समाचार

बेलहिया नाकामा फेरि झडप

२०७२ असोज १८ गते १४:५२

रुपन्देही, १८ असोज-नेपाल–भारत सिमाना बेलहिया नाकामा तनाव सिर्जना भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । अहिले बेलहिया नाकाको अवस्था तनावग्रस्त छ । आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर प्रहरीतर्फ प्रहार गर्दा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीसहित...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

२०७२ असोज १८ गते १४:३४

काठमाण्डु, १८ असोज– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी बुधबारका लागि बोलाएको छ । संविधान जारी भएको पछिको अवस्था र नयाँ सरकार गठनमा हुने सत्ता समिकरणलगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । कांग्रेस एमालेले सात बुँदे सहमति गर्दा संविधान जारी...

स्थानीय प्रशासनले नआउन भन्दाभन्दै कैलाली जाने भए बाबुराम

२०७२ असोज १८ गते १४:२८

काठमाण्डु, १८ असोज– स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै नआउन आग्रह गरिरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कैलाली जाने भएका छन् । थरुहट÷थारुवान आन्दोलनमा ऐक्यबद्धता जनाउन उनी आगामी २० असोजमा कैलाली जाँदैछन् । जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले सुरक्षा दिन नसकिने भन्दै गृह मन्त्रालयमार्फत भट्टराईलाई...

थारुहटको बन्द फिर्ता, अब जनसभा र जनजागरणका कार्यक्रम मात्रै गर्ने

२०७२ असोज १८ गते १४:२४

दाङ, १८ असोज– थरुहट–थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । गत साउन २७ गतेदेखि आम हड्ताल गर्दै आएको समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको छ । उसले साउन साउन २७ गतेदेखि बन्द खोलने र पुनः...

नयाँ बस्तीमा बिजुली पुगेपछि खुसीयाली

२०७२ असोज १८ गते १४:२१

रौतहट, १८ असोज-स्थानीय रङ्गपुर गाविस–५ स्थित नयाँ बस्ती गाउँमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँभरि खुसियाली छाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर प्रशाखाले उक्त गाउँमा पहिलोपटक विद्युत् लाइन प्रसारण गरेपछि सबै काममा सहजता हुनाका साथै समयको बचत र आधुनिक प्रविधिसँग नजिकिने अवसर प्राप्त भएको...

बालुवाटारमा ओली र सुशीलको बाझाबाझ

२०७२ असोज १८ गते १४:१९

काठमाण्डु, १८ असोज– प्रधानन्त्री सुशील कोइरालाले विगतमा भएको ‘भद्र सहमति’ अनुसार सरकार छाड्न आनाकानी गरेको भन्दै एमाले र एमाओवादीले आपत्ति जनाएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री कोइरालाले सहमतीय सरकार गठनबारे ठोस प्रस्ताव ल्याउन आनाकानी गरेर अन्य...

लौ हेर्नुहोस्, यस वर्षको दशैंका साइतका समय

२०७२ असोज १८ गते १४:०५

काठमाण्डु, १८ असोज– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ । घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी, सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर...

‘रअ’ लाई बाइपास गर्दै सिधै मोदीसँग वार्ता गर्ने तीन दलको निर्णय

२०७२ असोज १८ गते १३:५७

काठमाण्डु, १८ असोज–  प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले नाकाबन्दी खुलाउने विषयमा सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने निर्णय गरेका छन् । सोमबार बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले वार्ताको जिम्मा प्रधानमन्त्री सुशील कोइरालालाई दिएको हो । पछिल्लो समय नेपाली...

दोलखामा भूकम्पको ठूलो झड्का

२०७२ असोज १८ गते १३:४६

काठमाण्डु, १८ असोज भर्खरै दोलखामा भूकम्पको ठूलो पराकम्पन महसुस गरिएको छ । बैशाख १२ र २९ गतेयता सयौं पराकम्पन खेपेका दोलखालीले यो पटकको झड्का ठूलै महसुस गरेका थिए । पराकम्पनले घर र गाडीहरु हल्लाएको थियो । पराकम्पनको झड्कापछि सर्वसाधारण घर छाडेर आत्तिदै बाहिर निस्केका...

अत्याधुनिक दमकल बेवारिसे

२०७२ असोज १८ गते १३:२६

चितवन, १८ असोज-रोटरी क्लव अफ रत्ननगरको पहलमा चितवनको रत्ननगर नगरपालिकामा भित्रिएको नयाँ प्रविधिको सुविधायुक्त दमकल बेवारिसे जस्तै भएपछि क्लब चिन्तित भएको छ । रत्ननगर र आसपासका जनतालाई सेवा दिन ल्याइएको दमकल प्रयोगमा नआएपछि क्लबले चिन्ता प्रकट गरेको हो । क्लबका रोटरियनले दमकल प्रयोगमा ल्याउन...

अवैध मोटरसाइकललाई तीन महिना समय

२०७२ असोज १८ गते १३:१९

मुस्ताङ, १८ असोज-उपल्लो मुस्ताङमा सञ्चालित करिब ४०० भन्दा बढी अवैध चिनियाँ मोटरसाइकललाई कानुनी प्रक्रियामा आउन तीन महिना समय थप गरिएको छ । सीमा प्रशासन कार्यालयले भदौ २२ गतेलाई अन्तिम मिति तोकेको भएपनि स्थानीयको मागलाई ध्यान दिँदै तीनमहिना समय थप गरिएको हो । सरकारी निगरानी...

भारतीय बजारमा यसरी ठगिदैछन् नेपाली

२०७२ असोज १८ गते १२:५७

धनुषा, १८ असोज-तराई मधेसमा जारी अनिश्चितकालीन आम हडतालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिने गरेकाले नेपालीहरु ठगिँदै आएका छन् । बन्दका कारण बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us