समाचार

बेच्न लैजाँदै गरेका ६५ चेलीको उद्धार !

२०७२ भदौ २ गते १६:११

झापा, २ भदौ– साना हातहरु नेपाल नामक संस्था भद्रपुर शाखाले गत आव २०७१÷७२ को असार मसान्तसम्ममा ६५ जना चेलीबेटीको उद्धार गरेको छ । झापाको ज्यामिरगढी, महेशपुर, पृथ्वीनगरलगायतका नाकाबाट भारतमा बेच्न लैजाँदै गरेको अवस्था ती चेलीबेटीको उद्धार गरेको संस्थाले जनाएको छ ।संस्थाले गत आवमा चेलीबेटी...

निजी क्षेत्रले पनि पुस्तक छाप्न पाउनुपर्ने माग

२०७२ भदौ २ गते १६:०४

काठमाण्डु, २ भदौ – नेपाल मुद्रण उद्योग महासंघले सामुदायिक विद्यालयको पाठ्यपुस्तक निजी क्षेत्रलाई समेत छाप्न दिनु पर्ने माग गरेको छ । महासंघले बुधवार पत्रकार सम्मेलन गरेर विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निजी क्षेत्रलाई पनि सामेल गराउन माग गरेको हो । महासंघले साझा प्रकाशन र...

नेताका घरमा खोजीखोजी आगो लगाउने पासाङ शेर्पाको धम्की

२०७२ भदौ २ गते १६:०३

काठमाण्डु, २ भदौ– सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पा प्रदेशबिनाको संविधान जारी गर्ने कार्यमा संलग्न नेताका घरमा आगो लगाउने धम्की दिएका छन् । बानेश्वरमा मंगलबार भएको विरोध सभामा बोल्दै शेर्पाले आफूहरुलाई सिध्याउन खोज्नेलाई सिध्याएरै छाड्ने चेतावनी दिए । ‘हामीलाई सिध्याउन खोज्नेलाई कुनै पनि हालतमा...

जुम्ला शान्त, सरकारी टोली लाग्यो बडिमालिकातिर

२०७२ भदौ २ गते १६:०१

जुम्ला, २ भदौ – जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा गंगाप्रसाद पाण्डे नेतृत्वको सरकारी टोली बुधबार बडिमालिकातर्फ लागेको छ । सरकारी टोलीसँग अन्य भक्तालुजन पनि जाने र उनीहरु त्रयोदशी तिथिको दिन साँझ बडिमालिका पुग्दछन् । जुम्लाको सरकारी टोली झैँ बर्सेनि डोटीबाट पनि सरकारी टोली...

आन्दोलनमा दुई–तीन सय मार्ने योजनाको सूचना आएको छः पुन

२०७२ भदौ २ गते १५:५५

रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा सचिव पुनले अधिकाका लागि आन्दोलन गरीरहेका जनतमाथि बल प्रयोग गरेर दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको दावी गरे । सचिव प्ुनले थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले ति क्षेत्रमा भएको आन्दोलनलाई सम्बोधन गरीने बताए ।...

पहिरोमा पुरिएर बालिकाको मृत्यु

२०७२ भदौ २ गते १५:०८

ताप्लेजुङ, २ भदौ – बाटोमा हिँडिरहेको समयमा मािथबाट झरेको पहिरोमा पुरिएर ताप्लेजुङमा आज एक बालिकाको ज्यान गएको छ । बुधबार बिहान घरबाट नजिकै रहेका आफन्तको घरमा जाने क्रममा पहिरो खस्दा जिल्लाको सान्थाक्रा–७ निवासी बिर्सिला चोङ्वाङ लिम्बूको ज्यान गएको इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक...

भारदहमा कफ्र्यु हट्नासाथ प्रहरीबिटमा आगजनी, अवस्था तनावग्रस्त

२०७२ भदौ २ गते १४:५५

सप्तरी, २ भदौ– सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका क्रममा मङ्गलबार सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि मङ्गलबार लगाइएको कफ्र्यु बिहान खुल्नासाथ भारदहमा पुनः प्रदर्शन सुरु भएको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले...

जारी आन्दोलनले लोकतन्त्र गुम्ने खतरामाः कोइराला

२०७२ भदौ २ गते १४:१५

काठमाण्डु, २ भदौ– प्रधानमन्त्री सुशिल कोइरालाले सीमांकनको विषयलाई लिएर मुलुकमा जारी आन्दोलन र हड्तालले सघर्ष र बलिदानवाट प्राप्त भएको लोकतन्त्र गुम्ने र मुलुक नै नरहने अवस्था उत्पन्न भएको बताएका छन् । बुधबार सर्लाहीका विभिन्न राजनीतिक दलहरुले वुझाएको ज्ञापनपत्र लिदै प्रधानमन्त्री कोइरालाले राजनीतिक अस्थिरताका कारण...

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै सरकारसँग सभासद रिसाए

२०७२ भदौ २ गते १४:१२

काठमाण्डु, २ भदौ– व्यवस्थापिका–संसद्को बुधबारको बैठकको विशेष समयमा सांसदहरुले संविधान निर्माण प्रक्रियालाई सहज बनाउनका लागि विभिन्न प्रयास र प्रयत्न गरिएको भन्दै त्यसलाई सार्थक निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए। विशेष समयमा सुरुमा सांसद आनन्दप्रसाद ढुङ्गानाले संवैधानिक– राजनीतिक संवाद तथा सहमति समिति मातहतको प्रारिम्भक वार्ता समितिले २२...

बन्दको विरोध गर्दै सडकमै पढे विद्यार्थीले !

२०७२ भदौ २ गते १३:५१

दीपक बोहरा दाङ, २ भदौ–दाङका विद्यार्थीहरुले बन्दको अवज्ञा गर्दै सडकमै पठनपाठन गरेका छन् । निरन्तरको बन्दले कारण आफनो पढाइमा अबरोध पुगेको भन्दै बुधबार घोराहीको तुलसिपुर चोकमा शिक्षण संस्थालाई बन्द मुक्त बनाउन माग गर्दै आधा घण्टा सडकमै बसेर पढेका छन । । उनीहरुले लगातारको बन्दले...

सरकारी कार्यशैलीप्रति सभासदहरुको गुनासो

२०७२ भदौ २ गते १३:४४

काठमाण्डु, २ भदौ  – सभासदहरुले मुलुकका विभिन्न स्थानका विभिन्न समस्याले जनता मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा सभामुखसँग समय लिएर सभासदहरुले आ आफ्ना निर्वाचन क्षेत्रमा जनताले भोग्नुपरेका समस्याका बारेमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । नेपाली कांग्रेसका सभासद...

संयुक्त विद्यार्थी संगठनद्वारा विश्वविद्यालयका रिक्त उपकुलपति चाँडो नियुक्त गर्न माग

२०७२ भदौ २ गते १३:३०

काठमाण्डु, २ भदौ –रिक्त रहेको विश्वविद्यालयका उपकुलपतिहरु चाँडो नियुक्त गर्न संयुक्त विद्यार्थी संगनठनले माग गरेका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा बुधबार बिहान बसेको संयुक्त विद्यार्थी संगठनको भेलाले देशको उच्च शिक्षाको धरोहर विश्वविद्यालयमा नेतृत्वविहीन भएको भन्दै चाँडो नेतृत्व ल्याउन माग गरेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us