समाचार

निर्वाचितलाई उपेक्षा गरेको भन्दै एमाले सभासदहरु असंतुष्ट

२०७२ असार २५ गते १५:४७

काठमाण्डु, २५ असार– नेकपा एमाले अध्यक्ष ओलीले आफू निकट सभासद गोकुल घर्तीलाई संसदीय दलको सचेतक नियुक्त गरेका छन् । शुक्रबार बसेको दलको बैठकमा अध्यक्ष ओलीले घर्तीलाई सचेतक नियुक्त गरेका हुन् । यसअघि ओलीले मन्त्रिपरिषदको कोटाबाट सभासद भएका अग्नि खरेललाई प्रमुख सचेतक नियुक्त गरेका थिए...

फरक मत राख्ने सहमतिमा आउँछन्ः कोइराला

२०७२ असार २५ गते १५:२७

काठमाण्डु, २५ असार– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा फरक मत लिएर हिँडेका दलहरुलाई सहमतिमा ल्याउन आफूले प्रयास जारी राखेको बताएका छन् । शुक्रबार पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकले फेरि पनि द्वन्द्व र अन्योलता थेग्न नसक्ने भएकाले शान्ति, स्थायित्व...

विदेशीसहित तीन स्रष्टालाई पुष्पलाल राष्ट्रिय पुरस्कार

२०७२ असार २५ गते १५:१२

काठमाडौँ, २५ असार । पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीन स्रष्टालाई सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कार यस वर्ष संस्कृतिविद् डा सत्यमोहन जोशी, नेकपा एमालेकी नेत्री शान्ता चौधरी र भारतको पटना विश्वविद्यालयका...

नीति तथा कार्यक्रममा सभासदको संशोधन प्रस्ताव दर्ता

२०७२ असार २५ गते १४:४७

काठमाण्डु, २५ असार – सरकारको नीति तथा कार्यक्रम संशोधन गर्न व्यवस्थापिका संसदमा सांसद्हरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपति डा रामवरण यादवले सरकारको आर्थिक वर्ष २०७२÷७३ को नीति तथा कार्यक्रम असार २३ गते व्यवस्थापिका–संसदमा प्रस्तुत गरेका थिए । संसद् सचिवालयका अनुसार थरुहट तराई पार्टी...

साझा प्रकाशनको अध्यक्षमा लेखक

२०७२ असार २५ गते १४:३३

काठमाण्डु २५ असार– संकटपूर्ण अवस्थामा रहेको साझा प्रकाशनलाई पुनः पहिलेकै अवस्थामा फर्काउन भन्दै शिक्षा मन्त्रालयले तीन पूर्व मन्त्रीलाई सञ्चालक समितिमा मनोनयन गरेको छ । सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका सभासद रमेश लेखकलाई दिइएको छ । मन्त्रालयले सदस्यमा पूर्व शिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दिनानाथ शर्मा...

सभासदबाट सरकारको ध्यानाकर्षण

२०७२ असार २५ गते १४:२७

काठमाण्डु, २५ असार –भूकम्पपछि वर्षाले मुलुकका विभिन्न स्थानमा हुन थालेको भू–क्षय नियन्त्रण गर्न चासो नदेखाएको सभासदहरुले आरोप लगाएका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा सभासदहरुले भूकम्पबाट पीडित भएका नागरिकहरु वर्षाका कारण पनि थप मर्कामा पर्दा पनि व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।...

तीन नेपालीलाई भारतमा मुद्दा

२०७२ असार २५ गते १४:१५

धनगढी, २५ असार – जंगल फँडानी गरेको आरोपमा बर्दिया जिल्लाको दक्षिणी सीमा क्षेत्र जमुली भुटाहा गाउँका तीनजना नेपालीलाई भारतीय पक्षले नियन्त्रणमा लिई मुद्दा चलाएको छ । बाख्रा चराउन आफ्ना गाउँ नजिकै रहेको दशगजा क्षेत्रमा गएको अवस्थामा भारतीय अधिकारीहरुले धनबहादुर सुनार, गोरे नेपाली र गगन...

भूकम्पपछि आश्रमका वृद्धवृद्धाको बिचल्ली

२०७२ असार २५ गते १३:५४

काठमाण्डु, २५ असार – विनाशकारी भूकम्पका कारण उपत्यका वरिपरी रहेका वृद्धाश्रम बस्न नमिल्ने गरी भत्किएपछि वृद्धवृद्धाको बसोबासका लागि समस्या हुँदै आएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका अनुसार भूकम्पबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र महिला प्रभावित भएका छन् । पशुपति वृद्धाश्रम भूकम्पका...

बजारमा बाढी पस्दा ३३ घर विस्थापित

२०७२ असार २५ गते १३:४४

गोरखा, २५ असार । अविरल वर्षापछि बूढीगण्डकी नदीमा आएको भेलले गोरखाको थुमी गाविस–६ स्थित सोती बजार बगाएको छ । उर्लेको बूढीगण्डकीको भेलले गएराति १२ बजे बजार बगाएको हो । ‘भेलले पहिले पुछारबजार बगायो ।’ सोती बजारकी होटल व्यवसायी सपना पन्तले भनिन्, ‘गाउँले बजार छाडेर...

मोरङको पहाडी क्षेत्रमा विकास निर्माण तीब्र

२०७२ असार २५ गते १३:३८

मोरङ, २५ असार – पूर्वी मोरङको पहाडी क्षेत्रमा विकासको गतिले निरन्तरता पाउन थालेको छ । क्षेत्र विकास योजनाअन्तर्गत सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँको बजेटबाट पूर्वी मोरङको मधुमल्ला, लेटाङ भोगटेनी, सिंहदेवी, वारंगी, जाँते, लेटाङ, खेरुवा, टाँडीलगायतका पहाडी ग्रामीण क्षेत्रमा विकास निर्माणको काम भएको हो...

राजधानीकै प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन

२०७२ असार २५ गते १३:३३

काठमाण्डु, २५ असार – गोकर्णेश्वर नगरपालिका–१० को गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि चिकित्सक नहुँदा त्यस भेगका स्थानीय जनता चिकित्सा सेवा पाउनबाट वञ्चित भएका छन् । गोकर्ण स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी आर्थिक वर्ष २०६३/६४ मा प्राथमिक स्वास्थ्य केन्द्र बनाइएपछि अनिवार्य रुपमा एकजना चिकित्सक रहने...

बालकोष स्थापना गर्ने

२०७२ असार २५ गते १३:२४

भीमदत्तनगर, २५ असार – बैतडीको दशरथचन्द नगरपालिकाले बाल संरक्षणका लागि बालकोष स्थापना गर्ने भएको छ । आर्थिक रुपमा विपन्न, अनाथ, अपांग बालबालिकाको हितका लागि भन्दै बालकोष स्थापना गर्न लागिएको हो । चालु आर्थिक वर्षको असार मसान्तभित्रै कोष स्थापना गरिसक्ने लक्ष्य राखिएको नगरपालिकाका सामाजिक विकास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us