समाचार

संविधान निर्माणको प्राथमिकताले कांग्रेस महाधिवेशन पर धकेलिने

२०७२ भदौ २ गते १३:३०

काठमाण्डु, २ भदौ – संविधान निर्माणको कार्यलाई प्राथमिकता दिँदा नेपाली कांग्रेसको आगामी १३ औं महाधिवेशन तोकिएको मितिभन्दा पर धकेलिने निश्चित भएको छ । प्रमुख चार दलका नेता सम्मिलित विशेष समितिले नयाँ संविधानमा पाँच वर्षमा हुनैपर्ने राजनीतिक दलको महाधिवेशन ‘विशेष परिस्थितिमा’ छ महिनासम्म लम्ब्याउन सकिने...

खानेपानी र सरसफाइलाई मौलिक हकमा राख्नुपर्नेमा जोड

२०७२ भदौ २ गते १२:५८

काठमाण्डु, २ भदौ – संविधानको प्रस्तावित मस्यौदामा प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइको हक हुनेछ भनी मौलिक हकका रुपमा व्यवस्था गर्न माग गरिएको छ । संविधानको प्रस्तावित मस्यौदाको धारा ४० मा स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक...

संसदमा गृहमन्त्रीले भने, ‘आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो’

२०७२ भदौ २ गते १२:५०

काठमाण्डु, २ भदौ–उपप्रधानमन्त्री एवंगृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि गोली चलाउँदा उपचारका क्रममा एकजनाको मृत्यु भएको स्पष्ट गरेका छन् । व्यवस्थापिका–संसदको बुधबारको बैठकको प्रारम्भमा नवलपरासी...

झापामा बुहारीलाई निःशुल्क शिक्षा !

२०७२ भदौ २ गते १२:१४

झापा, २ भदौ– झापाको कन्काई नगरपालिकास्थित भृकुटी उच्च माविले बुहारीलाई निःशुल्क पढाउने निर्णय गरेको छ । विसं २०६७ देखि उच्च मावि चलाउँदै आएको कन्काई–७ दुर्गापुरस्थित भृकुटी उमाविले यसै शैक्षिक सत्रबाट बुहारीलाई निःशुल्क पढाउने भएको हो । निःशुल्क अवसर दिएर उच्च शिक्षा अध्ययनका लागि बुहारीलाई...

बन्द फिर्ता भएपछि विद्यालय खुले

२०७२ भदौ २ गते १२:०८

नेपालगन्ज, २ भदौ – एक सातादेखि बन्द रहेका बाँके जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय बुधबारबाट पुनः सञ्चालन भएका छन् । प्रस्तावित प्रदेश सीमांकनको विरोधमा संयुक्त थरुहट, मधेस संघर्ष समितिद्वारा गत साउन २७ गतेदेखि आह्वान गरिएको अनिश्चितकालीन बाँके जिल्ला बन्दपछि शिक्षण संस्थाहरुको पठनपाठन पनि ठप्प...

बन्दबिरुद्ध बजार सञ्चालनमा

२०७२ भदौ २ गते १२:००

नवलपरासी, २ भदौ – नवलपरासीमा लामो समयदेखि बन्द आह्वान गरिएपछि जनजीवन प्रभावित भएको भन्दै बन्दविरुद्ध बजार सञ्चालनमा आएका छन् । जिल्लाको नवलपुर क्षेत्र, सुनवल र भूमही आसपासका बजार खुलाइएका छन् । लामो समयदेखि जिल्ला बन्द हँुदा व्यापारी चरम मारमा परेपछि व्यवसायीहरुले बजार सञ्चालनमा ल्याएका...

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राणाबीच भेटवार्ता

२०७२ भदौ २ गते ११:४४

भक्तपुर, २ भदौ – नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाबीच भेटवार्ता भएको छ । बुधबार ओली निवास भक्तपुरमा भएको भेटमा मुलुकको पछिलो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो । भेटमा दुवै नेताहरुले प्रदेशको सीमांकनको विषयलाई लिएर मुलुककमा विभिन्न...

सिन्धुली प्रदेश नम्बर ३ मै कायम हुनुपर्ने सभासदहरुको जोड

२०७२ भदौ २ गते १०:५०

काठमाण्डु, २ भदौ– सिन्धुलीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रमुख चार राजनीतिक दलले गरिसकेको संघीय प्रदेशको सीमा निर्धारणलाई अब यताउता गरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । समृद्ध सिन्धुली अभियानले बुधबार बिहान काठमाण्डुको मीनभवनमा गरेको सडक कार्यक्रममा उनीहरुले भाषा, संस्कृति र भूगोलको हिसाबले समेत...

जबर्जस्ती बन्द गराउँदै हिँडेका शान्ति समितिका संयोजकसहित १० प्रहरी नियन्त्रणमा

२०७२ भदौ २ गते १०:३८

झापा, २ भदौ– जबर्जस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट बुधबार बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै सवारी साधन तोडफोड गर्ने १०...

सप्तरीमा निषेधाज्ञा हट्यो, जनजीवन ठप्पै

२०७२ भदौ २ गते १०:०५

काठमाण्डु, २ भदौ– सप्तरीको भारदहमा बुधबार बिहान ५ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा हटेको छ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण भने सप्तरी ठप्प छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार रातभरमा पूर्व र पश्चिमतर्फ करिब २ सय...

जुम्लाको निषेधाज्ञा हट्यो

२०७२ भदौ २ गते ९:४५

काठमाण्डु, २ भदौ– जुम्लाको अनिश्चितकालीन निषेधाज्ञा  बुधबार बिहानदेखि हटेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान ६ बजेबाट निषेधाज्ञा  हटाइएको हो । अर्को निषेधाज्ञाको समय तोकिएको छैन । लगातारको निषेधाज्ञा  कारण सदरमुकाम खलंगाको जनजीवन प्रभावित भएको थियो । विशेषअधिकारसहित स्वायत्त कर्णाली प्रदेशको माग राख्दै...

इलाममा १ सय ६५ रोपनी सार्वजनिक जग्गा अतिक्रमण

२०७२ भदौ २ गते ९:३९

    इलाम, २ भदौ – इलामको गोदक–१ राजदुवालीमा रहेको १६५ रोपनी सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको छ । सशस्त्र द्वन्द्वका समयमा विभिन्न ठाउँबाट आएका व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेका हुन् । द्वन्द्वमा पाँचथर, ताप्लेजुङ, भोजपुरबाट तथा जिल्लाकै विभिन्न गाविसबाट विस्थापित भएर ५४ परिवार उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us