काठमाण्डु, २४ असार– वर्षायाम सुरु भएलगत्तै मुलुकका विभिन्न स्थानमा सडक सम्पर्क विच्छेद हुने क्रम बढेको छ । गत वैशाखमा आएका बिनाशकारी भूकम्पपछि कम्जोर भएका पहाडी क्षेत्रका राजमार्ग तथा कच्ची बाटोहरु अवरुद्ध हुन थालेका छन् । भारी वर्षासँगै भूकम्पले हल्लाएका पहाडबाट पहिरो आएकाले सडकका विभिन्न...
काठमाण्डु, २४ असार– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सहयोग गर्न आएको रकम दुरुपयोग हुन नदिने दाहोर्याएका छन् । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न संघ संस्थाको सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले एउटा विपत्तिमा परेका नेपालीलाई आएको सहयोग दुरुपयोग हुन नदिन...
चितवन, २४ असार– चितवनको भरतपुरस्थित बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएका छन् । डेङ्गु रोग नियन्त्रणका लागि जिल्लामा भएको लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियानका क्रममा यस्तो फेला परेको हो । जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण...
काठमाण्डु, २४ असार– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जनतामा जाने मस्यौदाको कार्ययोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेका छन् । बिहिबार संविधानसभा भवन नयाँ बानेश्वरमा सभाध्यक्ष नेम्वाङले प्रधानमन्त्री सुशील कोइराला, संविधाानसभामा रहेका दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखसँग जनतासँग मस्यौदामाथि राय लिने रणनीतिका बारेमा छलफल गरेका हुन्...
ललितपुर, २४ असार – लागुऔषधअन्तर्गत गाँजा सेवन गर्नेमा अधिकांश विद्यार्थी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरले सञ्चालन गरेको स्विप अपरेसनअन्तर्गत खटिएका प्रहरीले बुधबार जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएका व्यक्तिबाट त्यसको खुलासा भएको परिसरका प्रवक्ता एवम् नायब प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिए...
वीरगन्ज, २४ असार – पर्सा प्रहरीले वीरगन्ज घन्टाघर लिंक रोडबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा भलुही गाविस–४ बस्ने १७ वर्षीय गुलाब अन्सारी रहेका छन् । अस्थायी प्रहरी पोस्ट घन्टाघरबाट खटिएको टोलीले हिँडिरहेको अवस्थामा गएराति चेकजाँच गर्ने क्रममा उनको...
सिरहा, २४ असार – सिरहाको उत्तर पूर्वी क्षेत्रमा पर्ने गोविन्दपुर गाविस–३ मा बिहिबार बिहान आगलागी भएको छ । आगलागीमा १५ वटा पशु चौपाया जल्नुका साथै घरमा रहेका सम्पूर्ण सामान जल्दा करिब१० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय हरि यादवको घरसँगै रहेको गोठमा...
महोत्तरी, २४ असार – महोत्तरी जिल्लाको सरपल्लो गाविसमा बुधबार साँझ पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सरपल्लो–१ स्थित आफ्नो आँपको फूलबारीमा बसिरहेको महतोले खेतबाट आफ्ना बुबालाई...
बनेपा, २४ असार- भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकको सात वटा गाविसको विभिन्न बस्तीका ५ सय २३ घरधुरी नजिकको उपयुक्त स्थानमा स्थानान्तरण गर्ने भएको छ । दैवी प्रकोप उद्धार तथा राहत समितिका संयोजक तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालको अध्यक्षतामा बुधबार धुलिखेलमा...
कञ्चनपुर, २४ असार– तीन नाबालक सन्तानसँगै विष सेवन गरेकी कञ्चनपु दैजी–३ की २८ वर्षीया मीना बोगटीको मृत्यु भएको छ । मीनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार राति ज्यान गएको हो । उनले बुधबार दिउँसो छोरा तीन वर्षका नरेन्द्र र छोरीहरु दुई...
मुस्ताङ, २४ असार – मुस्ताङको छोसेर गाविसमा सञ्चालित नेचुङ भन्सार कार्यालय एक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । कार्यालयको जीर्ण भवन अवस्थामा छ । शौचालय र बाथरुमको व्यवस्था छैन । झ्याल र ढोका कुहिएका छन् । भन्सार कार्यालयका प्रमुख नायब सुब्बा धर्मराज सुवेदीले सञ्चार...
कावासोती, २४ असार – पुरातत्व विभागबाट कैलाश आश्रमको उत्खननका क्रममा १५औँ शताब्दीका वास्तुशैली भेटिएको छ । सत्र दिन उत्खननका क्रममा एक हजार २७६ टुक्रा वास्तु अंश भेटिएको आश्रमका अध्यक्ष दुर्गा भुसालले बताए । फलामको मोटो काँटी, पत्थरको टाउको आकारको वस्तु उत्खनन टोलीले राष्ट्रिय सङ्ग्रहालयमा राख्ने...