गौशाला, २२ असार-महोत्तरीको मनरा गाविसमा एक युवककी पत्नी माइत गएको निहुँमा उनले झुन्डिएर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तीनरचार दिनअघि पतिपत्नीबीच घरायसी विवाद...
विराटनगर, २२ असार–एमाले अध्यक्ष केपी शर्मा ओलीले महान् कार्यमा पार्टी अग्रसर भएकाले पार्टीलाई विवादमुक्त बनाई भावनात्मक एकतासाथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले नगर समिति विराटनगरद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई...
चितवन, २२ असार– चितवनको विकट क्षेत्रका भूकम्पपीडितले भूकम्प गएको दुई महिना बित्दा पनि अझै सरकारी राहत पाउन सकेका छैनन् । अहिले राहत रकम उपलब्ध नहुँदा वास्तविक पीडित झन् पीडित भएका छन् । चितवनको दारेचोक सोराथोकका स्थानीय हरि गुरुङले राहत नपाएको भन्दै दुखेसो गरे ।...
काठमाण्डु, २२ असार– संविधानसभामा ‘नेपालको संविधान, २०७२’को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल मंगलबार पनि जारी रहेको छ । बैठकमा बोल्ने सदस्यहरुले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चितताका साथ ऐतिहासिक दस्तावेजका रुपमा मस्यौदा आउनु सकारात्मक कदम हो भन्दै केही...
काठमाण्डु, २२ असार– रेडियोमा प्रसारण भएको समचारको विषयलाई लिएर पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष तथा शालिग्राम एफएमका स्टेसन म्यानेजर ओमप्रसाद घायललाई ज्यान मार्ने धम्की आएको छ । कालीगण्डकी क्रसर उद्योगका सञ्चालक रामकृष्ण मल्लले समचारको विषयलाई लिएर घायललाई ज्यानमार्ने धम्की दिएका हुन् । कालीगण्डकी नदी, पोखरा...
काठमाण्डु, २२ असार– एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले आफू र नेकपा माओवादीका महासचिव त्रेनविक्रम चन्द ‘विप्लव’ बीच भेटघाट नभएको बताएका छन् । केही सञ्चार माध्यममा विप्लव भेटेको समचार आएपछि उनले खण्डन गरेका हुन् । महराले विप्लवसँग आफ्नो पछिल्लो चार महिनायता भेटभाट नभएको बताए ।...
बझाङ २२ असार–बझाङमा हिमपहिरोमा परेर सोमबार एक जनाको मृत्यु भएको छ । जिल्लाको काडा गाविस–७ स्थित साइपाल भन्ने स्थानमा यार्सा खोज्ने क्रममा दार्चुला घुसाका वीरसिंह लोथ्यालको पहिरोमा परी मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । यस्तै वर्षाका कारण दार्चुलाको सर्मौली गाविस–६ मा...
दमौली, २२ असार – गत वैशाखमा आएको भूकम्पले तनहुँको विकट छिम्केश्वरी र छिपछिपे गाविसका केही डाँडामा चिरा पारेपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । वर्षा लागिसकेकाले पहिरो आई ठूलो जनधनको क्षति हुन सक्ने भन्दै एक दर्जन घरका बासिन्दा सुरक्षित स्थानतर्फ...
कञ्चनपुर, २२ असार– सर्पको टोकाइबाट कञ्चनपुरको दैजी–६ का ३ वर्षीय बालकको सोमबार मृत्यु भएको छ । घरनजिकै खेल्दै गरेका प्रशान्त टमटालाई विषालु सर्पले टोकेको पछि तत्काल परिवारजनले बालकलाई महाकाली अञ्चल अस्पताल पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
इलाम, २२ असार– सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि विभिन्न मस्यौदा र यसको स्वरुप कस्तो हुने सम्बन्धमा सरोकारवालासँग सुझाव सङ्कलन सुरु गरेको छ । राष्ट्रिय परिचयपत्रको अवधारणा र नेपालको सन्दर्भ तथा राष्ट्रिय परिचयपत्रको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि इलाममा कार्यालय प्रमुख, राजनीतिक दल, सञ्चारकर्मी,...
खोटाङ, २२ असार–बाढीले जिल्लाका तीन लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाउँदा खिदिमा र टेम्मामा विद्युत् अवरुद्ध भएको छ । शनिबार राति आएको बाढीले खिदिमा–७ स्थित १७ किलोवाट क्षमताको तावा खोला तेस्रो लघुजलविद्युत् आयोजना, खिदिमा–२ सोल्मास्थित ९।५ किलोवाटको खोबुखोला लघुजलविद्युत् आयोजना र टेम्मा–९ मा रहेको नौ...
कावासोती, २१ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा सोमबार दिउँसो जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे ‘अन टेस्ट जिप’ले विपरीत दिशातर्फ गुडिरहेको ना २३ प २१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कावासोती–१४ की...