समाचार

पराजुली प्रकरणमा विवाद भएपछि एमालेले बोलायो केन्द्रिय कमिटी

२०७२ असार २२ गते १९:१०

काठमाण्डु, २२ असार– निवर्तमान कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई कारवाही गर्ने वा नगर्ने विषयमा विवाद भएपछि नेकपा एमालेले केन्द्रिय कमिटीको बैठक बोलाएको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरुले पराजुलीलाई कारवाही गर्न दवाव दिएपछि सबै मन्त्रीहरुको समीक्षा गर्न पोलिटव्युरो र केन्द्रिय...

ठगी गर्ने तीन भारतीय पक्राउ

२०७२ असार २२ गते १९:०८

रौतहट, २२ असार-भूकम्पपीडितलाई राहत दिने भन्दै सर्वसाधारणलाई ठग्दै गरेको अवस्थामा प्रहरीले तीन भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।   स्थानीय फतुवा हर्षाहा गाविसको दुधिअवा गाविसका सर्वसाधारणलाई भारत सरकारको एकदेखि दुई लाख रुपैयाँका तर्फबाट राहत दिने भन्दै फारम भराउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...

मस्यौदाले जनताको अधिकारलाई सुनिश्चत गरेको छैन

२०७२ असार २२ गते १८:०३

काठमाण्डु, २२ असार–संविधानसभाको पहिलो मस्यौदाले जनताका अधिकारलाई सुनिश्चित नगरेको भन्दै यसलाई सच्याउन वक्ताहरुले आग्रह गरेका छन् । मंगलबार काठमाण्डुमा भएको ‘जनताको संविधान कि एक थान संविधान’ विषयक अन्तक्रिया कार्यक्रमका वक्ताहरुले संविधानसभामा पेस गरिएको संविधानको पहिलो मस्यौदा संविधान निर्माणको आधारसँग पनि मेल नखाने बताएका छन्...

सुतिरहेकी बुहारीलाई ससुराले जबर्जस्ती गर्न खोजेपछि…

२०७२ असार २२ गते १७:५१

गौशाला, २२ असार-आफ्नै बुहारीलाई जर्बजस्ती करणी गरेको आरोपमा महोत्तरी प्रहरीले भरतपुरबाट ससुरालाई मंगलबार पक्राउ गरेको छ ।   भरतपुर गाविस–८ बस्ने ५४ वर्षीय रामदुलार चौरसियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायब निरीक्षक रामबाबु यादवले बताए ।   घरमा सुतिरहेको बेला २२ वर्षीया...

बाजुरामा भूकम्पको नयाँ धक्का

२०७२ असार २२ गते १७:३५

काठमाण्डु, २२ असार– नेपालमा मंगलबार नयाँ भूकम्पको धक्का गएको छ । मंगलबार दिउँसो ३ बजेर १६ मिनेट जाँदा बाजुरामा ४.६ रेक्टर स्केलको धक्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो धक्का नयाँ हो । तीन साताअघि रुकुममा ५.४ रेक्टर स्केलको नयाँ धक्का...

सशस्त्र प्रहरी हवल्दार नै लागुऔषधसहित पक्राउ

२०७२ असार २२ गते १७:३३

कञ्चनपुर, २२ असार–भीमदत्त नगरपालिका–४ बजारस्थित चार नम्बर गल्लीमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने सशस्त्र प्रहरी हवल्दार ३२ वर्षीय प्रवीन भट्टलाई अवैध लागूऔषध २० थान रेक्सोजेसिक र २० थान फेनारगनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टले चलाएको म.२ प ११३९ नम्बरको...

रिजालले भने, ‘संविधानको मस्यौंदा अन्तिम होइन’

२०७२ असार २२ गते १७:२५

कठमाण्डु, २२ असार-सूचना तथा सञ्चारमन्त्री एवम् सभासद् मीनेन्द्र रिजालले सङ्घीयताको सीमाङ्कन र नामाङ्कनसहितको संविधान पनि जारी गर्न सकिने बताएका छन् ।   ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथि संविधानसभामा जारी छलफललाई सम्बोधन गर्दै उनले भने,...

कर्मचारीको गतिविधि निगरानी गर्न आइपुग्यो आइपी क्यामेरा

२०७२ असार २२ गते १६:३६

चितवन, २२ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी घुस लिएको अभियोगमा नापी कार्यालय भरतपुरका अधिकृतलाई नियन्त्रणमा लिएसँगै कार्यालयले गतिविधि निगरानीमा राख्न आइपी क्यामरा जडान गरेको छ ।   योजनामा भएर पनि हालसम्म जडान नभएको आधुनिक प्रविधिको सो क्यामरा घटना भए लगत्तै जोड्ने कार्यलाई तीव्रता...

जनताको राय–सुझाव माग्न १५ दिनको समय दिदैछौंः नेम्वाङ

२०७२ असार २२ गते १६:१९

कठमाण्डु, २२ असार-संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानको पहिलो मस्यौदामा जनताको रायरसुझावसहितको प्रतिवेदन लिन असार २४ गतेदेखि १५ दिनको समयावधि दिइने बताएका छन् ।   सभाध्यक्ष नेम्वाङले मस्यौदाको सैद्धान्तिक पक्षमाथिको छलफल मंगलबारै सकिने र १५ दिनभित्र जनताको सुझावसहितको प्रतिवेदन ल्याउने कार्ययोजना निर्माणको तयारीमा संविधानसभाको...

कमल थापाले हिन्दु राष्ट्र जोगाउन जनतालाई सडकमा बोलाए

२०७२ असार २२ गते १६:१५

काठमाण्डु, २२ असार – राप्रपा नेपालले सुरक्षाकर्मीको घेराभित्र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै विरोध सभा गरेको छ । मंगलबार राप्रपा नेपालले नयाँ बानेश्वरमा गरेको विरोधसभामा कार्यकर्ता भन्दा दुइ गुणा बढी सुरक्षाकर्मी उपस्थित थिए । विरोधसभामा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी समेत...

अजित सिंह नेतृत्वको मोर्चाले हतियार बुझायो

२०७२ असार २२ गते १६:०९

सप्तरी, २२ असार-सरकारसँग दोस्रो चरणको वार्ता गरेको अखिल तराई मुक्ति मोर्चाले चार थान हतियार बुझाएको छ ।   जिल्ला प्रशासन कार्यालय सप्तरीमा सुरक्षाकर्मी र सञ्चारकर्मीको उपस्थितिमा ती हतियार बुझाइएका हुन् ।   अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले सप्तरीका...

गाजासहित व्यापारी पक्राउ

२०७२ असार २२ गते १५:४४

कावासोती, २२ असार-इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीले स्थानीय गाजा कारोबारीलाई मंगलबार पक्राउ गरेको छ ।   प्रहरी निरीक्षक कुमारप्रसाद मैनालीका अनुसार बर्दघाट–११ विजयपुरका ६२ वर्षीय केशवराज चौधरीलाई ४७ पोका गाजासहित पक्राउ गरिएको हो ।   किराना पसल चलाउने चौधरीले गाजाको खुद्रा व्यापार गर्दै आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us