समाचार

प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी

२०८१ चैत २८ गते १५:००

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरीएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो...

प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

२०८१ चैत २८ गते १४:२८

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । हिजो बिहिबार भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाण्डू ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको...

सूर्य थापालाई धम्कीपूर्ण ‘एसएमएस’ पठाउने २९ वर्षीय युवक पक्राउ

२०८१ चैत २८ गते १३:४६

काठमाण्डू, २९ चैत– प्रहरीले एमाले नेता सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्त रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए ।...

तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः राप्रपा

२०८१ चैत २८ गते १३:३५

काठमाण्डू, २९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले यस्तो बताएका हुन । नेता...

दुर्गा प्रसाईंलाई काठमाण्डू ल्याइयो

२०८१ चैत २८ गते १३:२५

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज (शुक्रबार) ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाण्डू ल्याइएको हो । उनलाई काठमाण्डू जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरी...

‘काठमाण्डूमा छु’ भन्दै दुर्गा प्रसाईंले भिडियो खिचेको मन्दिर आसाममा भेटियो

२०८१ चैत २८ गते १३:१४

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मुलका नागरिकको घरमा लुकेर बसेको फेला परेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले लामो समय रेकी गरेर...

 दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

२०८१ चैत २८ गते १२:०४

काठमाण्डू, २९ चैत– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका जनकमाण्डर रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै...

साढे ११ बजेको फ्लाइटमा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाण्डू ल्याइँदै

२०८१ चैत २८ गते ११:२९

काठमाण्डू, २९ चैत– हिजो (बिहिबार) बेलुका भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइट मार्फत काठमाण्डू ल्याइने भएको छ । प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाण्डू ल्याउन लागिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । प्रसाईंलाई...

दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो

२०८१ चैत २८ गते ११:२४

काठमाण्डू, २९ चैत– हिजो (बिहिबार) बेलुका भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको प्रहरी स्रोतले जानकारी दिएको छ । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जानकारी...

दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्‍याइयो, विमानमार्फत काठमाण्डू ल्याइने

२०८१ चैत २८ गते ११:२१

काठमाण्डू, २९ चैत– हिजो (बिहिबार) बेलुका भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको प्रहरी स्रोतले जानकारी दिएको छ । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जानकारी...

एमालेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउँदै

२०८१ चैत २८ गते १०:५८

काठमाण्डू, २९ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न आज बुटवल आउँदै छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गरेको हो । प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको...

दुर्गा प्रसाईंलाई काठमाण्डू ल्याइँदै

२०८१ चैत २८ गते ८:५२

काठमाण्डू, २९ चैत– पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा गत १५ चैतमा काठमाण्डूको तिनकुनेमा बितण्डा मच्चाएर फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आजै हवाई मार्गबाट काठमाण्डू ल्याइने भएको छ । झापाको भद्रपुर विमानस्थलबाट प्रसाईंलाई काठमाण्डू ल्याउने तयारी भएको हो । भारतीय प्रहरीसँगको समन्वयमा प्रहरीले प्रसाईंलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us