लमजुङ, २२ असार-बेँसीसहर–लमजुङको भोजे गाविस–६ मपिङ गाउँ लगातारको वर्षाका कारण पहिरो आएपछि जोखिममा परेको छ । गाउँ नजिकै ठूलो पहिरो गएपछि स्थानीयवासी त्रस्त भएका छन् । गाउँमाथि रहेको क्युँखो जङ्गलमा पहिरो गएपछि गाउँले त्रस्त भएका हुन् । जङ्गलको पहिरोबाट गाउँमा रहेको बौद्ध गुम्बा...
सल्यान, २२ असार-नाबालक छोराको हत्या गरेको आरोपमा सल्यान कालागाउँ–२ का दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालागाउँ–२ का ३० वर्षका जीतबहादुर बस्नेत र उनकी कान्छी श्रीमती ३० वर्षकी सीता बस्नेत रहेको प्रहरीले जनाएको छ । बस्नेत दम्पतीले जेठी श्रीमती चन्द्रकलाको एक...
काठमाण्डु, २२ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को जनसङ्ख्या अध्ययन र इतिहास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । रासस...
भीमदत्तनगर, २२ असार-वर्षासँगै गोकुलेश्वर–दार्चुला सडकखण्डमा सडक स्तरोन्नतिको काम हुँदा लगातार पहिरो जाने समस्या आउन थालेको छ । सोमबार बिहानदेखि मंगलबासम्म गरी सो सडकखण्डमा तीन पटक पहिरो गइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गोकुलेश्वर–दार्चुला सडकखण्डलाई अहिले चौडा बनाउने काम भइरहेको छ ।...
काठमाण्डु, २२ असार–पूर्वसांसद मञ्चले संविधानसभामा प्रस्तुत संविधानको पहिलो मस्यौदामा संशोधन प्रस्ताव तयार पारेको छ । संसदको परामर्श दाताको रुपमा मान्यता पाएको मञ्चको मंगलबार बसेको बैठकले मस्यौदामा रहेका बाझिएका, दोरिएका र दोहोरो अर्थ दिने शब्दार्थहरु सहितका विषयहरुलाई संशोधन गर्न सुझाव दिने उद्देश्यले प्रस्ताव तयार पारेको...
काठमाण्डु,२२ असार–प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको लागि स्वदेश तथा विदेशका दाताहरुबाट प्राप्त सहयोग रकम सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न आएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग उनले सो विश्वास व्यक्त...
काठमाण्डु, २२ असार-संविधानको मस्यौदामै स्थानीय निकायको निर्वाचनको मिति उल्लेख गर्न सभासद्हरुले माग गरेका छन् । संविधानसभामा संविधानको मस्यौदाको सैद्धान्तिक पक्षमाथि भइरहेको छलफलमा मंगलबार भाग लिने सभासद्हरुले ‘पूर्ण प्रेस स्वतन्त्रता हक’ शब्दांश राख्न, जनजाति आयोग गठनसम्बन्धी प्रावधान राख्न, नामाङ्कन र सीमाङ्कनयुक्त सङ्घीयताको मस्यौदा बनाउन...
जुम्ला, २१ असार-जुम्ला सदरमुकामदेखि झन्डै १२ किलोमिटर दक्षिण पूर्वमा पर्ने गुठीचौर गाविसमा यतिबेला भालु आतङ्क मच्चिएको छ । रातिको समयमा किसानको घरमा भालु आउने र सुरक्षाका लागि राखिएका कुकुरलाई समेत भालुले मार्न थालेपछि किसानमा सन्त्रास फैलिन थालेको हो । गाउँ नजिकै घना...
काठमाण्डु, २२ असार– महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरणले ९ केजी ३ सय ग्राम लागू औषध चरेससहित दुई जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वानेश्वर बस्ने सप्तरी वैरवा–४ घर भएका ४५ वर्षीय सुकदेव यादव र गौशाला बस्ने धनुषा वटेश्वर– २ घर भएका...
जुम्ला, २२ असार-हिमाली जिल्लामा शैक्षिकसत्र सुरु भएको चार महिनाको अन्तरालमा जिल्ला शिक्षा कार्यालय जुम्लाले यस जिल्लाका ४८ जना शिक्षकबाट लिखित स्पष्टीकरण लिएको छ । जिल्लाको पाँचसय, सिंजा, चौधबीस र असी भेकका विभिन्न विद्यालय अनुगमनका क्रममा अनुपस्थित भेटिएका शिक्षकबाट शिक्षा कार्यालयले स्पष्टीकरण लिएको हो...
रुकुम, २२ असार– रुकुममा एक १९ वर्षीया युवतीको आफ्नै श्रीमानको कुटाइबाट मृत्यु भएको छ । सोमबार राति बिजयश्वरी–९ बस्ने १९ वर्षीया कमला बुढाको कुटपिटबाट मृत्यु भएको छ । श्रीमान् छविराज बुढाले घरयासी विवादमा कुटपिट गर्दा घाइते भएकी उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो...
कैलाली, २२ असार-कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा जङ्गलको विषालु च्याउ खाँदा वादी समुदायका एकै परिवारका चार जना बिरामी परेका छन् । लम्कीचुहा नगरपालिका–१ बल्चौरका वादी समुदायका ३५ वर्षीय विष्णु वादी, उनकी ३० वर्षीया श्रीमती सुर्जा वादी, आठ वर्षीय छोरा निर्मल वादी र छ वर्षीय...