पार्टीको झण्डा ओढाएर बोहराको अन्तिम बिदाइ

काठमाण्डु टुडे २०८१ चैत १९ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, २० चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन । बोहरालाई श्रद्धाञ्जली दिन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत विभिन्न पार्टीका नेताहरू पुगेका छन् ।

पार्टीका कार्यालयमा कार्यकर्ताहरूको भीड लागेको छ । बोहराको मंगलबार निधन भएको थियो । उनको आजै दाहसंस्कार गरिने राप्रपाले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us