कठमाण्डु, २१ असार-सरकाराले विभिन्न ९६ औषधिको खुद्रा मूल्य तोकी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । औषधि बिक्री वितरणमा आफूखुशी मूल्य तोकिएको र उपभोत्ता मारमा पर्ने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्या तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले बढी प्रचलनमा रहेका १८ र...
विराटनगर, २१ असार-मोरङमा सोमबार दिउँसो लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरी–१ का मोहम्मद अन्सारीलाई सीमावर्ती जोगवनी नाकाहुँदै ४० थान टिडिजेसिक नामक लागुऔषध ल्याउँदै गरेको अवस्थामा विराटनगर–२१ स्थित भन्सार ढाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, २१ असार –नेपाली कांग्रेसका सभासद रामहरि खतिवडाले सविधान जारी भएपछि सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोको नाकबन्दी लाग्ने बताएका छन् । सोमबारको संविधानसभा बैठकमा सभासद खतिवडाले महतोले काठमाण्डुमा नाकाबन्दी लगाउने चेतावनी नदिए आफ्नै नाकाबन्दी गर्ने दावी गरे । ‘नाकाबन्दी शव्द प्रयोग नगर्दा महतोजीको नाकाबन्दी...
काठमाण्डु, २१ असार-नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौ महिनामा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसअघि असार १७ र १८ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा सम्पन्न पार्टी सभापतिको भेलाका विचारलाई समेट्दै सभापतिहरुले पार्टी...
काटमाण्डु, २१ असार– काठमाण्डुमा मुसलधारे पानी परिहेको थियो । सडकमा गाडी गुडिरहेका थिए । एक्कासी नेता खुमबहादुरसहित उनका कार्यकर्ता ‘नेपाललाई हिन्दु राज्य भोषणा गर’ भन्ने नारा लगाउँदै माइतिघरबाट वानेश्वरतर्फ अघि बढे । ठूलो पानीका कारण केही कार्यकर्ता बाटैबाट गायब भए भने केही नारा...
काठमाण्डु, २१ असार– संविधान निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरुको महत्वपूर्ण भूमिका छ । सधैंजसो संविधानका अन्तरवस्तुमा छलफलमा व्यस्त रहने शीर्ष नेताहरु संविधानसभाको बैठकमा भने बोल्न आवश्यक ठान्दैनन् । संविधान निर्माणका लागि ‘दुले’ बैठकमा सक्रिय हुने नेताहरु संविधान निर्माणको महत्वपूर्ण घडीमा आइपुग्दा संविधानको मस्यौदामाथिको...
कैलाली, २१ असार-पहलमानपुर–१ मा एक शिक्षक आफ्नै कोठामा मृतावस्थामा फेला परेका छन् । पहलमानपुर–१ स्थित जेनियम बोर्डिङ स्कुलका शिक्षक प्रेम लामिछाने थापा मगरको शव सोमबार बिहान ९ बजे आफ्नै कोठामा फेला परेको अस्थायी प्रहरी चौकी पहलमानपुरका प्रहरी नायब निरीक्षक धनदत्त पन्तले जानकारी दिए...
काठमाण्डु, २१ असार– काभ्रेमा एक २२ वर्षीया युवतीे झुण्डिएको अवस्थामा भेटिएकी छन् । पाँचखाल नगरपालिका–१० बस्ने सम्झना शाही काशीखण्ड नगरपालिका–४ स्थित जंगलमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन् । उनको आत्महत्या हो या हत्या केही खुल्न सकेको छैन । प्रहरीले घटनाका सम्बन्धमा...
झापा, २१ असार-निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले माघ १५ भन्दा अगाडि स्थानीय निकायको निर्वाचन गराउन नसकिने बताएका छन् । सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले स्थानीय निकायको निर्वाचनसम्बन्धी कुनै कानुन नबनेकाले आयोगले निर्वाचनसम्बन्धी जतिसुकै तयारी गरेपनि त्यो पूर्ण नहुने बताए । ...
काठमाण्डु, २१ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ कात्तिकरमङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारबर्षे बिएफए प्रथम वर्षको परीक्षाको परीक्षाफल सोमबार प्रकाशित गरिएको छ । यसैगरी, विश्वविद्यालयले २०७१ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारबर्षे स्नातक तह बिबिएस प्रथम वर्षको परीक्षाको परीक्षाफल...
काठमाण्ड, २१ असार–आफ्नै भान्जालाई अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनि ठगी गर्ने मामालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । ललितपुर कुसुन्ती–३ बस्ने सिन्धुपाल्चोक थकनी गाविस–३ का ३३ वर्षीय गणेशबहादुर खनालले भान्जा रामेश्वर चौलागाईंलाई राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने प्रलोभन देखाइ...
कैलाली, २१ असार- कैलालीको रामशिखरझाला–२ मा भएको शिक्षिका हत्या प्रकरणमा पक्राउ परेका १२ जनामध्ये सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले सात जनालाई पुर्पक्षका लागि कारागार चलान गर्दै बाँकी पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...