समाचार

बालेन विरुद्धको कार्यक्रममा सहभागी भइनन् रास्वपाकी वडाध्यक्ष

२०८१ चैत २० गते १२:१८

काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र्याउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी कार्यपालिकामा जम्मा भएको बेला रास्वपाबाट निर्वाचित काठमाण्डू महानगरपालिका वडा.नं– १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने सहभागी भएकी छैनन् । आफूलाई नबोलाइएको भन्दै उक्त कार्यक्रममा आफू सहभागी नभएको उनले प्रतिक्रिया दिएकी...

नगर प्रहरीलाई पेलेरै हाजिर हुन पुगे काठमाण्डू महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

२०८१ चैत २० गते १२:०९

काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न काठमाण्डू महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरी समेत खटाइएका थिए । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय...

स्ववियु निर्वाचनः त्रिचन्द्रमा नेविसंघको प्यानलै विजयी

२०८१ चैत २० गते १२:००

काठमाण्डू, २१ चैत– त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी भएका छन । अध्यक्षमा विजयी भएका कोइरालाले १२१५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार बनेका सागर न्यौपानेले ६८३ मत पाउँदा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार प्रमित विष्टले...

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन

२०८१ चैत २० गते ११:५४

काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरेको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । महानगरपालिकाले भने आधिकारिक प्रक्रिया...

तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो

२०८१ चैत १९ गते १७:०९

काठमाण्डू, २० चैत– संघीय सांसद प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले गत शुक्रबार काठमाण्डूको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई...

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

२०८१ चैत १९ गते १७:०५

काठमाण्डू, २० चैत– सरकारले गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन...

नेपाली महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र आएको होः प्रचण्ड

२०८१ चैत १९ गते १७:०१

काठमाण्डू, २० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाले बन्दुक उठाएकैले नेपालबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन । आज (बुधबार) अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पौडेल

२०८१ चैत १९ गते १६:४८

काठमाण्डू, २० चैत– काठमाण्डूको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरुले जानकारी दिएका छन । प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी...

पत्रकार सुरेश रजकको पोस्टमार्टम स् गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि

२०८१ चैत १९ गते १६:३२

काठमाण्डू, २० चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीको प्रर्दशनको क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको निष्कर्ष निकालेको छ । हिजो साँझ उनको एक्स–रे गरिएको थियो...

पार्टीको झण्डा ओढाएर बोहराको अन्तिम बिदाइ

२०८१ चैत १९ गते १६:२४

काठमाण्डू, २० चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन । बोहरालाई श्रद्धाञ्जली दिन उपप्रधान तथा...

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा ८ सम्झौता

२०८१ चैत १९ गते १६:११

काठमाण्डू, २० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका...

नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँः थाइ प्रधानमन्त्री शिनावात्रा

२०८१ चैत १९ गते १६:०४

काठमाण्डू, २० चैत– थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शिनावात्राले यस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us