समाचार

सरकारी कार्यालयमा विप्लव माओवादीको चन्दा उर्दी

२०७२ असार २३ गते १३:११

खोटाङ, २३ असार-नेकपा माओवादी विप्लव समूहले जिल्लाका विभिन्न सरकारी कार्यालयमा चन्दाको लागि उर्दी गरेको छ । दसवर्षे सशस्त्र सङ्घर्ष र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ अभियान सञ्चालन गर्ने भन्दै माओवादीले चन्दा उर्दी गरेको हो ।   महासचिव विप्लवद्वारा हस्ताक्षरित पत्रमा रकम...

अवैध मदिराको नियन्त्रणले महिला हिंसामा कमी

२०७२ असार २३ गते १२:३३

कञ्चनपुर, २३ असार – अवैध मदिराको कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेपछि कञ्चनपुरको बेलौरी क्षेत्रमा महिलामाथि हुने घरेलु हिंसाका घटनामा कमी आएको छ । बिना इजाजत अवैध मदिराको कारोबार गर्नेलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरी जरिवाना लिन थालेपछि घरेलु हिंसाका घटनामा...

अनुसन्धानका लागि रुख काट्दै

२०७२ असार २३ गते १२:२६

काभ्रेपलाञ्चोक २३ असार – काभ्रेका सामुदायिक वनमा कृषि प्रणाली सुदृढीकरणका लागि आलोचित हुँदै आएको सल्लाको रुख केही दिनदेखि काट्न थालिएको छ । अन्तर्राष्ट्रियस्तरको कृषि अनुसन्धानका लागि अस्टे«लिया र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहकार्यमा जिल्लाको तीनवटा सामुदायिक वनमा ४० वर्ष अघिदेखि रोपिएको रुख काट्न थालिएको जिल्ला वन...

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०७२ असार २३ गते १२:१८

गोरखा, २३ असार – जिल्लाको ताक्लुङ–१ स्थित गण्डकी प्राथमिक विद्यालयका एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । साहारा इन्टरनेसनल एयर होस्टेज एकाडेमी बुटवल, हावर्ड युनिभर्सिटी नेपाली स्टुडेन्ट एसोसिएसन र अनलाइन पत्रिका लुम्बिनी टाइम्स डट कमको संयुक्त पहलमा शैक्षिक सामग्री वितरण...

नागरिकमुखी बन्न ग्रामीण पहुँच कार्यक्रमलाई सुझाव

२०७२ असार २३ गते १२:०७

डोटी, २३ असार – ग्रामीण पहँुच कार्यक्रमले डोटी जिल्ला सदरमुकामदेखि ग्रामीण भेगसम्मको सम्बन्धलार्ई नजिक बनाएको छ । यातायात सुविधाका कारण दुई दिनसम्मको पैदल यात्रा गरी सदरमुकाम पुग्ने मानिस अहिले एकै दिनमा पुग्न सक्छन् । सडक सञ्जालले नजिकिएका ग्रामीण बस्तीमा अहिले केही व्यापारीकरण सुरु भएकाले...

विहे भोज खुवाउने रकमले १० कोठे विद्यालय भवन निर्माण

२०७२ असार २३ गते १२:०५

काठमाण्डु, २३ असार– विवाह भोज खुवाउने रकम कटौती गरेर एक दम्पत्तीले भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवनको निर्णण गरेका छन् । एक महिनाअघि वैवाहिक बन्धनमा बाँधिएका काभ्रेका जयराम सिग्देल र मञ्जिला पोखरेल (सिग्देल)को जोडीले गत बैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको काभ्रेकै विकट...

दर्ता नगरी निजी विद्यालय सञ्चालन

२०७२ असार २३ गते ११:४१

सुनसरी, २३ असार – सुनसरीको गौतमपुर गाविससहित दक्षिणवर्ती क्षेत्रमा अवैध निजी विद्यालयको बिगबिगी बढेको छ । गौतमपुरको लोटस इङ्लिस बोर्डिङ स्कुलसहित दर्जनौँ अवैध निजी विद्यालय अवैध रुपमा सञ्चालनमा रहेको खुलासा भएको छ । लोटस स्कुलले करिब डेढ सय विद्यार्थीको विभिन्न सरकारी विद्यालयमा नाम लेखाई...

अबको प्रतिस्पर्धा राष्ट्र निर्माणमाः ढकाल

२०७२ असार २३ गते ११:२८

चितवन, २३ असार– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अबको प्रतिस्पर्धा पुनर्निर्माण र नव निर्माणमा हुने बताएका छन् । बुधबार चितवनको आँपटारीमा भूकम्पपछि उद्दार र राहतमा सहयोग पुर्याउने स्वमसेवकलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ढकलले यस्तो बताएका हुन् । ढकालले अव्यवहारिक दर्शन, राजनैतिक वादविवाद...

युनिटी ठगी प्रकरणका नाइके विष्णुको गोली हानी हत्या !

२०७२ असार २३ गते ११:०७

  काठमाण्डु, २३ असार– युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष विष्णु क्षेत्रीको हत्या भएको दाबी परिवारले गरेको छ ।   ललितपुर भैंसेपाटीमा मंगलबार गोली हानी हत्या गरिएको दाबी उनका दाजु कृष्ण क्षेत्रीले गरेका छन् ।   कृष्णले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भाई विष्णुको गोली हानी हत्या...

शिक्षक नियुक्ति नहुँदा विद्यार्थी मर्कामा

२०७२ असार २३ गते ११:०१

जाजरकोट, २३ असार – यहाँको एक विद्यालयले एक वर्षसम्म शिक्षक नियुक्ति नगर्दा विद्यार्थी मर्कामा परेका छन् । जिल्लाको खगेनकोट गाविसमा रहेको पञ्च भयार मावि जिकुवामा एक वर्षसम्म शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थी मर्कामा परेका हुन् । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अंग्रेजी विषयको अनुमति लिने...

मापदण्डविपरीत सञ्चालित उद्योग सिलबन्दी

२०७२ असार २३ गते १०:४६

मोरङ, २३ असार – मापदण्डविपरीत सञ्चालित विराटनगरका दुई गुट्खा उद्योगमा जिल्ला अनुगमन समितिले सिलबन्दी गरेको छ । गोविन्द खतिवडाले सञ्चालन गरेको राधाकृष्ण प्रोडक्स र भवानी बोहराले सञ्चालन गरेको मधु केमिकल कम्पनीमा सिल गरिएको हो । दुवै उद्योगले गुट्खाको खोलमा स्पष्ट देखिने गरी चेतावनी चित्र...

च्याउ खाँदा बालबालिका बेहोस

२०७२ असार २३ गते १०:४१

डोटी, २३ असार – जंगली च्याउ खाँदा डोटीमा मंगलबार चार बालबालिका बेहोस भएका छन् । डोटीको भूमिराजमाडौँ गाविस–४ का २ वर्षीय कृष्ण नेपाली, ५ वर्षीया रोमाली नेपाली, ९ वर्षीया जुनेली नेपाली र ९ वर्षीय राजेश नेपाली बेहोस भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us