गोरखा, २३ असार – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने बताएका छन् । बुधबार ज्येष्ठ नागरिक संघले गोरखाले गरेको कार्यक्रममा नेता भट्टराईले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास गरेलगत्तै जनातामा लगिएकाले साउनभित्रै नयाँ संविधान जारी हुने बताए । भट्टराईले...
काठमाण्डु, २३ असार–राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयलमा राष्ट्रपति डा यादवले श्रेष्ठलाई प्रधानन्यायाधीशको पद तथा गोपनियतको सपथ गराएका थिए । संवैधानिक परिषदको सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. यादवले श्रेष्ठलाई...
म्याग्दी, २३ असार – म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटका स्थानीय युवाको सक्रियतामा खेलमैदान निर्माण भएको छ । रिभरसाइड युवा क्लब गरफाँटमा आबद्ध युवाको सक्रियतामा रु १६ लाख २० हजार लगानीमा २५० मिटर लामो र ७५ मिटर चौडा भएको खेलमैदान निर्माण भएको हो । मैदान निर्माणका लागि...
मोरङ, २३ असार – विराटनगर भन्सार कार्यालयले २ करोड ९२ लाख ३३ हजार बराबरको सामग्रीको लिलामी गरेको छ । भन्सार मुद्दा फाँटका नासु छत्र आलेका अनुसार एक वर्षभित्र बरामद गरिएका रु एक करोड ३३ लाख बराबरको तीन हजार ६०० किलो जडीबुटी, ४४ वटा मोटर साइकल,...
झापा, २३ असार – झापामा साना उद्योग खुल्ने क्रम बढेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाले दिएको जानकारीअनुसार आव ०७१÷७२ मा जिल्लामा ७४१ वटा साना उद्योग दर्ता भएका छन् । अघिल्लो आव ०७०÷७१ मा ४८१ वटा साना उद्योग दर्ता भएको कार्यालयका...
दमौली, २३ असार – सेतीनदीमा बर्सेनि हुने कटानका कारण तनहुँको भिमाद बजारका ५० भन्दा बढी घर खतरामा रहेका छन् । सेती नदीले बर्सेनि कटानी गर्दै जाँदा ती घर खतरामा परेका हुन् । बर्खायाम सुरु भएपछि आफूहरुको भोक र निन्द्रा हराउने गरेको त्यहाँका बासिन्दा बताउँछन् ।...
बागलुङ,२३ असार– बागलुङ जिल्लालाई केन्द्र बिन्दु बनाएर नयाँ भूकम्प गएको छ । मंगलबार राति ९ बजेर ६ मिनेटमा बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्र केन्द्र बिन्दु भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । उता मंगलबार राति ९ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र...
काठमाण्डु, २२ असार– मुलुकका सामाजिक गतिविधि तथा राजनीतिक भेटघाटमा व्यस्त रहने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘जाग हो जाग नेपाली, नवजवान हो’ भन्दै गाएको गीत मंगलबार व्यावसायिक गायक÷गायिकाको भन्दा कम थिएन । पार्टीले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता तथा गणतन्त्रलगायत...
झापा, २२ असार-बिर्तामोड नगरपालिकाका एक व्यवसायीलाई अपहरण गरी ६० लाख फिरौती माग्ने गिरोहमध्येका दुई जनालाई प्रहरीले मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१ का राजदीप सुवेदी र वडा नं २ का कमला मास्के रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ...
काठमाण्डु, २२ असार-नेपाल प्रेस युनियनले ‘रेडियो शालिग्राम’ पर्वतका स्टेसन म्यानेजर ओम घायललाई ज्यान मार्ने धम्की दिइएकामा भत्र्सना गरेको छ । रेडियोमा प्रसारण भएको समाचारको विषयलाई लिई घायललाई कालीगण्डकी क्रसर उद्योगका सञ्चालक रामकृष्ण मल्लले ज्यान मार्ने धम्की दिएको युनियनले जनाएको छ । ‘कालीगण्डकी नदी,...
भक्तपुर, २२ असार-धान रोपाइँ गर्ने क्रममा भएको सामान्य भनाभन र हिलो हानाहानमै एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ झौखेलमा आफन्त पर्ने ७० वर्षीय गोपाल हमाल र २२ वर्षीय गौतम मल्लबीच रोपाइँमा विवाद भई हिलो हानाहान हुँदा हमालको मृत्यु भएको हो ।...
काठमाण्डु, २२ असार-प्रधानन्यायाधीश रामकुमार प्रसाद साह मंगलबारदेखि सेवानिवृत भएका छन् । उनले २०७१ असोज २४ गतेबाट प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । उनको कार्यकालमा सूचना प्रविधिको अधिक प्रयोग गर्ने योजनाअनुरुप अनलाइन पेसी तालिका, १० बजे मुद्दा पेसीको कार्यसूची प्रकाशन, एसएमएस र इमेलमार्फत मुद्दाको...