रुकुम, २५ असार – सुत्केरी श्रीमतीको जिब्रोलगायत अन्य अंग काटेर हत्या गर्ने विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढालाई प्रहरीले पक्राउ गरेको छ । २२ दिनकी सुत्केरी १९ वर्षीया घर्तीलाई घरेलु हतियार प्रयोग गरी बीभत्स हत्या गर्ने २४ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय चौरजहारीले पक्रेको हो ।...
काठमाण्डु, २५ असार– ‘नेपालको संविधान २०७२’ को प्रारम्भिक मस्यौदा सार्वजनिक भइसकेको छ । मस्यौदाको धारा ३१ मा धार्मिक स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था छ । त्यसको उपधारा १ मा लेखिएको वाक्य संसारको कुनै पनि मुलुकको संविधानमा नलेखिएको दावी संविधानविद्हरुले गरेका छन् । यो वाक्य देखेर...
चितवन, २५ असार – चितवनको रत्ननगर नगरपालिकामा अघिल्लो वर्ष भित्रिएको नयाँ प्रविधिको सुविधायुक्त दमकल चलाउनै मुस्किल भएपछि उपयोगविहीन जस्तै भएको छ । दक्ष प्राविधिक तथा त्यसमा चाहिने आवश्यक रासायनिक पदार्थको अभावमा उक्त दमकलको भरपुर उपयोग हुन सकेको छैन । जसका कारण सामान्य आगलागीबाहेक अन्य...
काठमाण्डु, २४ असार– नुवाकोटको त्रिशूलीबाट काठमाण्डुतर्फ आइरहेको बा२ख २८४१ नंको बस नुवाकोट ककनी गाविस–२ सिस्नेरीमा पहिरोसँगै आएको ढुङ्गाले थिचिँदा बसबाट प्रहरीले आज पाँच जनालाई सकुशल उद्धार गरेको छ । तिनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त बालाजु र जिल्ला...
काठमाण्डु, २४ असार– आफैंले जन्माएको नवजात शिशु झोलामा राखेर बागमतीमा फाल्ने एक महिलालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे गोकुले– ५ की २२ वर्षीया कान्छीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । आफैंले जन्मदिएको चार दिनको छोरालाई पशुपति आर्यघाटस्थित बागमती नदीमा फालेर...
काठमाण्डु, २४ असार– असमर्थ जीवन बाँच्नुभन्दा स्वेच्छाले मृत्युवरण गर्न कानुनी रुपमै पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवदेन दर्ता भएको छ । अधिवक्ताद्वय उत्तमप्रसाद रिजाल र टङ्कहरि दाहालले संयुक्त रुपमा संविधानसभा, व्यवस्थापिका–संसद्लगायतलाई विपक्षी बनाएर दायर गरेको निवेदनमा संविधानले मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने...
काठमाण्डु, २४ असार – नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकले चाँडै नै नयाँ संविधान प्राप्त गर्ने बताएका छन् । छविलाल कार्की स्मृति प्रतिष्ठानले बिहिबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले संविधानको प्रारम्भिक मस्यौदा पारित भई सुझावका लागि जनतामा जाने क्रममा रहेकाले चाँडै संविधान जारी भई मुलुक...
काठमाण्डु, २४ असार– बिहीबार साँझ ५ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेनाम्लाङ र पाङ्फुङबीच केन्द्रबिन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को गोरखा भूकम्पपछि आजसम्म ४ रिक्टर स्केल र...
काठमाण्डु, २४ असार – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको नीति तथा कार्यक्रम काम चलाउ रुपमा आएको बताएका छन् । बिहिबार रिपोटर्स क्लबले गरेको अन्तरक्रियामा नेता खनालले नीति तथा कार्यक्रम काम चलाउ भएकाले पार्टीको असहमति नरहेको उल्लेख गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले...
नुवाकोट, २४ असार– नुवाकोटको ककनीमा बिहीबार पासाङ ल्हामु मार्गअन्तर्गत गुडिरहेको बसमा ढुंगा खसेर भएको दुर्घटनामा बसका चालकको घटनास्थलमै मृत्यु भएको छ । बा २ ख २८४१ नम्बरको बसका चालक प्रतिक बिकको बसले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनास्थलको वरिपरी...
काठमाण्डु, २४ असार– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलमा सक्रिय रुपमा सहभागी भइ संविधान निर्माणमा सहयोग पुर्याउन आम जनतालाई आग्रह गरेका छन् । सभाध्यक्ष नेम्वाङले बिहिबार पत्रकार सम्मेलन गरेर संविधानसभाले प्रारम्भिक मस्यौदामाथिको छलफल सकेर जनतामा पठाएको जानकारी दिए । उनले मस्यौदा बोकेर...
काठमाण्डु, २४ असार– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बैठकमा गृहमन्त्री बामदेव गौतमको कडा आलोचना भएको छ । बिहिबार समितिले भूकम्पपछि राहत वितरण तथा पुननिर्माणका लागि भएको सरकारी कदमका बारेमा जानकारी लिन गृहमन्त्री गौतमलाई बोलाएको थियो । बैठकमा गृहमन्त्री गौतमले सरकारले उपलब्ध स्रोत साधनको प्रयोग...