समाचार

छुरा प्रहारबाट एक गम्भीर

२०७२ असार २९ गते १७:५९

नेपालगन्ज, २९ असार-बाँकेको कोहलपुर बजारमा मंगलबार बिहान २८ वर्षीय युवक विकास श्रेष्ठलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाइएको छ ।   इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर केसीका अनुसार कोहलपुर–११ का श्रेष्ठमाथि सोही स्थानका २२ वर्षीय मनोज पौडेलले छुरा प्रहार गरेका...

सडक बलबालिकालाई सुन्यमा झार्ला त सरकारले ? (बजेट अपडेट)

२०७२ असार २९ गते १७:५४

काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै काठमाण्डु उपत्यकालाई सडक बालबालिका मुक्त बनाइने बताएका छन् । हजारौँको संख्यामा रहेका सडक बलाबालिकाको उचित व्यवस्थापन आफैमा चुनौतिको विषय हो । सडक बालबालिकालाई उद्धारमात्र होइन पठनपाठनको व्यवस्था पनि गर्नु पर्ने हुन्छ ।...

पाठेघर र मृर्गौला क्यान्सर शुरुको चरणमा निशुल्क उपचार हुने

२०७२ असार २९ गते १७:४८

काठमाण्डु, २९ असार– अर्थमन्त्रीले रामशरण महतले जन्मेको २८ दिनसम्मको नवजात शिशुको सरकारी स्वास्थ्य संस्थाले निशुल्क उपचार गरिने बताएका छन् । मंगलबार बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । अर्थमन्त्रीले कानूनी रुपमा गर्भपतन गराउने महिलाहरुलाई समेत निशुल्क उपचार गरिने बताएका छन् । त्यस्तै,...

जेष्ठ नागरिक भत्ता दोब्बर (बजेट अपडेट)

२०७२ असार २९ गते १७:४६

  काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक तथा अशक्त भत्ता पाँच सयबाट बढाएर एक हजार गराएको बताएका छन् । उनले यो ९ लाख १० हजारले लिने बताएका छन् ।...

१४ ठूला नदीमा २५ किलोमिटर टथबन्धन गरिने (बजेट अपडेट)

२०७२ असार २९ गते १७:४१

  काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै भेरी, महाकाली लगाएतका १४ वटा ठूला नदीमा २५ किलोमिटर टथबन्धन गरिने नदी नियन्त्रणका लागि ३ अर्ब ११ करोड छुट्टाएका छन् ।...

७ सय ९५ किलोमिटरसडक कालोपत्रे र १ सय ४५ वटा पुल निर्माण गरिने

२०७२ असार २९ गते १७:३७

काठमाण्डु, २९ असार–आर्थिक वर्ष २०७२÷७३को बजेटले ७ सय ९५ किलोमिटर सडक कालोपत्र गर्ने उल्लेख गरेको छ  । त्यस्तै १ सय १५ वटा पुल पनि निर्माण गरेने भएको छ । यी दुवै कार्यका ५४ अर्ब बजेट छुट्याइएको छ ।...

यसरी सेलाउँदै छन् सुरुमा जोसियका अर्थमन्त्री

२०७२ असार २९ गते १७:३४

  काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै छन् । बजेट प्रस्तुत गर्ने क्रममा सुरुमा निकै जोस देखाएका अर्थमन्त्री विस्तारै सेलाउँदै गए । बजेट पढ्न लामो समय लाग्ने भएकाले उनी बजेटको आधा भाग नसकिदै सेलाएका हुन् । सुरुमा ठूलोठूलो स्वरमा...

थानकोट–नौबिसे सुरुङ मार्गका लागि १ अर्ब ६७ करोड

२०७२ असार २९ गते १७:३१

काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतले थानकाट नौबिसे सुरुङ मार्गका लागि १ अर्ब ६७ करोड छुट्याएका छन् । उपत्यकाको लागि निकै महत्व राख्ने यो मार्गलाई उनले विशेष प्राथमिकतामा राखिएको जनाएका छन् ।...

बजेटले ल्यायो काठमाण्डु उपत्यका विकासको यस्तो योजना

२०७२ असार २९ गते १७:३१

शहरी विकास र वस्ती व्यवस्थित वनाउने । सरकारले पैसा तिरेरै भए पनि २५ हजार जनसंख्या बराबर एक खुल्ला स्थानको निर्माण गर्ने । कानुनि अधिकार भएका व्यक्ति र संस्थालाई मात्रै जग्गा प्लटिङ गर्न दिने । बागमती बिष्णुमती लगायतका उपतयकाका सबै नदीलाई ढलमुक्त बनाउने । सूर्यविनायकदेखि...

पुनर्निर्माणका लागि ७४ अर्ब

२०७२ असार २९ गते १७:२४

काठमाण्डु, २९ असार– भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षका लागि सरकारले ७४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित ७४ अर्ब रुपैयाँमध्ये ५० अर्ब रुपैयाँ घरको पुननिर्माणमा छुट्याइएको अर्थमन्त्री डा। रामशरण महतले बताएका छन् ।...

ग्रामीण र कृषि सडकको विस्तारका लागि १५ अब (बजेट अपडेट)

२०७२ असार २९ गते १७:२१

  काठमाण्डु, २९ असार– मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै ग्रामीण र कृषि सडकको विस्तारका लागि १५ अर्ब बजेट छुट्णएको बताएका छन् ।...

मेलम्ची खानेपानी आयोजनलाई ४ अर्ब ९५ करोड

२०७२ असार २९ गते १७:१९

काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतले मेलम्ची खानेपानी आयोजनाका लागि ४ अर्ब ९५ करोड बजेट छुट्याएका छन् । मंगलबार बजेट प्रस्तुत गर्दै उनले सो बजेट छुट्याएका हुन् । विगत लामो समयदेखि निर्माणाधिन सो आयोजना सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाण्डु उपत्यका ल्याइने योजना रहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us