० असार-राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले धार्मिक स्वतन्त्रतालाई व्यवहारमा उतार्न सरकारसँग माग गरेको छ ।   महासङ्घले मुलुक धार्मिक निरपेक्ष भइसक्दा पनि ख्रीष्टियन धार्मिक समुदायले अझै मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मृत्यु संस्कारलगायत अधिकारबाट वञ्चित हुनुपरेको बताएको छ ।   महासङ्घले शनिबार पत्रकार सम्मेलनको...

संविधानको पहिलो मस्यौदा ‘उँट’जस्तो : राणा

२०७२ असार २० गते १६:५४

काठमाण्डु, २० असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले प्रमुख दलहरुले सहमति गरेर ल्याएको संविधानको पहिलो मस्यौदा उट जस्तो अनौठो जन्तु बनेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लवको साक्षत्कारमा बोल्दै अध्यक्ष राणाले धर्म निरपेक्षतालाई जनमत संग्रहको माध्यमबाट टुंग्याउने प्रावधान नराखे आन्दोलनमा जाने चेतावनी...

वैद्य माओवादीले शैक्षिक माफियालाई कालोमोसो दल्ने

२०७२ असार २० गते १६:४८

काठमाण्डु, २० असार– नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिक माफियाहरुलाई कालोमोसो दल्ने घोषणा गरेको छ । शनिबार बसेको पदाधिकारी बैँठकका निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो घोषणा गरेको हो । चैत्र ६ गते शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थीसँग शुल्क सम्वन्धि १० बुँदे सहमति कार्यान्वयन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us